Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

कर्फ्यू लगाउँदा पनि रोकिएन बंगलादेशमा प्रदर्शन, कम्तिमा ११० जनाको मृत्यु

खबरडबली संवाददाता

काठमाडौं ।  बंगलादेशमा जारी आरक्षणविरोधी प्रदर्शनका क्रममा हालसम्म कम्तिमा १ सय १० जनाको मृत्यु भएको छ । यसमध्ये दुई जना प्रहरी रहेका छन् । 

त्यस्तै जारी प्रदर्शनका क्रममा दर्जनौँ व्यक्तिहरू घाइते भएका छन् । प्रदर्शन उग्र बन्दै गएपछि बंगलादेशमा कर्फ्यू लगाइएको भएपनि कर्फ्यू लगाउँदा पनि आन्दोलन रोकिएको छैन । शनिबार पनि कर्फ्यूका बाबजुत हिंसात्मक प्रदर्शनहरू भएका थिए ।

शनिबार मात्र भएको प्रदर्शन र झडपमा परी कम्तिमा १० जनाको मृत्यु भएको थियो । त्यस्तै ९० जनाभन्दा बढी घाइते भएका छन् । यससँगै मंगलबारदेखि सुरु भएको हिंस्रक प्रदर्शनका कारण ११० जनाको मृत्यु भएको हो ।

प्रदर्शन उग्र बन्दै गएपछि शुक्रबार मध्यरातदेखि कर्फ्यू लगाइएको थियो । तर, शनिबार पनि प्रदर्शन भएपछि सरकारले कर्फ्यूमा थप कडाइ गरेको छ । आइतबार र सोमबारका लागि सार्वजनिक बिदाको घोषणा गरिएको छ ।

बंगलादेशमा आन्दोलन उग्र बन्दै गएपछि सरकारले नेपाली विद्यार्थीलाई सरकारले स्वदेश फर्काउन थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहाँ मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थीले आफू असुरक्षित भएको बताएपछि नेपाली विद्यार्थीलाई काठमाडौं फर्काउन लागिएको जनाएका छन् ।

यसका साथै नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले नेपालस्थित परिवारबाटै अनलाइन फारम भर्न सकिने सूचना जारी गरेको छ । परराष्ट्रमन्त्री आरजु राणाले बंगलादेशबाट स्वदेश फर्किन चाहने विद्यार्थीलाई परराष्ट्र मन्त्रालयले आवश्यक समन्वयन गरिरहेको जनाएकी छिन् ।

ढाकास्थित नेपाली दूतावासले विद्यार्थीहरूलाई बंगलादेशका विभिन्न स्थानहरूबाट ढाका विमानस्थललगायत अन्य सीमा नाकाहरूमा सुरक्षित यात्राको लागि समन्वय गरिरहेको मन्त्री राणाले बताएकी छिन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending