सिरहा । उच्च अदालत जनकपुर, राजविराज इजलासका मुख्य न्यायाधीश वामदेव ज्ञावलीले आमनागरिकको न्यायमा पहुँच अभिवृद्धिका लागि पीडितमैत्री न्याय प्रणालीको सुदृढीकरण आवश्यक रहेको बताएका छन् ।
आज सिरहाको धनगढीमाई नगरपालिका र समग्र जनउत्थान केन्द्र लहानद्वारा संयक्तरुपमा आयोजित ‘संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को संस्थागत सुधारमार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजना-२ कोे न्यायिक पहुँचसम्बन्धी कार्यक्रममा उनले यस्तो बताए ।
मुख्य न्यायाधीश ज्ञावलीले सामाजिक न्यायसहितको पीडितमैत्री न्यायसम्पादन गर्नुपर्नेमा जोड दिए । “सामाजिक न्यायलाई सम्बोधन गर्न न्यायमा पहुँच अभिवृद्धि गर्नैपर्छ । यसका लागि पीडितमैत्री न्यायसम्पादनगरी कानुनी सहायतालाई प्रभावकारी बनाउन आवश्यक छ”, उनले भने, “जनप्रतिनिधिदेखि राज्यका सबै तह र तप्काले नागरिकको न्यायको पहुँचमा देखिएको अवरोध हटाउन सहयोग गर्नुपर्छ ।” यसैगरी उनले प्रक्रिया र प्रणालीको पालनागरी मेलमिलापमैत्री समाजको निर्माण गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा धनगढीमाई नगरपालिकाका प्रमुख शिवशङ्कर महतोले हरेक नागरिकको सर्वसुलभरुपमा न्यायमा पहुँच अभिवृद्धि गरिनुपर्नेमा धारणा राखे । नगरपालिका उपप्रमुख संगिता कुमारी चौधरीले न्यायिक क्षेत्रमा देखिएका समस्या पहिचान गर्न तथा निरुपण गर्न चुनौती रहेको बताइन ।
समग्र जनउत्थान केन्द्रका अध्यक्ष रामभरोसी महतोले सबै जनाको साथ र सहकार्यमा नागरिकको न्यायमा पहुँच अभिवृद्धि गर्नुपर्ने बताए । जोखिममा रहेका जनसङ्ख्या तथा विशेष गरी महिला, दलित, अपाङ्गता भएका व्यक्ति, यौनिक अल्पसङ्ख्यक, गरिब तथा सिमान्तकृत समुदायको न्यायमा पहुँच अभिवृद्धि गर्न युएनडिपीको सहयोगमा आफ्नो संस्थाले काम गरिरहेको उनले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: