काठमाडौं । संसदीय समितिले देशमा सुशासन प्रवर्द्धन र भ्रष्टाचार हुन नदिन सदाचार नीति कार्यान्वयनमा ल्याउनुपर्ने सुझाव दिएको छ । राष्ट्रिय सभा विकास, आर्थिक मामिला र सुशासन समितिको आजको बैठकमा सदस्यहरूले भ्रष्टाचारमा संलग्न हुनेलाई कारबाहीको दायरामा ल्याउनभन्दा भ्रष्टाचार हुन नदिन सतर्कता अपनाउन सदाचार नीति आवश्यक रहेको बताए ।
सरकारले सदाचार नीतिको मस्यौदा निर्माण गरेको सात वर्ष भए पनि कार्यान्वयनमा ल्याउन नसकेको जनाउँदै उनिहरूले सुशासनविना विकास र समृद्धि सम्भव नभएको टिप्पणी गरे । पन्ध्रौँ पञ्चवर्षीय योजना कार्यान्वयनमा देखिएका कमीकमजोरी र चुनौतीको गहिरो समीक्षापछि मात्र सोह्रौँ पञ्चवर्षीय योजना कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै सदस्यले अत्यन्त थोरै पुँजीगत बजेटको पनि ६० प्रतिशत मात्र खर्च हुन लाजमर्दो भएको प्रतिक्रिया दिए ।
समिति सदस्य झक्कुप्रसाद सुवेदीले कूल बजेटको ८० प्रतिशत तलबभत्ता र सामाजिक सुरक्षामा खर्च हुने गरेको तथा विनियोजित २० प्रतिशत पुँजीगत बजेट पनि खर्च गर्न नसक्नु आफैँमा आश्चर्यको विषय भएको टिप्पणी गरे । अघिल्लो सरकारले सदाचार नीति ल्याउने भनी गृहकार्य गर्दै मस्यौदा तयार गरेकामा केही गैरसरकारी संस्थाको विमतिका कारण अघि बढ्न सकेन । बैठकमा केही सदस्यले सदाचार नीति सरकारले नल्याउने हो भने भ्रष्टाचारलाई रोक्न नसकिने चेतावनी दिँदै भ्रष्टाचार रोक्न सदाचार नीति जारी गर्न सरकार प्रष्ट हुनुपर्नेमा जोड दिए ।
समिति सचिव डा रोजनाथ पाण्डेले सुशासन कायम गर्ने विषयमा गृह मन्त्रालयको विशेष भूमिका रहने जनाउँदै गृहमन्त्रीसँग आगामी बैठकमा सदाचार नीतिबारे छलफल गर्न आवश्यक भएको धारणा राखे । सुशासनमा गत वर्षमा अपेक्षा गरेअनुरूप काम गर्न नसकेको स्विकार्दै उनले कार्य क्षेत्र निर्धारण गरी सुशासनका लागि सदाचार नीति आवश्यक रहेको बताए ।
समिति सभापति कमला पन्तले सुशासन नभएर देशविकास र समृद्धिमा पछि परेको बताइन । उनले भनिन्, “सुशासन कायम गर्न धेरै विषय त्योभन्दा अघि ठिकठाक हुनुपर्छ । त्यसै सुशासन फुत्त आउन्न । सुशासन कायम भएको सङ्केत नदेखिएसम्म लगातार छलफल र बहस हुनुपर्छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: