मकवानपुर । तीन बत्ती बाल्ने घरमा ८ लाखको बिल भन्दा सबैलाई आश्चर्य लाग्न सक्छ । तर, मकवानपुरमा यस्तै भएको छ ।
मकवानपुरको बागमती गाउँपालिका–२ का गणेश बहादुर राईले आफ्नो घरमा तीनवटा मात्रै बत्ति बाल्छन् । हरेक महिना उनले बत्तिको बिल पनि तिर्छन । तर, उनले हरेक महिना बिजुलीको बिल तिरे पनि केहीदिन अघि उनको घरमा नेपाल विद्युत प्राधिकरणले ८ लाख रुपैयाँको बिजुलीको बिल पठाउँदा उनी छाँगाबाट खसे जस्ताे भए ।
सामान्यतया उनको घरमा मासिक बिजुली खपत एक युनिटको हाराहारीमा हुने भएपनि यो पटक उनी यती धेरै रकम उठेपछि मानसिक तनावमा छन् ।
राईको घर टायलको छाना र बाँसले बेरेर लिपेको छ । उनले केवल तीन वटा बत्ती मात्र बाल्दै आएका छन् । घरमा टिभी, पंखा वा फ्रिज जस्ता विद्युतीय उपकरणहरू केही नभएको उनी बताउँछन ।
तर केही दिन अघि मिटर रिडरले ल्याएको बिलमा ८ लाख रुपैयाँको रकम देखेपछि राई आत्तिएर मिटर रिडरलाई अब बिजुली नै प्रयोग नगर्ने बताए ।
नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रका प्रमुख शिवराम मिश्रले कर्मचारीको लापरबाहीका कारण गल्ती भएको स्वीकारेका छन् । मिटर रिडरले गलत नम्बर टिप्दा वा गलत पोस्टिङ गर्दा यस्तो हुन सक्ने उनले बताए । प्राधिकरणले यो समस्याको कारण पत्ता लगाउँदै गरेको उनको भनाइ छ ।
राईले संशोधन फारम भरिसकेपछि उक्त ८ लाख रुपैयाँ तिर्नु नपर्ने मिश्रले बताए । फापरबारी वितरण केन्द्रका लेखापालले पनि राईको मिटरबाट हालसम्म मासिक एक युनिट मात्र महसुल उठ्ने गरेको पुष्टि गरेका छन् ।
यस घटनाले विद्युत प्राधिकरणको कार्यप्रणालीमा सुधार गर्नुपर्ने देखाएको छ । कर्मचारीकाे लापरबाहीका कारण सर्वसाधारणलाई पार्ने मानसिक तनाव र असुविधाप्रति पनि ध्यान दिनुपर्ने देखिएकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २८ गते, २०८२ - १९:३९
नयाँ दिल्ली । बाबुराम भट्टराई ले नेपाललाई दुई शक्ति राष्ट्रबीचको ‘चेपुवा’ देशका रूपमा मात्र व्याख्या गर्ने परम्परागत दृष्टिकोण त्याग्नुपर्ने बताएका छन...
फाल्गुन २८ गते, २०८२ - १९:३८
काठमाडौँ । फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको दोस्रो दिन केपी शर्मा ओली ले अपेक्षित नतिजा नआएको स्वीकार गर्दै ‘...
फाल्गुन २८ गते, २०८२ - १९:३२
काठमाडौं। म्याग्दीबाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य महावीर पुनमाथि अभद्र व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कास्की पोखरा म...
फाल्गुन २८ गते, २०८२ - १९:३१
काठमाडौं । क्रोएसियामा दुई नेपाली युवाको सडक दुर्घटनामा मृत्यु भएको छ । झापा मेचीनगर– १२ नयाँ वस्तीका ३९ वर्षका भरत कार्की र सल्यान कुमाख गाउँपालिका ...
फाल्गुन २७ गते, २०८२ - २०:२५
काठमाडौँ । नेपालको राजनीतिक इतिहासमा पूर्वी पहाड सधैं परिवर्तनको पक्षमा उभिएको क्षेत्रका रूपमा चिनिन्छ । २००७ सालको राणा विरोधी आन्दोलनदेखि २०४६ ...
फाल्गुन २७ गते, २०८२ - २०:१९
काठमाडौं । फागुन २१ को निर्वाचनका उम्मेदवारहरुले धमाधम चुनाव खर्चको विवरण निर्वाचन आयोगमा बुझाइरहेका छन् । आयोगले तोकेको अनुसार कतिपय उम्मेदवारहरुले ...
फाल्गुन २७ गते, २०८२ - २०:१३
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल का नेता पूर्ण बस्नेत ले पार्टी नेतृत्वले निर्वाचन हारको जिम्मेवारी लिनुपर्ने बताएका छन् । बस्नेतले कुनै पनि प्रत...
फाल्गुन २७ गते, २०८२ - २०:०८
काठमाडौं । परराष्ट्र मन्त्रालय का सचिव अमृतबहादुर राई ले मध्यपूर्वी देशमा रहेका नेपाली नागरिकको उद्धार गर्न सरकार पूर्ण रूपमा सक्षम रहेको बताएका छन् ।...
फाल्गुन २७ गते, २०८२ - २०:०४
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सचिव महेश बस्नेत विरुद्ध अदालतको अवहेलना सम्बन्धी मुद्दा दायर भएको छ । बुधबार दर्ता भएको रिटमा आगामी ...
फाल्गुन २७ गते, २०८२ - १९:५८
भोजपुर । किसान यतिबेला हिउँदे आलु थन्काउन व्यस्त बनेका छन्। खेतबारीमा लगाइएको आलु परिपक्व भएपछि किसानहरू बिहानैदेखि साँझसम्म आलु भण्डारण गर्न बारीमा ख...



प्रतिकृया लेख्नुहोस्: