काठमाडौं । कक्षा १२ सम्म पढेका रौतहटका शुभम साह र सत्यमकुमार सहनी ठगीको आरोपमा अहिले प्रहरीको अनुसन्धानमा छन् । २३ वर्षीय सत्यमले विज्ञान र २१ वर्षीय शूभमले कमर्स विषय पढेका हुन् ।
उनीहरू बजार एपमा सामानको तस्बिर राख्थे । तर, खरिदकर्ताले अर्डर गरेर एडभान्स रकम क्यूआरमार्फत भुक्तानी गरेपछि खरिदकर्तालाई ब्लक गरिदिन्थे । सामाजिक सञ्जाल फेसबुकमा ‘मार्केट प्लेस’ मा आकर्षक सामानको विज्ञापन राखेर उनीहरूले ठगीधन्दा चलाएको उपत्यका अपराध अनुसन्धान कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए । काठमाडौँको कोटेश्वर बस्दै आएका उनीहरूलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
त्यति मात्र होइन, उनीहरूले ई–सेवाको कर्मचारी हौँ भनेर बैंकखाता लिंकअप, केवाईसी भेरिफाई र सेक्युर ट्रान्सफर चार्जजस्ता प्राविधिक विषयहरू मिलाइदिन्छौ भनेर ओटीपी कोड मागेर पनि ठग्ने गरेको अनुसन्धानबाट थाहा भएको छ । आरोपीहरूले ३२ जना पीडितहरूको ई–सेवामा पहुँच राखेर ठगेको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
पीडितको ई–सेवा आइडीमा पहुँच बनाएर उनीहरूले पसल, रेस्टुरेन्ट, लज र डान्सबारमा भुक्तानी गर्ने गरेको अनुसन्धानमा संलग्न डीएसपी मधु थापाले जानकारी दिए । अहिलेसम्मको अनुसन्धानबाट उनीहरूले कम्तीमा १८ लाखभन्दा धेरै ठगेको भेटिएको छ ।
अनलाइन अर्डर गरेको सामान डेलिभरी नदिएर तथा ई–सेवाको कर्मचारीको आवरणमा कति रकम लिए भन्नेमा उनीहरू नै अनभिज्ञ छन् । आरोपीहरूले प्रहरीसँग भनेका छन्– ‘कति पैसा आयो हेक्का छैन ।’
शुभमले काठमाडौँको नरेफाँटमा अनलाइन गेमका लागि ९० जनालाई शेयर गरेपछि १५ हजार रकम आउँछ भन्दै फेस स्क्यान गर्ने नाममा फोटो खिचेर सो फोटो दुरुपयोग गरेको भेटिएको छ । पीडितको फोटो र नागरिकता दुरुपयोग गरेर उनले ई–सेवा आइडी खोलेर अन्य पीडितहरूको रकम सो आइडीमा ट्रान्सफर गरेको डीएसपी थापाले बताए ।
शुभम र सत्यमको साथमा फेला परेको मोबाइल डिभाइसमा अन्य १३ जना व्यक्तिहरूको ई–सेवा वालेटको युजर आइडी र पासवर्ड फेला परेको छ । प्रहरीमा अहिले उनीहरूविरुद्ध २२ जनाले उजुरी दिएका छन् । अनलाइन अर्डर लिएर सामान नपठाएर ब्लक गरेको कुराकानीको स्क्रिन रेकर्ड उनीहरूको मोबाइलमा भेटिएको छ । अनुसन्धान अधिकृतहरूले ९ जना पीडितहरूलाई सामान डेलिभरी नदिएको तथ्य आरोपीहरूको मोबाइलमा फेला पारेको छ ।
मोबाइलमा भेटिएका विवरण विश्लेषण गर्ने काम भइरहेको डीएसपी थापाले जानकारी दिए । उनले भने–‘दुई जना आरोपीले सामाजिक सञ्जालमार्फत देशभर ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १२:४३
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...
पौष ३ गते, २०८२ - १२:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...
पौष ३ गते, २०८२ - ११:५४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...
पौष ३ गते, २०८२ - ११:१५
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...
पौष ३ गते, २०८२ - ११:०४
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...




प्रतिकृया लेख्नुहोस्: