सिरहा । उच्च अदालत जनकपुर, राजविराज इजलासका मुख्य न्यायाधीश वामदेव ज्ञावलीले आमनागरिकको न्यायमा पहुँच अभिवृद्धिका लागि पीडितमैत्री न्याय प्रणालीको सुदृढीकरण आवश्यक रहेको बताएका छन् ।
आज सिरहाको धनगढीमाई नगरपालिका र समग्र जनउत्थान केन्द्र लहानद्वारा संयक्तरुपमा आयोजित ‘संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को संस्थागत सुधारमार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजना-२ कोे न्यायिक पहुँचसम्बन्धी कार्यक्रममा उनले यस्तो बताए ।
मुख्य न्यायाधीश ज्ञावलीले सामाजिक न्यायसहितको पीडितमैत्री न्यायसम्पादन गर्नुपर्नेमा जोड दिए । “सामाजिक न्यायलाई सम्बोधन गर्न न्यायमा पहुँच अभिवृद्धि गर्नैपर्छ । यसका लागि पीडितमैत्री न्यायसम्पादनगरी कानुनी सहायतालाई प्रभावकारी बनाउन आवश्यक छ”, उनले भने, “जनप्रतिनिधिदेखि राज्यका सबै तह र तप्काले नागरिकको न्यायको पहुँचमा देखिएको अवरोध हटाउन सहयोग गर्नुपर्छ ।” यसैगरी उनले प्रक्रिया र प्रणालीको पालनागरी मेलमिलापमैत्री समाजको निर्माण गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा धनगढीमाई नगरपालिकाका प्रमुख शिवशङ्कर महतोले हरेक नागरिकको सर्वसुलभरुपमा न्यायमा पहुँच अभिवृद्धि गरिनुपर्नेमा धारणा राखे । नगरपालिका उपप्रमुख संगिता कुमारी चौधरीले न्यायिक क्षेत्रमा देखिएका समस्या पहिचान गर्न तथा निरुपण गर्न चुनौती रहेको बताइन ।
समग्र जनउत्थान केन्द्रका अध्यक्ष रामभरोसी महतोले सबै जनाको साथ र सहकार्यमा नागरिकको न्यायमा पहुँच अभिवृद्धि गर्नुपर्ने बताए । जोखिममा रहेका जनसङ्ख्या तथा विशेष गरी महिला, दलित, अपाङ्गता भएका व्यक्ति, यौनिक अल्पसङ्ख्यक, गरिब तथा सिमान्तकृत समुदायको न्यायमा पहुँच अभिवृद्धि गर्न युएनडिपीको सहयोगमा आफ्नो संस्थाले काम गरिरहेको उनले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - २०:०२
बेइजिङ । चीनको कुल विदेशी व्यापार पहिलो ११ महिनामा वर्षभरको तुलनामा ३.६ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले सोमबार जनाएको छ । चिनियाँ भन्सार प्रशा...
मंसिर २३ गते, २०८२ - १९:५९
रुपन्देही । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा चौपाया रहेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रा...
मंसिर २३ गते, २०८२ - १९:४८
कैलाली । कैलालीमा वन पैदावार बिक्री वितरणमा रोक लगाइएपछि एक लाख क्युफिट भन्दा बढी परिमाणमा काठ घाटगद्दीमै थन्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले...
मंसिर २३ गते, २०८२ - १९:४५
म्याग्दी । नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले राजनीतिक निकासका लागि आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको विकल्प न...
मंसिर २३ गते, २०८२ - १९:४१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुस ५ गतेसम्म केन्द्रदेखि प्रदेश र जिल्लासम्म सबै तहमा पार्टी एकता प्रक्रिया सम्पन्न गर्ने जनाएको छ । ...
मंसिर २३ गते, २०८२ - १८:५७
बेल्जियम । युरोपेली सङ्घ (ईयू) ले सोमबार आप्रवासन नीति कडा पार्ने महत्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ । यसअन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ ख...
मंसिर २३ गते, २०८२ - १८:५३
भियतनाम । भियतनामको नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्...
मंसिर २३ गते, २०८२ - १८:४९
पर्सा । विभिन्न कालखण्डमा मधेस प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र सङ्घीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । विसं २०७२ मा नयाँ संविधानसँगै सङ्घीयता ...
मंसिर २३ गते, २०८२ - १८:४५
काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा भाग लिन सोमबारसम्म ६७ दलले निवेदन दिएका छन् । आयोगकी सहायक प्रव...
मंसिर २३ गते, २०८२ - १८:०५
काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेख...




प्रतिकृया लेख्नुहोस्: