काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा.शेखर कोइरालाले दुई तिहाइको दम्भमा संविधान संशोधन गर्न नहुने बताएका छन् ।
आज (मंगलबार) नेपाल प्रेस युनियनले आयोजना गरेको संविधान संशोधन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसद्भित्र रहेका सबै राजनीतिक दलको सहमतिमा संविधान संशोधन गरिनुपर्ने बताएका हुन् ।
‘संविधान संशोधन गर्दा संसद्भित्रका सबै राजनीतिक दलहरुसित सहमति गरेर नै अगाडि बढ्नुपर्छ । हामीसित दुई तिहाइ बहुमत छ भनेर दम्भ गरेर संविधान संशोधन गर्न हुँदैन । राजनीतिक दलहरुबाहेक नागरिक समाज, बु्द्धिजीबी, पत्रकार सबैसँग सुझाव लिएर अगाडि जान सकियो भने राजनीतिक स्थायित्व, सुशासन र भ्रष्टाचारमुक्त समाज बनाउन सक्छौं,’ उनले भने ।
उनले राजनीतिक स्थायित्वको लागि संविधान संशोधन गर्नुपर्ने अवस्था सिर्जना भएको बताए । उनले मिश्रित प्रणालीमा राजनीतिक स्थायित्व नभइ देश विकास नहुने र देश राजनीतिक स्थायित्वको लागि मिश्रित निर्वाचन प्रणाली बाधक रहेको बताउँदै उनले समानुपातिक समावेशिताको मर्मलाई कुनै पनि आघात नपर्ने गरी संविधान संशोधन गर्नुपर्ने बताए ।
त्यस्तै, न्याय पालिकामा पनि संशोधन आवश्यक रहेको उनको भनाइ छ । उनले प्रधानन्यायाधीश संवैधानिक परिषद्मा रहने कुरालाई नेपाल बार एशोसिएशनले समेत प्रश्न उठाएको भन्दै त्यसतर्फ पनि सोच्न जरुरी रहेको बताए । संविधान संशोधन गर्दा सबै राजनीतिक दलहरुसँग सहमति गरेर अगाडि बढ्नुपर्ने उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २४ गते, २०८२ - २०:१९
काठमाडाैँ । इन्डोनेसियाको राजधानी जकार्तामा मङ्गलबार सात तल्ले कार्यालय भवनमा लागेको आगलागीमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आगो ...
मंसिर २४ गते, २०८२ - २०:१४
बारा । बाराका अग्रज फोटो पत्रकार फैजुल्लाह आलमको उपचारको क्रममा मंगलबार साँझ निधन भएको छ । बाराको परवानीपुर गाँउपालिका–३ लिपनीमाल निवासी ५५ बर्षीय...
मंसिर २४ गते, २०८२ - १९:५८
उदयपुर । चौदण्डीगढी नगरपालिका–४ मा दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक व...
मंसिर २४ गते, २०८२ - १९:२५
काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मै...
मंसिर २४ गते, २०८२ - १९:०५
बैतडी । बैतडीमा चियाखेतीका लागि सम्भाव्यता अध्ययन गरिएको छ । यहाँको सुर्नया गाउँपालिकाका तीन वडाका उच्च क्षेत्रमा चियाखेतीका लागि प्रारम्भिक सम्भाव्य...
मंसिर २४ गते, २०८२ - १९:०३
जनकपुरधाम । मधेश प्रदेशमा महिलामाथि हुने विभिन्न प्रकारका हिंसाका घटना बढ्दो क्रममा रहेको ताजा तथ्याङ्कले देखाएको छ । महिला पुनर्स्थापना केन्द्र, ...
मंसिर २४ गते, २०८२ - १८:५९
ओखलढुङ्गा । ओखलढुङ्गामा खोरेत रोग नियन्त्रणका लागि सञ्चालन गरिएको खोप अभियानमार्फत एक महिनाको अवधिमा ३१ हजार ८१४ घरपालुवा पशुचौपायालाई खोप लगाइएको छ ।...
मंसिर २४ गते, २०८२ - १८:५५
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सिंहदरबारबाट सेवा प्रवाह सुरु गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आजदेखि आंशिक रूपमा सिंह...
मंसिर २४ गते, २०८२ - १८:०६
काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पुसको पहिलो हप्तासम्म प्रदेश र जिल्लास्तरमा एकता समायोजन टुंग्याउने लक्ष्य राखे पनि प्रक्रिया अपे...
मंसिर २४ गते, २०८२ - १८:०४
लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लमजुङमा १३० मतदान स्थल रहने भएको छ । उक्त मतदान स्थलमा १८६ मतदान केन्द्र रहने छन् । उक...




प्रतिकृया लेख्नुहोस्: