Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

राैतहटका दुई भाईकाे ठगी धन्दाः अनलाइनमा सामान अर्डर लिने डेलिभरी नदिने

कम्तीमा १८ लाखभन्दा धेरै ठगेको प्रमाण

खबरडबली संवाददाता

काठमाडौं । कक्षा १२ सम्म पढेका रौतहटका शुभम साह र सत्यमकुमार सहनी ठगीको आरोपमा अहिले प्रहरीको अनुसन्धानमा छन् । २३ वर्षीय सत्यमले विज्ञान र २१ वर्षीय शूभमले कमर्स विषय पढेका हुन् ।

उनीहरू बजार एपमा सामानको तस्बिर राख्थे । तर, खरिदकर्ताले अर्डर गरेर एडभान्स रकम क्यूआरमार्फत भुक्तानी गरेपछि खरिदकर्तालाई ब्लक गरिदिन्थे । सामाजिक सञ्जाल फेसबुकमा ‘मार्केट प्लेस’ मा आकर्षक सामानको विज्ञापन राखेर उनीहरूले ठगीधन्दा चलाएको उपत्यका अपराध अनुसन्धान कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए । काठमाडौँको कोटेश्वर बस्दै आएका उनीहरूलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

त्यति मात्र होइन, उनीहरूले ई–सेवाको कर्मचारी हौँ भनेर बैंकखाता लिंकअप, केवाईसी भेरिफाई र सेक्युर ट्रान्सफर चार्जजस्ता प्राविधिक विषयहरू मिलाइदिन्छौ भनेर ओटीपी कोड मागेर पनि ठग्ने गरेको अनुसन्धानबाट थाहा भएको छ । आरोपीहरूले ३२ जना पीडितहरूको ई–सेवामा पहुँच राखेर ठगेको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

पीडितको ई–सेवा आइडीमा पहुँच बनाएर उनीहरूले पसल, रेस्टुरेन्ट, लज र डान्सबारमा भुक्तानी गर्ने गरेको अनुसन्धानमा संलग्न डीएसपी मधु थापाले जानकारी दिए । अहिलेसम्मको अनुसन्धानबाट उनीहरूले कम्तीमा १८ लाखभन्दा धेरै ठगेको भेटिएको छ ।

अनलाइन अर्डर गरेको सामान डेलिभरी नदिएर तथा ई–सेवाको कर्मचारीको आवरणमा कति रकम लिए भन्नेमा उनीहरू नै अनभिज्ञ छन् । आरोपीहरूले प्रहरीसँग भनेका छन्– ‘कति पैसा आयो हेक्का छैन ।’

शुभमले काठमाडौँको नरेफाँटमा अनलाइन गेमका लागि ९० जनालाई शेयर गरेपछि १५ हजार रकम आउँछ भन्दै फेस स्क्यान गर्ने नाममा फोटो खिचेर सो फोटो दुरुपयोग गरेको भेटिएको छ । पीडितको फोटो र नागरिकता दुरुपयोग गरेर उनले ई–सेवा आइडी खोलेर अन्य पीडितहरूको रकम सो आइडीमा ट्रान्सफर गरेको डीएसपी थापाले बताए ।

शुभम र सत्यमको साथमा फेला परेको मोबाइल डिभाइसमा अन्य १३ जना व्यक्तिहरूको ई–सेवा वालेटको युजर आइडी र पासवर्ड फेला परेको छ । प्रहरीमा अहिले उनीहरूविरुद्ध २२ जनाले उजुरी दिएका छन् । अनलाइन अर्डर लिएर सामान नपठाएर ब्लक गरेको कुराकानीको स्क्रिन रेकर्ड उनीहरूको मोबाइलमा भेटिएको छ । अनुसन्धान अधिकृतहरूले ९ जना पीडितहरूलाई सामान डेलिभरी नदिएको तथ्य आरोपीहरूको मोबाइलमा फेला पारेको छ । 

मोबाइलमा भेटिएका विवरण विश्लेषण गर्ने काम भइरहेको डीएसपी थापाले जानकारी दिए । उनले भने–‘दुई जना आरोपीले सामाजिक सञ्जालमार्फत देशभर ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

६३ उपसचिवको सरूवा, अधिकांश प्रशासकीय अधिकृतको जिम्मेवारीमा

काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ  । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...

भानुआटुमा शक्तिशाली भूकम्प

सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...

महासङ्घद्वारा १३ जना ज्येष्ठ पत्रकारलाई वार्षिक पेन्सन

झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...

तमोर करिडोर सडक कालोपत्रे भएपननि पुल निर्माणमा ढिलासुस्तीले यात्रुललाई सास्ती

धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...

वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सुरु

काठमाडौं । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअ...

चैते धानको समर्थन मूल्य सिफारिस

काठमाडौँ । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प...

प्रतिवेदनहरूको कार्यान्वयन र कानूनी प्रक्रियामा सरकारी अडान

काठमाडाेैं ।  सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...

एसईई परीक्षा र ब्रिज कोर्स सञ्चालनमा कडाइ

काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...

सहकारी ठगीमा परेका साना बचतकर्ताहरुको रकम फिर्ता गर्ने गृहकार्यमा सरकार

काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...

कार्की आयोगको प्रतिवेदन: उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस

काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending