काठमाडौं । अभिनेता रमित ढुङ्गानाले निर्देशन तथा निर्माण रहेको सत्य घटनामा आधारित चलचित्र “नमेटिने घाउ’’ यति बेला स्वरांङ्कन कार्य भैरहेको छ ।चलचित्रमा अभिनय गरेका सांसद ज्ञानेन्द्र शाहीको स्वरांङ्कन कार्य सम्पन्न भएको छ ।
चलचित्रमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको समेत अभिनय रहेको हुदा केहि दिनमा उहाले पनि स्वरांङ्कन दिने निर्देशक रमित ढुङ्गानाले जानकारी दिए ।
छिट्टै प्रदर्शनमा आउन लागेको चलचित्र “नमेटिने घाउ’’ एसिड सर्भाइभरहरुको बास्तविक जीवनीमा आधारित छ ।चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरुको कथालाई समेटेर बनाईएको छ । फिल्ममा शिवम् अधिकारीको कथा,ओम सुनारको संगीत रहेको छ । लेखक अधिकारीले पटकथा साढे दुई वर्ष लगाएर फिल्म लेखेका हुन् ।
रमित ढुंगाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको यस चलचित्रमा प्रहरी उपरीक्षकद्वय बाल नर्सिहॅ राणा र कुमुद ढुगेल, प्रहरी निरीक्षक जे,आर शर्मा लगायत दुई सय भन्दा बढी प्रहरीको अभिनय रहेको छ। यस्तै चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देबकोटा,सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा,लालना चिमोरिया,स्वस्तीमा कार्की, लिजा कोरानी,एलिसा गुरुङ,बिशाल देबकोटा ,आरजु अधिकारी ,आरजु लेखक लगायत अभिनय रहेको छ ।
‘नमेटिने घाउ’मार्फत सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली , पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र सासॅदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहि को पनी भूमिका देखिने भयको छ ! चलचित्रमा सुरवीर पण्डित, सुनील कटुवाल पुराना अनुहार रहने छ भने मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरुको अभिनय रहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - ०८:५७
धनकुटा । नेपाललाई हराभरा बनाउने दीर्घकालीन लक्ष्यसहित सरकारले अघि सारेको ‘सगरमाथा वृक्षारोपण महाअभियान’ को औपचारिक शुभारम्भ आइतबार धनकुटाको सहिदभूमि ग...
आषाढ़ १५ गते, २०८३ - ०८:५३
उदयपुर । चौदण्डीगढी नगरपालिका–७ कुमाङ लामाचौर क्षेत्रमा जङ्गली हात्ती प्रवेश गरेर उपद्रो गरेको छ । कुमाङमा गए राति जङ्गली हात्ती प्रवेश गरेर ६ वटा ...
आषाढ़ १५ गते, २०८३ - ०८:५१
काठमाडौं । आज असार १५। नेपाली किसानका लागि धान रोपाइँको उत्सव मात्र होइन, दही–चिउरा खाने विशेष दिन पनि हो। सरकारले २३औँ राष्ट्रिय धान दिवस मनाइरहँदा द...
आषाढ़ १५ गते, २०८३ - ०८:४५
नेपालगन्ज । यस वर्ष असारमा पनि पर्याप्त वर्षा नहुँदा बाँकेका खेतका फाँट धुलाम्मे देखिएका छन् । जिल्लाका केही स्थानमा बीउ राखेको खेतको ब्याडमा धाजा फाट...
आषाढ़ १५ गते, २०८३ - ०८:४३
काठमाडौं । ललितपुरको भैँसीपाटीस्थित रेडियो नेपालको टावर नजिक सोमबार बिहान सिमेन्ट बोकेको ट्रक अनियन्त्रित भएर सडक किनारको घरमा ठोक्किएको छ। बिहान क...
आषाढ़ १५ गते, २०८३ - ०८:३९
काठमाडौं । सरकारले २३औँ राष्ट्रिय धान दिवस यस वर्ष ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नारासहित मनाइरहेको छ। तर, यही आत्मनिर्भर...
आषाढ़ १५ गते, २०८३ - ०८:३५
काठमाडौं । नेपाली कृषकहरूको प्रमुख पर्व मानिने असार १५ आज देशभर दही–चिउरा खाएर तथा धान रोपाइँ गर्दै मनाइँदै छ। यस दिनलाई राष्ट्रिय धान दिवस तथा दही–चि...
आषाढ़ १४ गते, २०८३ - २१:५७
काठमाडौं । साउदी अरबको पूर्वी तटीय क्षेत्र रास तनुरामा आइतबार तेल कम्पनी अरामकोको हेलिकप्टर दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। साउदी प्...
आषाढ़ १४ गते, २०८३ - २१:५४
काठमाडौँ । नेपाल प्रहरीले जुवातास खेलिरहेका अवस्थामा विभिन्न स्थानबाट २१ जनालाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१३ सोल्टीमोडमा डेरागरी बस्ने ...
आषाढ़ १४ गते, २०८३ - २१:४८
काठमाडौं । मार्वल ब्रान्डको नाम र ट्रेडमार्क दुरुपयोग गरी नक्कली बोरवेल पाइप उत्पादन तथा बिक्री गरेको आरोपमा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका–स...



प्रतिकृया लेख्नुहोस्: