Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

यो हो बेवारिसे छाडिएको विश्वको सबैभन्दा अग्लो भवन

खबरडबली संवाददाता

बेइजिङ । गोल्डिन फाइनान्स ११७ निर्माणकै क्रममा अपुरो छाडिएको ५९७ मिटर अग्लो गगनचुम्बी भवन हो । यो भवन चीनको सातौँ ठुलो सहर तियान्चिनको बाहिरी क्षेत्रमा छ ।

यसलाई सुरुमा तियान्चिनको विलासी रियल स्टेट प्रोजेक्टको रूपमा अगाडि बढाइएको थियो । सो भवन अहिले विश्वको सबैभन्दा अग्लो बेवारिसे भवनका रूपमा चर्चित छ । सन् २००८ मा यो भवन बनाउन सुरु गरिएको थियो ।

तर विश्वव्यापी आर्थिक मन्दीको असरले गर्दा त्यसको २ वर्षपछि नै निर्माण कार्य रोकियो । सन् २०११ मा पुनः यो परियोजनामा काम सुरु भयो । यसलाई सन् २०१८ देखि सन् २०१९ को बिचमा निर्माण सम्पन्न गर्ने कम्पनीको लक्ष्य थियो ।  तर सन् २०१५ को सेप्टेम्बरमा पुनः निर्माणको काम रोक्का भयो ।

त्यसयता अहिलेसम्म यसको काम सुचारु हुन सकेको छैन । निर्माणको काम रोकिँदा यो विश्वको पाँचौँ अग्लो भवन थियो । अहिले यो बेवारिसे अवस्थामा छाडिएको विश्वकै सबैभन्दा अग्लो भवन बनेको छ ।

यो भवन जमिनमाथि १२८ तलाको हुने बताइएको थियो । यसमध्ये ११७ तलालाई होटेल र व्यावसायिक स्थलका रूपमा र बाँकी ११ तलालाई मेकानिकल र सञ्चालन सेवाका लागि राखिने भएको थियो । जमिनभन्दा मुनि यो भवनमा अरू ४ तला थिए । तर अहिले यो भवन भूत बङ्गलामा परिणत भएको छ ।

यो भवनलाई चिनियाँ रियल स्टेट कम्पनी गोल्डिन ग्रुपले बनाउन थालेको थियो । त्यतिबेला सो कम्पनी चीनको रियल स्टेट बजारमा नयाँ खेलाडी थियो । बजारका कयौँ दाउपेच कम्पनीलाई थाहा थिएन । त्यसमाथि सन् २००८ को विश्वव्यापी वित्तीय सङ्कटले कम्पनीमाथि दबाब अरू बढाइदियो ।

सन् २०१५ मा भवन निर्माणको काम ५९७ मिटर माथि पुगेको उपलक्ष्यमा उत्सव पनि मनाइयो । तर त्यसपछि निर्माणको सबै काम रोक्का भयो । चीनको सेयर बजारमा मूल्य वृद्धिको फोका फुटेपछि गोल्डिनसँग आफ्नै सेयर मूल्यलाई ‘अफ्लोट’ राख्ने जगेडा पैसा समेत भएन ।

सेयर मूल्य घट्दै गएपछि कम्पनीसँग अपुरो भवन हेरेर बस्नु बाहेकको विकल्प थिएन । तियान्चिन जस्तो दोस्रो स्तरको सहरमा त्यति ठुलो विलासी परियोजना थाल्नु नै कम्पनीको खराब निर्णय भएको एकाथरी विज्ञ बताउँछन् । यसलाई एक विश्लेषकले न्यूयोर्कको हड्सन यार्ड्स फिलाडेल्फियाको बाहिरी क्षेत्रमा बनाउन खोज्नु भनेका छन् । एजेन्सी

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending