काठमाडौँ । गत वर्ष विश्वका करिब ४ करोड मानिसमा एड्स निम्त्याउने एचआइभी भाइरस भेटिएको थियो । जसमध्ये ९० लाख मानिसले यसको उपचार पाउन सकेका छैनन् । जसका कारण हरेक मिनेटमा कुनै न कुनै बिरामी एड्सका कारण मरिरहेका थिए । संयुक्त राष्ट्रसंघले सार्बजनिक गरेको आफ्नो पछिल्लो प्रतिवेदनमा यस्तो खुलासा गरेको हो ।
विश्वमा एड्सको महामारी अन्त्य गर्ने दिशामा प्रगति भइरहेको अवस्थामा यो अवस्था हो । राष्ट्रसंघको प्रतिवेदनले अहिले यसको प्रगतिको गति सुस्त हुन थालेको देखाएको छ । यसको कारण रकमको अभाव हो । जसका कारण मध्यपूर्व, उत्तर अफ्रिका, पूर्वी युरोप, मध्य एसिया र ल्याटिन अमेरिका गरी तीनवटा नयाँ क्षेत्रमा यसको संक्रमण बढ्दै गएको छ ।
सन् २०२३ मा एड्स सम्बन्धी रोगबाट करिब ६ लाख ३० हजार मानिसको मृत्यु भएको छ । यो सन् २००४ मा भएको २१ लाखको मृत्युभन्दा निकै कम हो । महामारीको अन्त्यका लागि विश्वव्यापी प्रयासहरूको नेतृत्व गर्ने संयुक्त राष्ट्र संघको एजेन्सी युएनएड्सको एक प्रतिवेदन अनुसार पछिल्लो तथ्याङ्क २०२५ का लागि तय गरिएको २ लाख ५० हजार कम मृत्युको लक्ष्यभन्दा दोब्बर हो।
युएनएडसका कार्यकारी निर्देशक विन्नी ब्यानिमाले विश्वका नेताहरूले सन् २०३० सम्ममा एड्स अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् । तर रिपोर्टमा२०२३ मा नयाँ संक्रमण तीन गुणा भन्दा बढी अर्थात १३ लाख रहेको उल्लेख छ । लैङ्गिक असमानताले अफ्रिकाका केही भागहरूमा किशोर किशोरी र युवतीहरूमा एचआईभीका घटनाहरू बढाएको छ ।
विश्वव्यापी रूपमा सीमान्तकृत समुदायहरूमा नयाँ संक्रमणको अनुपात २०१० मा ४५ प्रतिशतबाट बढेर २०२३ मा ५५ प्रतिशत भएको छ ।
एड्सविरुद्ध एक वर्षको लागि दुई इन्जेक्सनको लागत ४० हजार डलर रहेकोले यो आम मानिसको पहुँच बाहिर रहेका कारण ठुलो संख्याले उपचार पाउन सकेका छैनन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १५ गते, २०८२ - २०:४५
काठमाडौं। उत्तर कोरियाले आफ्नो रणनीतिक सैन्य क्षमता विस्तार गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम चाल्दै उच्च–थ्रस्ट ठोस इन्धनयुक्त क्षेप्यास्त्र इन्जिन...
चैत्र १५ गते, २०८२ - २०:४२
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद...
चैत्र १५ गते, २०८२ - २०:३६
काठमाडौं । महेश बस्नेतलाई सादा पोशाकका प्रहरीले पक्राउ गर्न खोजेको तथा उनी मोबाइल स्वीच अफ गरेर भूमिगत भएको चर्चा सामाजिक सञ्जालमा फैलिएको छ। तर, प्रह...
चैत्र १५ गते, २०८२ - २०:१५
काठमाडौं । सरकारले नवनियुक्त मन्त्रीहरूलाई ललितपुरको पुल्चोकस्थित सरकारी क्वाटरमा व्यवस्थापन गर्ने तयारी थालेपछि त्यहाँ बसोबास गरिरहेका केही न्यायाधीश...
चैत्र १५ गते, २०८२ - २०:११
काठमाडौं । बालेन साह नेतृत्वको सरकारले विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने योजना सार्वजनिक गरेपछि विद्यार्थी नेताहरूले आपत्ति ज...
चैत्र १५ गते, २०८२ - २०:०७
काठमाडौँ । नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाको प्रारम्भिक चरणअन्तर्गत विषयगत मन्त्रालयसँग छलफल सुरु गरिएको छ । अर्थ मन्त...
चैत्र १५ गते, २०८२ - १९:५५
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बझाङ...
चैत्र १५ गते, २०८२ - १९:५२
काठमाडौँ । बबरमहलस्थित सरकारी कार्यालय परिसरमा प्रहरीसँगको झडपका क्रममा भएको भागदौडपछि भित्र छिर्न खोज्ने एमाले कार्यकर्ताको आक्रमणबाट एक गेटपाले घाइत...
चैत्र १५ गते, २०८२ - १९:४३
काठमाडौं । कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार बिहान सम्पत्ति शुद्धीकरण विभागको पत्रका ...
चैत्र १५ गते, २०८२ - १९:३९
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको छ । विद्यालय तहका विभिन्न कक्षा ...



प्रतिकृया लेख्नुहोस्: