Khabar Dabali २९ असार २०८३ सोमबार | 13th July, 2026 Mon
Investment bank

कर्फ्यू लगाउँदा पनि रोकिएन बंगलादेशमा प्रदर्शन, कम्तिमा ११० जनाको मृत्यु

खबरडबली संवाददाता

काठमाडौं ।  बंगलादेशमा जारी आरक्षणविरोधी प्रदर्शनका क्रममा हालसम्म कम्तिमा १ सय १० जनाको मृत्यु भएको छ । यसमध्ये दुई जना प्रहरी रहेका छन् । 

त्यस्तै जारी प्रदर्शनका क्रममा दर्जनौँ व्यक्तिहरू घाइते भएका छन् । प्रदर्शन उग्र बन्दै गएपछि बंगलादेशमा कर्फ्यू लगाइएको भएपनि कर्फ्यू लगाउँदा पनि आन्दोलन रोकिएको छैन । शनिबार पनि कर्फ्यूका बाबजुत हिंसात्मक प्रदर्शनहरू भएका थिए ।

शनिबार मात्र भएको प्रदर्शन र झडपमा परी कम्तिमा १० जनाको मृत्यु भएको थियो । त्यस्तै ९० जनाभन्दा बढी घाइते भएका छन् । यससँगै मंगलबारदेखि सुरु भएको हिंस्रक प्रदर्शनका कारण ११० जनाको मृत्यु भएको हो ।

प्रदर्शन उग्र बन्दै गएपछि शुक्रबार मध्यरातदेखि कर्फ्यू लगाइएको थियो । तर, शनिबार पनि प्रदर्शन भएपछि सरकारले कर्फ्यूमा थप कडाइ गरेको छ । आइतबार र सोमबारका लागि सार्वजनिक बिदाको घोषणा गरिएको छ ।

बंगलादेशमा आन्दोलन उग्र बन्दै गएपछि सरकारले नेपाली विद्यार्थीलाई सरकारले स्वदेश फर्काउन थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहाँ मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थीले आफू असुरक्षित भएको बताएपछि नेपाली विद्यार्थीलाई काठमाडौं फर्काउन लागिएको जनाएका छन् ।

यसका साथै नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले नेपालस्थित परिवारबाटै अनलाइन फारम भर्न सकिने सूचना जारी गरेको छ । परराष्ट्रमन्त्री आरजु राणाले बंगलादेशबाट स्वदेश फर्किन चाहने विद्यार्थीलाई परराष्ट्र मन्त्रालयले आवश्यक समन्वयन गरिरहेको जनाएकी छिन् ।

ढाकास्थित नेपाली दूतावासले विद्यार्थीहरूलाई बंगलादेशका विभिन्न स्थानहरूबाट ढाका विमानस्थललगायत अन्य सीमा नाकाहरूमा सुरक्षित यात्राको लागि समन्वय गरिरहेको मन्त्री राणाले बताएकी छिन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हराए रवि ? सुकुम्बासी संकटमा मौन बसेपछि सामाजिक सञ्जालमा ‘मानिस हराएको सूचना’ भाइरल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सुकुम्बासीको मुद्दामा मौन बसेपछि सामाजिक सञ्जालमा उनको आलोचना चुलिएको छ। चुनावी ...

बाढीले बगायो झोलुङ्गे पुल, घान्द्रुक जाने सडकसमेत अवरुद्ध

किम्रोंग र मोदी खोलाको बाढीले कास्कीमा ठूलो क्षति, स्थानीय र पर्यटकको आवतजावत प्रभावित

घर गुमाए, आश्रय पनि डुब्यो : सुकुम्बासीको पीडामाथि दमनको अर्को अध्याय

काठमाडौं । एउटा घर गुमाएको परिवारलाई सरकारले अस्थायी आश्रय दियो। उनीहरूले सोचे—अब केही समय भए पनि सुरक्षित रूपमा बाँच्न पाइएला। तर नियतिले फेरि उनीहरू...

मोदीखोलाको कटानले घान्द्रुक जाने सडक ठप्प

पर्वत । कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले प्रसिद्ध पर्यटकीय क्षेत्र घान्द्रुक जोड्ने नयाँपुल-बिरेठाँटी-घान्द्रुक सडक अवरुद्ध बनेको छ ।...

आगोले सोधिरहेको प्रश्न : प्रेम आचार्यदेखि गणेश, विवेक र अश्विनसम्म किन दोहोरिँदै छन् आत्मदाहका घटना ?

काठमाडौं । विसं २०७९ माघ १० गते। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि एक युवकले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाए। उनी थिए– इलामका प्रेमप्रसाद ...

जेनजी अभियन्ता पक्राउप्रति नारायणकाजीको आपत्ति

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा सुकुमबासीहरूको अवस्था बुझ्न पुगेका जे...

गणेशको शव बुझ्न परिवारको अस्वीकार, ‘राज्यले जिम्मेवारी नलिएसम्म अन्त्येष्टि हुँदैन’

सरकारसँग वार्ता जारी, महानगरले सहयोग र रोजगारीको घोषणा गर्‍यो, घटनाको बहुआयामिक छानबिन तीव्र

आज पूर्वदेखि मध्य नेपालका केही ठाउँमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज देशभर अधिकांश बादल लाग्नेछ मौसम विज्ञान विभागले जनाएको छ । महाशाखाका अनुसार देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित ...

गणेश नेपालीको आत्मदाह राज्यसंरक्षित हत्या होः समाजवादी कम्युनिस्ट पार्टी

काठमाडौँ । समाजवादी कम्युनिस्ट पार्टी नेपालले काठमाडौँमा पठाओ चालकका रूपमा कार्यरत २५ वर्षीय युवा गणेश नेपालीको आत्मदाहको घटनालाई 'राज्यले गरेको ह...

संसद्मा कानुन, फुर्सदमा ब्रस : श्रमलाई नछाड्ने सांसद हरिप्रसाद भुसालको प्रेरक यात्रा

रूपन्देही । नेपालमा जनप्रतिनिधि बनेपछि पुरानो पेशा, जीवनशैली र सङ्घर्ष बिर्सिने प्रवृत्ति सामान्यजस्तै देखिन्छ। चुनाव जितेपछि धेरै नेताको जीवनशैली फेर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending