वालिङ । वालिङ–१ यवादीमा रहेको कृषि विकास स्रोत केन्द्रले किम्बु बगैँचा मासेर विभिन्न अन्नका बीउ उत्पादन थालेको छ ।
विसं २०४१ मा रेशमखेती गर्ने उद्देश्यले स्थापना भएको रेशम विकास कार्यालयको नाम र काम परिवर्तन भएसँगै किम्बु बगैँचा फाडेर अन्नको बीउ उत्पादन थालिएको हो ।
२०४२ सालमा ३५ रोपनी क्षेत्रफलमा किम्बु बगैँचा लगाएर रेशमखेती हुँदै आएको थियो । गण्डकी प्रदेशअन्तर्गतको कृषि विकास स्रोत केन्द्रका रूपमा स्थापना भएको केन्द्रले आलु, मकै र धानको बीउ उत्पादन गर्दै आएको छ ।
उक्त कार्यालयका प्रमुख सुदीप रेग्मीका अनुसार २० रोपनीमा आलु, मकै र धानको मूल बीउ उत्पादन थालिएको छ । चिप्स बनाउन प्रयोग गरिने विभिन्न जातका आलुको परीक्षण उत्पादन भएको छ । यस वर्ष ‘मनकामना ३’ जातको मकै उत्पादन गरी प्रशोधनको तयारी छ ।
मकै उत्पादन गरेको स्थानमा ‘रामधान’ को प्रजनन तथा मूलबीउ उत्पादन गर्ने उद्देश्यले धानखेती गरिएको छ । कार्यालय परिसरमै धान, मकै, गहुँको विषादीको प्रयोग गरेर वा नगरीकन प्रशोधन गर्न सकिने उपकरण जडान गरिएको छ ।
जडान भएका उपकरणबाट कार्यालय परिसरमा उत्पादन भएका बीउ तथा जिल्लाका विभिन्न स्थानमा बीउ उत्पादनसँग सम्बन्धित समूह सहकारीले उत्पादन गरेका बीउको प्रशोधन र भण्डारण गर्न पनि सहज भएको प्रमुख रेग्मीले बताए ।
कार्यालयले उत्पादन गरेको धान, मकै, आलुको मूलबीउ सरकारले तोकेको मूल्यमा बिक्री गरिने उनले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २४ गते, २०८२ - ०८:४६
सुनसरी । कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी पर्यटन महोत्सव’ आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालन ह...
चैत्र २४ गते, २०८२ - ०८:४३
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ मा सिँचाइ सुविधा विस्तार हुन थालेपछि व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित भएका छन् । पछिल्लो तीन वर्षमा वडा ...
चैत्र २४ गते, २०८२ - ०८:३८
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग निकट मानिने नेता प्रकाशशरण महतलाई देउवा कहिले फर्किने हुन् भन्नेबार...
चैत्र २४ गते, २०८२ - ०७:४८
एमालेसँगको सम्भावित एकताबारे पनि छलफल
चैत्र २४ गते, २०८२ - ०७:३२
काठमाडौं । एमाले उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले फागुन २१ को निर्वाचनपछि गठित प्रतिनिधिसभाको पहिलो बैठकमा बिहीबार दिएको अभिव्यक...
चैत्र २४ गते, २०८२ - ०७:२८
सिंगापुर र थाइल्यान्डमा घर, स्वदेशमा सयौँ रोपनी जग्गादेखि आधा दर्जन कम्पनीमा लगानी
चैत्र २४ गते, २०८२ - ०७:२३
कर्णाली। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका सचिव सञ्जिवकुमार कर्णले कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित भएको बताउन...
चैत्र २४ गते, २०८२ - ०७:१९
गण्डकी । दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । गत मार्च महिनामा ४८ हजार ५१३ जना विदेशी पर्यटकले उ...
चैत्र २४ गते, २०८२ - ०७:१६
झापा । पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको ट...
चैत्र २४ गते, २०८२ - ०७:१०
काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै प्रमुख १० वटा मुख्य सुधारका क्रियाकलापको कार्ययोजना तयार गरी प्रधानमन्त्री तथा मन्त्र...


प्रतिकृया लेख्नुहोस्: