दाङ । लुम्बिनी प्रदेशसभा बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ। प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले प्रदेशसभाको चौथो अधिवेशनको २४ औं बैठक बोलाइएको बारे साउन ३ गते सूचना जारी गरेका थिए।
आजकै बैठकबाट सरकारबारे प्रदेशसभामा निर्णय हुने भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन्।
विश्वासको मत लिनका लागि प्रस्ताव पेश गरेको भए पनि प्रदेशसभालाई सम्बोधन गरिसकेपछि त्यो प्रस्ताव फिर्ता लिई महराले राजीनामा दिन सक्ने सम्भावना पनि उत्तिकै रहेको उनी निकट एक नेताले बताए।
नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका प्रमुख सचेतक इन्द्रजित थारूले मुख्यमन्त्री महराले स्पष्ट केही नभनेको बताए। ‘उहाँले सम्बोधन गरि सकेपछि विश्वासको मत लिने प्रस्ताव फिर्ता लिई पदबाट राजनीनामा दिन पनि सक्नुहुन्छ,’ उनले भने ।
महराले प्रदेशसभा बैठकमा विश्वासको मत लिने सूचना दर्ता भने गराई सकेका छन् । मुख्यमन्त्रीको आजको कदम अनुसार लुम्बिनीमा नयाँ सरकार गठनको प्रक्रिया सुरू हुनेछ।
गत चैत २३ मा रोल्पाबाट प्रतिनिधित्व गर्ने माओवादीका नेता महरा ४८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतका लागि ४४ मत आवश्यक पर्छ। प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेका ५ मन्त्रीले पदबाट राजीनामा दिँदै असार २० गते महरालाई दिएको समर्थन फिर्ता लिएको थियो। त्यसपछि उनी स्पष्ट अल्पमतमा परिसकेका थिए।
मुख्यमन्त्री महराको साथमा यतिखेर माओवादीका १०, एकीकृत समाजवादीका १ र राष्ट्रिय जनमोर्चाका १ समेत गरी जम्मा १२ सांसदको मात्रै समर्थन छ। एक स्वतन्त्र सांसद अर्निणित छन् ।
एमालेका २९ सदस्यले असार २० मा समर्थन फिर्ता लिएपछि महरा अल्पमतमा परेका थिए। त्यसपछि सत्ता साझेदार दल एमालेका साथै नेपाली कांग्रेसले महरालाई पदबाट राजीनामा दिइ मार्ग प्रशस्त गर्न आग्रह गर्दै आएका छन्।
यी दुई दलले आजको प्रदेशसभा बैठकमा महराका विरूद्ध उभिन आफ्ना सांसदलाई ह्विपसमेत जारी गरिसकेको छन्।
लुम्बिनीमा एमाले सबै भन्दा ठूलो दल हो। उसका २९ सांसद छन् भने अर्को सत्ता साझेदार दल कांग्रेसका २७ सांसद छन। यी दुई दलहरूको मात्रै ५६ सांसद पुग्छन् । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सांसद चाहिन्छ । यहाँ दुई ठूला दलले मात्रै सरकार बनाउन कुनै समस्या छैन।
दुई ठूला दलले मिलेर सरकार बनाउने निश्चित अन्य साना दलहरूले पनि सघाउने अवस्था देखिएको छ।
कुल १० वटा राजनीतिक दलको प्रतिनिधित्व रहेको लुम्बिनी प्रदेश सभामा माओवादी केन्द्रका सभामुख सहित ११, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४र४, लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टी ९विभाजित हुनुअघिको० ३र३, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १ र१ जना र १ स्वतन्त्र गरी ८७ सांसद छन्।
दुई ठूला दलहरू मिलेर सरकार निर्माण गर्ने भए पनि राप्रपा, नागरिक उन्मुक्ति, लोसपा, जनमत, जसपा, जसपा नेपाललगायत दलले पनि सरकारलाई समर्थन गर्ने भएका छन्।
लुम्बिनीमा महरा पछि को मुख्यमन्त्री हुने भन्ने स्पष्ट भइ सकेको छैन । चर्चाहरुका अनुसार नयाँ समीकरण अनुसार एमाले प्रदेशसभा संसदीय दलका नेता लीला गिरी र उपनेता चेतनारायण आचार्यले त्यसका लागि लबिइङ गरिरहेका छन्। कांग्रेसका संसदीय दलका नेता यसअघिका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि आफ्नो लबिङ जारी राखेका छन् लीला गिरी यसअघि पनि छोटो अवधिका लागि मुख्यमन्त्री भएका थिए। आचार्य यसअघि अर्थमन्त्री थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २९ गते, २०८२ - २२:२५
मोरङ । ३८औँ संस्करणको विराट गोल्ड कप फुटबल–२०८२ प्रतियोगिताअन्तर्गत आज राति भएको खेलमा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ ।...
चैत्र २९ गते, २०८२ - २२:०१
काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् अहिले नीतिले भन्दा पनि सुनले बढी चम्किएको देखिन्छ। आज सार्वजनिक गरिएको सम्पत्ति विवरण हेर्दा लाग्छ—यो...
चैत्र २९ गते, २०८२ - २१:४६
खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस संरक्षण अभियान’ सञ्चालन गरेको छ । स्थानीय बास...
चैत्र २९ गते, २०८२ - २१:४४
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति विवरण सार्वजनिक भएको छ । उक्त विवरण अनुसार मन्त्री खनालसँग विभिन्न कम्पनीमा लगानीदेखि सुनसम्म रहेको ...
चैत्र २९ गते, २०८२ - १९:४९
झापा। झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका ...
चैत्र २९ गते, २०८२ - १९:४५
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को खातामा १ करोड ४६ लाख रुपैयाँ रहेको पाइएको छ । आज सार्वजनिक भएको प्रधानमन्त्री बालेनको सम्पत्ति विवरण...
चैत्र २९ गते, २०८२ - १९:४२
काठमाडौं। नेपालमा अधिकांश दैनिक उपभोग्य वस्तुका लागि आयातमै निर्भर हुनुपर्ने अवस्था त सुनेकै छौँ, तर सुकुटी अर्थात् सुक्खा तरकारीको अवस्था पनि त्यस्तै...
चैत्र २९ गते, २०८२ - १९:३९
काठमाडौं । चीनले भारतीय भूभागभित्र पर्ने स्थानहरूको नाम परिवर्तन गर्ने प्रयास गरेको भन्दै भारतले कडा आपत्ति जनाएको छ। भारतीय विदेश मन्त्रालयले सामाजिक...
चैत्र २९ गते, २०८२ - १९:३४
सर्लाही । भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालनमा लगाइएको प्रतिबन्धको निर्णयविरुद्ध सर्लाहीमा राजनीतिक दलहरूले एकजुट भएर विरोध जनाएका छन्। जिल्लामा ...
चैत्र २९ गते, २०८२ - १९:३१
हेटौँडा। मकवानपुर जिल्लामा अवैध रूपमा घरेलु मदिरा उत्पादन भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा मदिरा र कच्चा पदार्थ बरामद गरेको छ।...


प्रतिकृया लेख्नुहोस्: