काठमाडौं । स्थायी सरकार हाँक्ने जिम्मेवारीमा रहेका निजामती कर्मचारीहरू जागिर खाइसकेपछि पनि राजीनामा दिएर बीचैमा निस्कने क्रम बढेको छ ।
राष्ट्रिय किताबखानाका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९/८० मा निजामती सेवामा रहेकै अवस्थामा ७ सय ८ जनाले राजीनामा दिएकोमा गत आर्थिक वर्ष २०८०/८१ मा भने यो संख्या केही बढ्न पुगेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा राजीनामा दिने निजामती कर्मचारीको संख्या ७ सय ९४ रहेको राष्ट्रिय किताबखानाले जनाएको छ। कर्मचारीहरू जागिरका क्रममा राजीनामा दिएर निस्कने क्रम बढे पनि सरकारले कर्मचारीले राजीनामा दिनुको कारणहरूको बारेमा कुनै खोजीनीति गर्न सकेको छैन । कर्मचारी हकहितको विषयमा काम गर्ने मुख्य जिम्मेवारीमा रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि यस विषयमा कुनै अध्ययन अनुसन्धान गर्न सकेको छैन।
राष्ट्रिय किताबखानका अनुसार गत आर्थिक वर्षमा अनिवार्य अवकाशसहित बाहिरिएका कर्मचारीको संख्या भने २ हजार २ सय रहेको छ । जसमध्ये अनिवार्य अवकाशमा गएका कर्मचारीको संख्या १४ सय ५० रहेका छन् ।
यसै गरी सो अवधिमा सचिवको ५ वर्षे कार्यकाल सकाएर उमेर नपुग्दै ४ जना सचिवहरू अवकाश भएका छन् । यसै गरी गत वर्ष भविष्यमा अयोग्य नठहरिने गरी १ जना कर्मचारी बर्खास्तमा परेका छन् भने भविष्यमा अयोग्य ठहरिने गरी १ जना बर्खास्त भएका छन् ।
राष्ट्रिय किताबखानाका अधिकारीहरूका अनुसार निजामती सेवामा आएका केही इमानदार व्यक्तिहरू फ्रस्टेसनको शिकार भएर राजीनामा दिएका छन् । केही भने निजामती सेवामा प्रवेश गरेपछि विदेशको पीआर पाएकाले राजीनामा दिने गरेका छन् ।
केही कर्मचारी विदेशमा अध्ययन गर्न जाँदा उतै बेपत्तासमेत हुने गरेको बताइएको छ। सरकारको पैसामा अध्ययन गर्न जाने तर उतै बेपता हुँदा समेत सरकारले उनीहरूको खोजतलास गर्न सकेको छैन ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले कर्मचारीहरू बीचैमा राजीनामा दिएर निस्कने क्रम बढ्नुले राम्रो सन्देश नदिने भएकाले यस विषयमा अध्ययन अनुसन्धान जरुरी रहेको बताए ।
यो विषयलाई अहिलेसम्म प्राथमिकतामा नराखेको भए पनि अब भने मन्त्रालयले उच्च प्राथमिकतामा राखेर अध्ययन गरी कारण पत्ता लगाएर समाधान खोज्नुपर्ने प्रवक्ता पराजुलीको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १७ गते, २०८२ - २१:२२
सडकपेटीमा हिँडिरहेका वृद्धमाथि अभद्र व्यवहारकाे आराेप
चैत्र १७ गते, २०८२ - २१:०४
काभ्रेपलाञ्चोक । भारी वर्षा र रोशी खोलामा पानीको बहाव बढेको कारण बिपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड आज साँझदेखि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ। ...
चैत्र १७ गते, २०८२ - २१:०३
काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाक लाई सरकारी कोष दुरुपयोग र पददुरुपयोग गरेको ठहर गर्दै एसआरसी इन्टरनेसनललाई १ अर्ब ३० करो...
चैत्र १७ गते, २०८२ - २०:४८
सुर्खेत । बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन मंगलबार सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ। ...
चैत्र १७ गते, २०८२ - २०:४३
काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सरुवा वा खटाइएको कार्यालयमा जान आनाकानी गर्ने कर्मचारीलाई चेतावनी दिएको छ। मन्त्रालयका अनुसार जुनसुकै चुनौ...
चैत्र १७ गते, २०८२ - २०:४१
कर्मचारी कटौतीकाे प्रस्ताव
चैत्र १७ गते, २०८२ - २०:११
काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर...
चैत्र १७ गते, २०८२ - २०:०९
काठमाडौं । सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस...
चैत्र १७ गते, २०८२ - १९:५७
लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...
चैत्र १७ गते, २०८२ - १९:४८
काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...


प्रतिकृया लेख्नुहोस्: