काठमाडौं । नेपालमा डेंगु सङ्क्रमणका बिरामीहरू थपिँदै गइरहेका छन् । इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार मुस्ताङ, डोल्पा, हुम्ला र जुम्ला गरी चार जिल्ला बाहिर ७३ जिल्लाबाट दुई हजार ६० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
डेंगुको सङ्क्रमण बढ्दै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगु रोकथाम तथा नियन्त्रणका लागि रणनीति सार्वजनिक गरेको छ । मन्त्रालयले विश्वव्यापी रूपमै प्रभावकारी मानिएको र सिफारिस गरिएको लामखुट्टेको वासस्थान खोजी नष्ट गर्ने अभियान र डेंगुबाट हुने मृत्युलाई शून्यमा कायम राख्ने प्रमुख दुई रणनीति ल्याएको छ ।
यसका साथै मन्त्रालयले सङ्घ, प्रदेश र स्थानीय सरकार तथा सम्बद्ध निकायहरूले गर्नुपर्ने क्रियाकलापहरू सहितको डेंगु रोकथाम तथा नियन्त्रण कार्ययोजना, २०८१ स्वीकृत गरी कार्यान्वयनका लागि सात वटै प्रदेश र सबै स्थानीय तहमा पठाइसकेको जनाएको छ ।
डेंगु रोग रोकथाम तथा नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा राष्ट्रिय डेंगु टास्क फोर्स गठन भई क्रियाशील अवस्थामा रहेको छ । साथै स्थानीय तह र प्रदेशमा द्रुत प्रतिकार्य टोली (आरआरटी) परिचालन भइरहेको रणनीतिमा उल्लेख गरेको छ ।
स्थानीय तहमार्फत बहु निकायको सहकार्यमा खोज तथा नष्ट अभियानलाई व्यापक रूपमा सञ्चालन गर्न यस आर्थिक वर्षका लागि स्थानीय तहमा सात करोड ९८ लाख रकम विनियोजन गरिएको छ । साथै, ७७ वटै जिल्लाहरूमा पनि करिब दुई करोड बजेट विनियोजन गरिएको जनाएको छ ।
डेंगुबाट हुने मृत्युको जोखिमलाई कम गर्नका लागि निजी तथा सरकारी अस्पतालहरूका आठ सयभन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई डेंगु रोगको राष्ट्रिय उपचार पद्धतिका बारेमा अभिमुखीकरण गरी अस्पतालहरूलाई तयारी अवस्थामा राखेको मन्त्रालयले उल्लेख गरेको छ ।
डेंगु रोगको स्क्रिनिङ्गका लागि गत वर्ष छयालिस हजार डेंगु किट प्रदेश तथा स्थानीय तहहरूमा वितरण गरिसकिएको र यही साउन महिनामा १७ हजार किट वितरणका लागि केही जिल्लामा पठाएको जनाएको छ ।
यसैगरी, सङ्क्रमण उच्च रहेका जिल्लाका अस्पतालहरूबाट बिरामीहरूको रक्त नमुना सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामार्फत डेंगु भाइरसको प्रजातिबारे अध्ययन हुने गरेको पनि मन्त्रालयले जनाएको छ । सातै प्रदेशका स्वास्थ्य निर्देशनालय तथा स्वास्थ्य सेवा निर्देशनालयअन्तर्गत रहने गरी इन्टोमोलोजिकल ल्याब स्थापना भई सातै प्रदेशका तोकिएका अस्पतालमा (सेन्टिनेल साइट) सर्भिलेन्सका कार्यहरू भइरहेको उल्लेख गरेको छ ।
गत वर्ष डेंगुका बिरामीहरू अत्यधिक देखिएका जिल्लाहरू सुनसरी, तनहुँ, झापा, धादिङ, कास्की लगायत १३ जिल्लाका १२६ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख, स्वास्थ्य संयोजक तथा सरोकारवालाहरूसँग प्रत्यक्ष रूपमा अन्तरक्रिया गरी डेंगु प्रतिकार्यका अल्प तथा दीर्घकालीन योजना तथा नीति निर्माण सम्बन्धमा छलफल भएको पनि मन्त्रालयले जनाएको छ ।
सचेतना अभिवृद्धिका लागि राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रमार्फत नेपाली भाषालगायत थप १२ वटा राष्ट्रियरभाषामा डेंगुसम्बन्धी रेडियो सन्देश, टोल फ्री हटलाइन टेलिफोन नं १११५, टी भी रेडियोहरूमा नियमित प्रसारण भइरहेको पनि मन्त्रालयले उल्लेख गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: