Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

अध्यागमन मुलुकको अनुहार हो- गृहमन्त्री लेखक

खबरडबली संवाददाता

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अध्यागमन मुलुकको अनुहार भएको बताएका छन् । मंगलबार बिहान काठमाडौंस्थित अध्यागमन विभागको निरीक्षण गर्दै गृहमन्त्री लेखकले मुलुकभित्र प्रवेश गर्ने प्रत्येक मानिस सबै भन्दा पहिले नेपालीका रुपमा भेट्ने अध्यागमन कर्मचारीलाई भएको बताएका हुन् ।

'तपाईहरुलाई भेट्ने बित्तिकै नेपाल कस्तो छ, नेपाली कस्ता छन् भन्ने कुरा त्यहीबाट प्राप्त हुन्छ,' उनले भने, 'त्यो भाव र भावनाका साथ काम गर्नुस् ।'

देशभन्दा बाहिर जाने मानिसकहरुलाई पनि विदाई गर्ने अन्तिम नेपाली पनि अध्यागमनकै कर्मचारी भएको उनको भनाइ थियो । 'अलि ‘स्मार्ट’ र ‘स्माइलिङ’ पनि हुनु पर्यो,' उनले भने, 'गतल ढंगले मान्छे आउने र जाने कुरामा कर्मचारीको संलग्नतादेखि कारबाही गरे हुन्छ ।'

पछिल्लो समय मानव बेचबिखनका घटनाहरु बढिरहेको सुन्नमा आएको बताउँदै त्यसतर्फ कर्मचारीलाई सचेततापूर्वक खटिन गृहमन्त्री लेखकले निर्देशन दिए । 'मानव बेचबिखन पूर्ण रुपमा रोकिनुपर्छ,' उनले भने, 'अवाञ्छनीय गतिविधि स्वीकार्य छैन ।'

गृहमन्त्री लेखकले अध्यागमन सम्बन्धि विधयेक संशोधनका लागि एक महिनाभित्र मन्त्रालयमा प्रस्ताव पेश गर्न आग्रह समेत गरे ।

राम्रो कानुन बनाएर कानुन बमोजिम काम गर्दा मुलुकमा सुशासन कायम हुने उनले विश्वास व्यक्त गरे । 'संशोधन गर्नुपर्ने कानुन, नियम र कार्यविधिी ल्याउनुस्,' उनले भने, 'कानुन निर्माणको विषय मेरो धेरै बढी चाँसो, रुची र अनुभवको विषय भएकाले यसका लागि यो उपयुक्त समय हुन सक्छ ।'

१६ वर्षअघि श्रममन्त्री हुँदा आफूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘श्रम डेस्क’ राखिएको गृहमन्त्री लेखकले स्मरण गरे । उनले दार्चुलाको तिङ्कर र मुस्ताङ्गको कोरलामा अध्यागमन कार्यालय तत्काल स्थापनाका लागि प्रक्रियाअघि बढाउन निर्देशन दिए ।

त्यसैगरी कोरोनापछि नेपाल–भारतका नाकामा भारतीय पक्षबाट विदेशीहरुलाई आवागमनमा गरिएको अवरोध हटाएर पूर्ववत् अवस्थामा फर्काउने विषयमा भारतीय पक्षसँग सकरात्मक छलफल भएको गृहमन्त्री लेखकको भनाइ थियो ।

सुदूरपश्चिम प्रदेशमा दक्षिण–उत्तर जोड्ने महाकाली करिडोर, दोधारा चादँनीमा सुख्खा बन्दरगाह निर्माणको योजनाअघि बढेको बताउँदै गृहमन्त्री लेखकले तिङ्करमा अध्यागमन कार्यालयको आवश्यकता औल्याए ।

यसैगरी कार्यक्रममा गृहसचिव एकनारायण अर्यालले अन्तनिकाय बिच समन्वय हुनुपर्नेमा जोड दिए ।

अध्यागनमा कर्मचारीको क्षमता विकाससँगै भौतिक संरचना निर्माण क्रमशः हुँदै गइरहेको उनले बताए । गृह, पर्यटन लगायतका निकायबिच समन्वय र राम्रो व्यवहार हुनुपर्ने गृह सचिव अर्यालको भनाइ थियो ।

यस्तै अध्यागन विभागका महानिर्देशक केशहरि निरौलाले अध्यागनमले गरिरहेको काम कारबाही, आगामी योजना र चुनौतिका विषयमा जानकारी गराएका थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिनौं अघि ‘मामाघर जान्छु’ भन्दै हिंडेकी बसन्तीको शव इनारमा भेटियो, प्रेमी पक्राउ

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–३, वनकट्टीस्थित एक इनारमा फेला परेको बेवारिसे महिलाको शवको पहिचान खुलेको छ । उनको हत्या गरिएको तथ्य खुलेको प्रहर...

भक्तपुरको नलिन्चोक हेलिपोर्ट भ्रष्टाचार प्रकरण : विशेषको आदेशविरुद्ध अख्तियार सर्वोच्चमा

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट निर्माण गर्दा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दिएको थुनछेक आदेशविरु...

निर्वाचन आयोगललाई हर्क साम्पाङको जवाफ: बालबालिका प्रयोगको आरोप झुटो

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले निर्वाचन प्रचारप्रसारमा बालबालिका प्रयोग गरेको आरोप अस्वीकार गरेका छन्। बालबालिका प्रयोग ग...

आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी काम गरौँ - अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाललाई वित्तीय कारबाही कार्यदल ९एफएटिएफ० को ‘ग्रे लिस्ट’ बाट ज...

इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता

जकार्ता । इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको उल्लेख गर्दै  अझै दर्जनौं बेपत्ता रहेको अधिकारीले बुधबार जनाएका छन् । भारी वर्षाक...

बारामा एकै परिवारका आमा–छोराको हत्या, बुहारीसहित दुबईबाट फर्किएका युवक पक्राउ

बारा । बुधबार बिहान धारिलो हतियार प्रहार गरी ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको हत्या भएको छ। आक्रमणमा ५० वर्षीय श्...

भारतमा निपाह भाइरसका दुई सङ्क्रमण पुष्टि, अवस्था नियन्त्रणमा

मुम्बई। भारतका स्वास्थ्य अधिकारीले पश्चिम बङ्गाल राज्यमा निपाह भाइरसका दुई सङ्क्रमण पुष्टि भए पनि अवस्था समयमै नियन्त्रणमा ल्याइएको जानकारी दिएका छन् ...

विप्लवले पार्टी एकताको ऐतिहासिक अवसर गुमाए: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक ८८पुष्पकमल दाहाल ‘प्रचण्ड’८८ले नेकपा विप्लवसँग पार्टी एकता पूरा नभएको बताएका छन्। उनले बताए अनुसार जेनजी ...

उच्च हिमाली क्षेत्रको यी पाँच पदमार्गमा पदयात्रा नगर्न आग्रह

मुस्ताङ। जिल्ला प्रशासन कार्यालय मुस्ताङले छिमेकी जिल्लासँग जोडिएको उच्च लेकमा पर्ने चर्चित पाँच पदमार्गमा पदयात्रा नगर्न आग्रह गरेको छ ।  गए रातिद...

काठमाडौं ६ मा उठेका चिरञ्जीवी ढकालसहित विप्लव माओवादीका आठ नेता नेकपा प्रवेश

काठमाडौँ । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा ९माओवादी०का केन्द्रीय सदस्य चिरञ्जीवी ढकाल नेपाली कांग्रेस–संगठित नेकपा ९प्रचण्ड०मा प्रवेश गरेका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending