Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

एकवर्षमा ७ सय ९४ निजामती कर्मचारीले दिए राजीनामा

खबरडबली संवाददाता

काठमाडौं ।  स्थायी सरकार हाँक्ने जिम्मेवारीमा रहेका निजामती कर्मचारीहरू जागिर खाइसकेपछि पनि राजीनामा दिएर बीचैमा निस्कने क्रम बढेको छ ।

राष्ट्रिय किताबखानाका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९/८० मा निजामती सेवामा रहेकै अवस्थामा ७ सय ८ जनाले राजीनामा दिएकोमा गत आर्थिक वर्ष २०८०/८१ मा भने यो संख्या केही बढ्न पुगेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा राजीनामा दिने निजामती कर्मचारीको संख्या ७ सय ९४ रहेको राष्ट्रिय किताबखानाले जनाएको छ। कर्मचारीहरू जागिरका क्रममा राजीनामा दिएर निस्कने क्रम बढे पनि सरकारले कर्मचारीले राजीनामा दिनुको कारणहरूको बारेमा कुनै खोजीनीति गर्न सकेको छैन । कर्मचारी हकहितको विषयमा काम गर्ने मुख्य जिम्मेवारीमा रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि यस विषयमा कुनै अध्ययन अनुसन्धान गर्न सकेको छैन।

राष्ट्रिय किताबखानका अनुसार गत आर्थिक वर्षमा अनिवार्य अवकाशसहित बाहिरिएका कर्मचारीको संख्या भने २ हजार २ सय रहेको छ । जसमध्ये अनिवार्य अवकाशमा गएका कर्मचारीको संख्या १४ सय ५० रहेका छन् ।

यसै गरी सो अवधिमा सचिवको ५ वर्षे कार्यकाल सकाएर उमेर नपुग्दै ४ जना सचिवहरू अवकाश भएका छन् । यसै गरी गत वर्ष भविष्यमा अयोग्य नठहरिने गरी १ जना कर्मचारी बर्खास्तमा परेका छन् भने भविष्यमा अयोग्य ठहरिने गरी १ जना बर्खास्त भएका छन् ।

राष्ट्रिय किताबखानाका अधिकारीहरूका अनुसार निजामती सेवामा आएका केही इमानदार व्यक्तिहरू फ्रस्टेसनको शिकार भएर राजीनामा दिएका छन् । केही भने निजामती सेवामा प्रवेश गरेपछि विदेशको पीआर पाएकाले राजीनामा दिने गरेका छन् ।

केही कर्मचारी विदेशमा अध्ययन गर्न जाँदा उतै बेपत्तासमेत हुने गरेको बताइएको छ। सरकारको पैसामा अध्ययन गर्न जाने तर उतै बेपता हुँदा समेत सरकारले उनीहरूको खोजतलास गर्न सकेको छैन ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले कर्मचारीहरू बीचैमा राजीनामा दिएर निस्कने क्रम बढ्नुले राम्रो सन्देश नदिने भएकाले यस विषयमा अध्ययन अनुसन्धान जरुरी रहेको बताए ।

यो विषयलाई अहिलेसम्म प्राथमिकतामा नराखेको भए पनि अब भने मन्त्रालयले उच्च प्राथमिकतामा राखेर अध्ययन गरी कारण पत्ता लगाएर समाधान खोज्नुपर्ने प्रवक्ता पराजुलीको भनाइ छ   ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending