तनहुँ । तनहुँ सदरमुकामस्थित दमौली अस्पतालले एक वर्षको अवधिमा करिब एक लाख बिरामीलाई स्वास्थ्य सेवा प्रदान गरेको छ । अस्पतालले आर्थिक वर्ष २०८०/८१ को अवधिमा ९८ हजार तीन सय ५६ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको हो ।
अस्पतालमा प्रत्येक वर्ष बिरामीको सङ्ख्या बढ्दो अवस्थामा रहेको अस्पतालका प्रमुख डा.परिवर्तन बरालले जानकारी दिए । अस्पतालमा तनहुँका अतिरिक्त छिमेकी लमजुङका बासिन्दाले स्वास्थ्य सेवा लिएको डा बरालको भनाइ छ । उनका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९/८० मा अस्पतालले ७३ हजार दुई सय ५३ लाई सेवा दिएको थियो ।
त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा ६४ हजार पाँच सय ९४ लाई सेवा दिएको थियो । अस्पतालले सोही अवधिमा ३० हजार छ सय ५३ जनालाई प्रयोगशाला सेवा दिएको छ । त्यस्तै दुई हजार नौ सय ५९ जनालाई सर्जिकल सेवा प्रदान गरिएको बरालले जानकारी दिए । दुई सय ९८ जनालाई सामान्य प्रसूति सेवा र १९ जनालाई शल्यक्रिया प्रसूति सेवा दिइएको बरालको भनाइ छ । डा.बरालले भने, “बढ्दो सहरीकरणसँगै अस्पतालमा सेवाग्राहीको चाप बढ्दो छ, हाल भइरहेकै जनशक्ति र क्षमताले सेवा प्रवाहमा कठिनाइ उत्पन्न भएको छ ।”
अस्पतालमा एक सय १५ जनाको जनशक्ति छ । अस्पतालमा ३१ डाक्टर, ३६ स्टाफ नर्स, छ प्रयोगशालाका कर्मचारी, सात प्रशासनका कर्मचारी, १३ अन्य प्राविधिक र २२ सहायक कार्यरत छन् । पन्ध्र शय्या स्वीकृतिको अस्पतालले हाल ५० शय्यामा सेवा दिइरहेको छ । अस्पताललाई अब ५० देखि एक सयसम्म शय्यामा विस्तार गर्नुपर्ने आवश्यकता भइसकेको डा.बरालको भनाइ छ ।
त्यस्तै अस्पतालमा सर्पदंश केन्द्र, रक्तसञ्चार केन्द्रको क्षमता वृद्धि, फोहरमैला व्यवस्थापन, डायलिसिस सेवाको क्षमता वृद्धिका साथै अस्पताललाई ट्रमा सेण्टरका रूपमा विकास गर्नुपर्ने आवश्यकता खड्किएको बरालले बताए । अस्पतालको स्तरोन्नतिका लागि जग्गा प्राप्ति बाधक बनिरहेको दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले बताए । जग्गा प्राप्ति गर्न सकिए अस्पताल स्तरोन्नति हुने भए पनि जग्गाको अभावमा अस्पतालको स्तरोन्नति रोकिएको उनको भनाइ छ ।
उनले भने, “अस्पताल स्तरोन्नतिका लागि गण्डकी प्रदेश सरकारलाई पटक-पटक ध्यानाकर्षण गराइसकेका छौँ, तर पहलले सार्थक रूप पाउन सकेको छैन ।” गण्डकी प्रदेशका स्वास्थ्य सचिव डा विनोदविन्दु शर्माले जग्गाको समस्याका कारण दमौली अस्पताल स्तरोन्नतिमा ढिलाइ भएको बताए । अन्य केही जिल्लामा जग्गा प्राप्ति भएसँगै भवन निर्माणको काम अगाडि बढे पनि दमौली अस्पतालको मुख्य समस्या भनेकै जग्गा प्राप्ति नहुनु भएको उनको भनाइ थियो ।
उनले भने, “प्रदेश सरकार दमौली अस्पतालको स्तरोन्नतिका लागि गम्भीर छ, सङ्घ सरकारसँग समन्वय गरेर यसको स्तरोन्नतिका कदम अगाडि बढाउनुपर्नेछ ।” अस्पतालमा फोहर पानीको व्यवस्थापन, फोहरमैला व्यवस्थापनका लागि अटोक्लेप्स सहितको भवन निर्माण, आँखा विशेषज्ञ सहितको सेवा सञ्चालन, अत्याधुनिक दाँत सेवा, यनेस्थेसिया सेवा, भेन्टिलेटरसहित आइसियु कक्ष, अत्याधुनिक ल्याब सेवा, डिजिटल एक्स-रे, निःशुल्क औषधि कक्ष लगायतका सेवा विस्तार भइसकेका छन् । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: