मकवानपुर । तीन बत्ती बाल्ने घरमा ८ लाखको बिल भन्दा सबैलाई आश्चर्य लाग्न सक्छ । तर, मकवानपुरमा यस्तै भएको छ ।
मकवानपुरको बागमती गाउँपालिका–२ का गणेश बहादुर राईले आफ्नो घरमा तीनवटा मात्रै बत्ति बाल्छन् । हरेक महिना उनले बत्तिको बिल पनि तिर्छन । तर, उनले हरेक महिना बिजुलीको बिल तिरे पनि केहीदिन अघि उनको घरमा नेपाल विद्युत प्राधिकरणले ८ लाख रुपैयाँको बिजुलीको बिल पठाउँदा उनी छाँगाबाट खसे जस्ताे भए ।
सामान्यतया उनको घरमा मासिक बिजुली खपत एक युनिटको हाराहारीमा हुने भएपनि यो पटक उनी यती धेरै रकम उठेपछि मानसिक तनावमा छन् ।
राईको घर टायलको छाना र बाँसले बेरेर लिपेको छ । उनले केवल तीन वटा बत्ती मात्र बाल्दै आएका छन् । घरमा टिभी, पंखा वा फ्रिज जस्ता विद्युतीय उपकरणहरू केही नभएको उनी बताउँछन ।
तर केही दिन अघि मिटर रिडरले ल्याएको बिलमा ८ लाख रुपैयाँको रकम देखेपछि राई आत्तिएर मिटर रिडरलाई अब बिजुली नै प्रयोग नगर्ने बताए ।
नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रका प्रमुख शिवराम मिश्रले कर्मचारीको लापरबाहीका कारण गल्ती भएको स्वीकारेका छन् । मिटर रिडरले गलत नम्बर टिप्दा वा गलत पोस्टिङ गर्दा यस्तो हुन सक्ने उनले बताए । प्राधिकरणले यो समस्याको कारण पत्ता लगाउँदै गरेको उनको भनाइ छ ।
राईले संशोधन फारम भरिसकेपछि उक्त ८ लाख रुपैयाँ तिर्नु नपर्ने मिश्रले बताए । फापरबारी वितरण केन्द्रका लेखापालले पनि राईको मिटरबाट हालसम्म मासिक एक युनिट मात्र महसुल उठ्ने गरेको पुष्टि गरेका छन् ।
यस घटनाले विद्युत प्राधिकरणको कार्यप्रणालीमा सुधार गर्नुपर्ने देखाएको छ । कर्मचारीकाे लापरबाहीका कारण सर्वसाधारणलाई पार्ने मानसिक तनाव र असुविधाप्रति पनि ध्यान दिनुपर्ने देखिएकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: