Khabar Dabali २४ फाल्गुन २०८२ आईतवार | 8th March, 2026 Sun
Investment bank

अचल सम्पती नहुने व्यक्तिको हकमासमेत कर्जामा समान ढङ्गले पहुँच विस्तार हुनुपर्छ: अर्थमन्त्री पाैडेल

खबरडबली संवाददाता

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्दा अचल सम्पती नहुने व्यक्तिको हकमा समेत कर्जामा समान ढङ्गले पहुँच विस्तार गर्न सकिने बताएका छन् । 

मंगलबार प्रतिनिधि सभामा भएको सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकको सैद्धान्तिक छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।अर्थमन्त्री पौडेलले अचल सम्पत्ति नहुने व्यक्तिको हकमा समेत कर्जामा समान ढङ्गले पहुँच विस्तार गर्न सकिने बताए । उनले निष्क्रिय रुपमा रहेको चलसम्पत्ति समेतलाई उपयोगमा ल्याएर अर्थतन्त्रलाई चलायमान बनाउन सकिने बताए । 

उनले ऐन संशोधनपछि मुलुकमा आर्थिक कारोबारलाई विस्तार गर्न सकिने उल्लेख गरे । उनले यो विधेयकलाई संशोधनको माध्यमबाट सकारात्मक प्रतिफल प्राप्त गर्न सकिने बताए । 

उनले भने, ‘‘यो ऐनबाट हुने लाभ भनेको अचल सम्पति नहुने व्यक्तिको हकमा समेत कर्जामा सम्मान ढङ्गले पहुँच विस्तार गर्नसक्छ । निक्रिय रुपमा रहेको चलसम्पत्ति समेतलाई उपयोगमा ल्याएर अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ । मुलुकमा आर्थिक कारोबारलाई विस्तार गर्न सकिन्छ । यो विधेयकलाई संशोधनको माध्यमबाट सकारात्मक प्रतिफल प्राप्त गर्नसक्छौं । चल सम्पत्तिलाई धितो मानेर कारोबार गर्ने अभ्यास गर्दै आएका छौँ । एउटा समयमा शैक्षिक प्रमाणपत्रलाई धितो राखेर ऋण पाउन सक्ने व्यवस्था पनि गरौं । यसलाई पनि कानुन सर्वत तरिकाले कार्यान्वयन गर्नको लागि ऐनको संशोधन उपयोगी हुनेछ ।’’

उनले चल सम्पत्तिलाई धितो मानेर कारोबार गर्ने अभ्यास भए पनि केही समयअघि शैक्षिक प्रमाणपत्रलाई धितो राखेर ऋण पाउनसक्ने व्यवस्थालाई कानुन रुपमा कार्यान्वयन गर्नको लागि ऐनको संशोधन उपयोगी हुने विश्वास रहेको उल्लेख गरे । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE