काठमाडौं । संसदीय समितिले देशमा सुशासन प्रवर्द्धन र भ्रष्टाचार हुन नदिन सदाचार नीति कार्यान्वयनमा ल्याउनुपर्ने सुझाव दिएको छ । राष्ट्रिय सभा विकास, आर्थिक मामिला र सुशासन समितिको आजको बैठकमा सदस्यहरूले भ्रष्टाचारमा संलग्न हुनेलाई कारबाहीको दायरामा ल्याउनभन्दा भ्रष्टाचार हुन नदिन सतर्कता अपनाउन सदाचार नीति आवश्यक रहेको बताए ।
सरकारले सदाचार नीतिको मस्यौदा निर्माण गरेको सात वर्ष भए पनि कार्यान्वयनमा ल्याउन नसकेको जनाउँदै उनिहरूले सुशासनविना विकास र समृद्धि सम्भव नभएको टिप्पणी गरे । पन्ध्रौँ पञ्चवर्षीय योजना कार्यान्वयनमा देखिएका कमीकमजोरी र चुनौतीको गहिरो समीक्षापछि मात्र सोह्रौँ पञ्चवर्षीय योजना कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै सदस्यले अत्यन्त थोरै पुँजीगत बजेटको पनि ६० प्रतिशत मात्र खर्च हुन लाजमर्दो भएको प्रतिक्रिया दिए ।
समिति सदस्य झक्कुप्रसाद सुवेदीले कूल बजेटको ८० प्रतिशत तलबभत्ता र सामाजिक सुरक्षामा खर्च हुने गरेको तथा विनियोजित २० प्रतिशत पुँजीगत बजेट पनि खर्च गर्न नसक्नु आफैँमा आश्चर्यको विषय भएको टिप्पणी गरे । अघिल्लो सरकारले सदाचार नीति ल्याउने भनी गृहकार्य गर्दै मस्यौदा तयार गरेकामा केही गैरसरकारी संस्थाको विमतिका कारण अघि बढ्न सकेन । बैठकमा केही सदस्यले सदाचार नीति सरकारले नल्याउने हो भने भ्रष्टाचारलाई रोक्न नसकिने चेतावनी दिँदै भ्रष्टाचार रोक्न सदाचार नीति जारी गर्न सरकार प्रष्ट हुनुपर्नेमा जोड दिए ।
समिति सचिव डा रोजनाथ पाण्डेले सुशासन कायम गर्ने विषयमा गृह मन्त्रालयको विशेष भूमिका रहने जनाउँदै गृहमन्त्रीसँग आगामी बैठकमा सदाचार नीतिबारे छलफल गर्न आवश्यक भएको धारणा राखे । सुशासनमा गत वर्षमा अपेक्षा गरेअनुरूप काम गर्न नसकेको स्विकार्दै उनले कार्य क्षेत्र निर्धारण गरी सुशासनका लागि सदाचार नीति आवश्यक रहेको बताए ।
समिति सभापति कमला पन्तले सुशासन नभएर देशविकास र समृद्धिमा पछि परेको बताइन । उनले भनिन्, “सुशासन कायम गर्न धेरै विषय त्योभन्दा अघि ठिकठाक हुनुपर्छ । त्यसै सुशासन फुत्त आउन्न । सुशासन कायम भएको सङ्केत नदेखिएसम्म लगातार छलफल र बहस हुनुपर्छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - २०:२०
काठमाडौं । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशील...
मंसिर २६ गते, २०८२ - २०:१७
नवलरासी । पश्चिम नवलपरासीको सुनवलमा आज बिहान टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनवल –४ को कृष्ण मन्दिर अगा...
मंसिर २६ गते, २०८२ - २०:१४
बाँके । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक दलहरुले जनताको मुद्दा उठाएनन्, विकास निर्माणमा भूमिका ख...
मंसिर २६ गते, २०८२ - २०:०७
चितवन । अगामी पुस १ गतेदेखि बाघ गणनाको काम थालिने भएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ‘व्लक’ बनाएर गणना गर्न लागिएको हो । यसँंगै बाघ भएका...
मंसिर २६ गते, २०८२ - २०:०४
मोरङ । कोशी प्रदेशको राजधानी विराटनगरमा–३ युवालाई खेलकुदप्रति आकर्षित गर्न देशकै ठूलो क्रिकेट एकेडेमी सञ्चालनमा आउने भएको छ । विराट स्पोर्टस् जोनले...
मंसिर २६ गते, २०८२ - २०:०१
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त राजदूतहरूले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति भवनमा आज आयोजित...
मंसिर २६ गते, २०८२ - १९:५७
काठमाडौँ । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आउन तीन दिन बाँकी रहँदा ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा चहलपहल बाक्लिएको छ । बिहानैद...
मंसिर २६ गते, २०८२ - १९:५१
कैलाली । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते धनगढीस्थित कैलाली जिल्ला अदालत र कारागार कार्यालयमा तोडफोड र आगजनी गरेको अभियोगमा १० जनाई पक्राउ गरिएको...
मंसिर २६ गते, २०८२ - १९:४६
ताप्लेजुङ । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हरिबोल गजुरेलले समाजवादी क्रान्तिलाई पुरा गर्न पार्टी एकता गरिएको बताए । ब...
मंसिर २६ गते, २०८२ - १९:३८
बैङ्कक । कम्बोडियासँग चलिरहेको सीमा झडपमा नौ थाई सैनिकको मृत्यु हुनुका साथै १२० भन्दा बढी घाइते भएको थाई रक्षा मन्त्रालयका प्रवक्ता सुरासान्ट कोङ्सिरी...




प्रतिकृया लेख्नुहोस्: