Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

७३ जिल्लाबाट दुई हजार ६० जनामा डेंगु सङ्क्रमण पुष्टि

खबरडबली संवाददाता

काठमाडौं । नेपालमा डेंगु सङ्क्रमणका बिरामीहरू थपिँदै गइरहेका छन् । इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार मुस्ताङ, डोल्पा, हुम्ला र जुम्ला गरी चार जिल्ला बाहिर ७३ जिल्लाबाट दुई हजार ६० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । 

डेंगुको सङ्क्रमण बढ्दै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगु रोकथाम तथा नियन्त्रणका लागि रणनीति सार्वजनिक गरेको छ । मन्त्रालयले विश्वव्यापी रूपमै प्रभावकारी मानिएको र सिफारिस गरिएको लामखुट्टेको वासस्थान खोजी नष्ट गर्ने अभियान र डेंगुबाट हुने मृत्युलाई शून्यमा कायम राख्ने प्रमुख दुई रणनीति ल्याएको छ । 

यसका साथै मन्त्रालयले सङ्घ, प्रदेश र स्थानीय सरकार तथा सम्बद्ध निकायहरूले गर्नुपर्ने क्रियाकलापहरू सहितको डेंगु रोकथाम तथा नियन्त्रण कार्ययोजना, २०८१ स्वीकृत गरी कार्यान्वयनका लागि सात वटै प्रदेश र सबै स्थानीय तहमा पठाइसकेको जनाएको छ । 

डेंगु रोग रोकथाम तथा नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा राष्ट्रिय डेंगु टास्क फोर्स गठन भई क्रियाशील अवस्थामा रहेको छ । साथै स्थानीय तह र प्रदेशमा द्रुत प्रतिकार्य टोली (आरआरटी) परिचालन भइरहेको रणनीतिमा उल्लेख गरेको छ । 

स्थानीय तहमार्फत बहु निकायको सहकार्यमा खोज तथा नष्ट अभियानलाई व्यापक रूपमा सञ्चालन गर्न यस आर्थिक वर्षका लागि स्थानीय तहमा सात करोड ९८ लाख रकम विनियोजन गरिएको छ । साथै, ७७ वटै जिल्लाहरूमा पनि करिब दुई करोड बजेट विनियोजन गरिएको जनाएको छ ।

डेंगुबाट हुने मृत्युको जोखिमलाई कम गर्नका लागि निजी तथा सरकारी अस्पतालहरूका आठ सयभन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई डेंगु रोगको राष्ट्रिय उपचार पद्धतिका बारेमा अभिमुखीकरण गरी अस्पतालहरूलाई तयारी अवस्थामा राखेको मन्त्रालयले उल्लेख गरेको छ । 

डेंगु रोगको स्क्रिनिङ्गका लागि गत वर्ष छयालिस हजार डेंगु किट प्रदेश तथा स्थानीय तहहरूमा वितरण गरिसकिएको र यही साउन महिनामा १७ हजार किट वितरणका लागि केही जिल्लामा पठाएको जनाएको छ ।

यसैगरी, सङ्क्रमण उच्च रहेका जिल्लाका अस्पतालहरूबाट बिरामीहरूको रक्त नमुना सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामार्फत डेंगु भाइरसको प्रजातिबारे अध्ययन  हुने गरेको पनि मन्त्रालयले जनाएको छ । सातै प्रदेशका स्वास्थ्य निर्देशनालय तथा स्वास्थ्य सेवा निर्देशनालयअन्तर्गत रहने गरी इन्टोमोलोजिकल ल्याब स्थापना भई सातै प्रदेशका तोकिएका अस्पतालमा (सेन्टिनेल साइट) सर्भिलेन्सका कार्यहरू भइरहेको उल्लेख गरेको छ । 

गत वर्ष डेंगुका बिरामीहरू अत्यधिक देखिएका जिल्लाहरू सुनसरी, तनहुँ, झापा, धादिङ, कास्की लगायत १३ जिल्लाका १२६ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख, स्वास्थ्य संयोजक तथा सरोकारवालाहरूसँग प्रत्यक्ष रूपमा अन्तरक्रिया गरी डेंगु प्रतिकार्यका अल्प तथा दीर्घकालीन योजना तथा नीति निर्माण सम्बन्धमा छलफल भएको पनि मन्त्रालयले जनाएको छ ।

सचेतना अभिवृद्धिका लागि राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रमार्फत नेपाली भाषालगायत थप १२ वटा राष्ट्रियरभाषामा डेंगुसम्बन्धी रेडियो सन्देश, टोल फ्री हटलाइन टेलिफोन नं १११५, टी भी रेडियोहरूमा नियमित प्रसारण भइरहेको पनि मन्त्रालयले उल्लेख गरेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थाइल्यान्डमा आम चुनावको मिति फेब्रुअरी-८ लाई तय

बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...

कांग्रेस महाधिवेशन: देशभरका क्रियाशील सदस्यता वितरण

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...

चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा करिब रु सात खर्ब रेमिट्यान्स भित्रिएको छ । गत कात्तिक महिनासम्म विप्रेषण आप्रवाह ३१ दशमलव चार प...

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती गरिएको छ। आइतबार अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) लोमान्थाङसहित...

भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने

काठमाडौँ । भारतीय रुपैयाँ २ सय र ५ सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने भएको छ । सरकारले सन् २०१६ नोभेम्बर ९ देखि निष्काशनमा आएका ती दरका नो...

‘उज्यालो गण्डकी’ अन्तिम चरणमा

गण्डकी । प्रदेशका सबै घरधुरीमा बिजुलीको पहुँच पुर्‍याउने गण्डकी प्रदेश सरकारको आठ वर्षदेखिको लक्ष्य अझै पूरा भएको छैन । प्रदेश स्थापनापछि विसं २०७४ मा...

सरकारले निर्वाचनको वातावरण बनाउन सकेकाे छैन: नेपाल

सिन्धुली । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले निर्वाचनका लागि सरकारले राजनीतिक दलहरूसँग घनिष्ट संवाद गर्नुपर्ने बताएका छन्। सोमब...

म्याग्दीमा ढुवानीको समस्याले कम मूल्यमा सुन्तला बिक्री गर्दै किसान

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ३ भकिम्ली राखुका किसानलाई सुन्तला ढुवानीमा समस्या भएको छ । नयाँपुलबाट राखु हुँदै भकिम्ली जोड्ने सडकम...

पश्चिमा सुरक्षाको ग्यारेन्टी भए नेटो त्याग्न युक्रेन तयार : जेलेन्स्की

काठमाडाैँ । युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष...

बागलुङका १० ठुला सडक स्तरोन्नति गरिँदै

बागलुङ । यसवर्ष बागलुङमा १० वटा सडक स्तरोन्नति तथा कालोपत्र गर्न थालिएको छ । सङ्घीय सरकारले विनियोजन गरेको बजेटबाट दुई निर्वाचन क्षेत्र रणनीतिकसहित १०...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending