Khabar Dabali २८ कार्तिक २०८२ बिहीबार | 13th November, 2025 Thu
Investment bank

लुम्बिनीका मूख्यमन्त्री महराले राजिनामा दिने सम्भावना

खबरडबली संवाददाता

दाङ । लुम्बिनी प्रदेशसभा बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ। प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले प्रदेशसभाको चौथो अधिवेशनको २४ औं बैठक बोलाइएको बारे साउन ३ गते सूचना जारी गरेका थिए। 

आजकै बैठकबाट सरकारबारे प्रदेशसभामा निर्णय हुने भएको छ ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन्। 

विश्वासको मत लिनका लागि प्रस्ताव पेश गरेको भए पनि प्रदेशसभालाई सम्बोधन गरिसकेपछि त्यो प्रस्ताव फिर्ता लिई महराले राजीनामा दिन सक्ने सम्भावना पनि उत्तिकै रहेको उनी निकट एक नेताले बताए। 

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका प्रमुख सचेतक इन्द्रजित थारूले मुख्यमन्त्री महराले स्पष्ट केही नभनेको बताए।  ‘उहाँले सम्बोधन गरि सकेपछि विश्वासको मत लिने प्रस्ताव फिर्ता लिई  पदबाट राजनीनामा दिन पनि सक्नुहुन्छ,’ उनले भने । 

महराले प्रदेशसभा बैठकमा विश्वासको मत लिने सूचना दर्ता भने गराई सकेका छन् । मुख्यमन्त्रीको आजको कदम अनुसार लुम्बिनीमा नयाँ सरकार गठनको प्रक्रिया सुरू हुनेछ। 
 
गत चैत २३ मा रोल्पाबाट प्रतिनिधित्व गर्ने माओवादीका नेता महरा ४८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतका लागि ४४ मत आवश्यक पर्छ। प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेका ५ मन्त्रीले पदबाट राजीनामा दिँदै असार २० गते महरालाई दिएको समर्थन फिर्ता लिएको थियो। त्यसपछि उनी स्पष्ट अल्पमतमा परिसकेका थिए। 

मुख्यमन्त्री महराको साथमा यतिखेर माओवादीका १०, एकीकृत समाजवादीका १ र राष्ट्रिय जनमोर्चाका १ समेत गरी जम्मा १२ सांसदको मात्रै समर्थन छ। एक स्वतन्त्र सांसद अर्निणित छन् । 

एमालेका २९ सदस्यले असार २० मा समर्थन फिर्ता लिएपछि महरा अल्पमतमा परेका थिए। त्यसपछि सत्ता साझेदार दल एमालेका साथै नेपाली कांग्रेसले महरालाई पदबाट राजीनामा दिइ मार्ग प्रशस्त गर्न आग्रह गर्दै आएका छन्। 

यी दुई दलले आजको प्रदेशसभा बैठकमा महराका विरूद्ध उभिन आफ्ना सांसदलाई ह्विपसमेत जारी गरिसकेको छन्। 

लुम्बिनीमा एमाले सबै भन्दा ठूलो दल हो। उसका  २९ सांसद छन् भने अर्को सत्ता साझेदार दल कांग्रेसका २७ सांसद छन। यी दुई दलहरूको मात्रै ५६ सांसद पुग्छन् । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सांसद चाहिन्छ । यहाँ दुई  ठूला दलले मात्रै सरकार बनाउन कुनै समस्या छैन। 

दुई ठूला दलले मिलेर सरकार बनाउने निश्चित अन्य साना दलहरूले पनि सघाउने अवस्था देखिएको छ। 

कुल १० वटा राजनीतिक दलको प्रतिनिधित्व रहेको लुम्बिनी प्रदेश सभामा माओवादी केन्द्रका सभामुख सहित ११, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४र४, लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टी ९विभाजित हुनुअघिको० ३र३, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १ र१ जना र १ स्वतन्त्र गरी ८७ सांसद छन्। 

दुई ठूला दलहरू  मिलेर सरकार निर्माण गर्ने भए पनि राप्रपा, नागरिक उन्मुक्ति, लोसपा, जनमत, जसपा, जसपा नेपाललगायत दलले पनि सरकारलाई समर्थन गर्ने भएका छन्। 

लुम्बिनीमा महरा पछि को मुख्यमन्त्री हुने भन्ने स्पष्ट भइ सकेको छैन । चर्चाहरुका अनुसार नयाँ समीकरण अनुसार एमाले प्रदेशसभा संसदीय दलका नेता लीला गिरी र उपनेता चेतनारायण आचार्यले त्यसका लागि  लबिइङ गरिरहेका छन्। कांग्रेसका संसदीय दलका नेता यसअघिका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि आफ्नो लबिङ जारी राखेका छन्  लीला गिरी यसअघि पनि छोटो अवधिका लागि मुख्यमन्त्री भएका थिए। आचार्य यसअघि अर्थमन्त्री थिए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाकाे ६ महिनाभित्र एकता महाधिवेशन गर्ने सहमति

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र डा. भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान, नेपालबीच सात बुँदे सहमति भएको छ। सहमति पत्रमा नेकपा संयोजक...

धमाधम राजीनामा दिँदै सरकारले फिर्ता बोलाएका राजदूतहरू

काठमाडौँ । सरकारले फिर्ता बोलाएका राजदूतहरूले राजीनामा दिन थालेका छन्। जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले विभिन्न ११ देशमा कार्यरत...

नेकपा र भीम रावल नेतृत्वको अभियानबीच ७ बुँदे सहमति, रावल छैटौँ वरीयतामा

काठमाडौँ – मातृभूमि जागरण अभियान औपचारिक रूपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित भएको छ। पेरिसडाँडामा आयोजित कार्यक्रममा नेकपाका संयोजक पुष्प...

धरहरा सरकारले बनाएको भन्ने तर गोली कसले चलायो थाहा छैन : सुरेन्द्र पाण्डे

चितवन । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले जेन–जी आन्दोलनका क्रममा कार्तिक २३ गते भएको घटनाको जिम्मेवारी तत्कालीन सरकारकै भएको बताएका छन्। ...

गौमुखी गाउँपालिकाको लापरबाहीमा किसान आक्रोशित, तीन वर्षसम्मपनि पाएनन् किसानले भुक्तानी

प्यूठान  ।  प्यूठानको लिबाङका किसान पदमबहादुर केसी र दिपक वलीले लगाएका बिरुवाको मूल्य तीन वर्ष बितिसक्दा पनि गौमुखी गाउँपालिकाले १२ लाख रुपैयाँ भुक्ता...

नेतृत्व फेरेर चुनावमा गए कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्छः कांग्रेस नेता जीवन परियार

काठमाडौं ।  नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले आगामी निर्वाचनअघि पार्टीको महाधिवेशन गर्नुको विकल्प नरहेको बताएका छन्। पार्टी केन्द्रीय सम...

दुर्गा प्रसाईं समूहसँग गृह मन्त्रालयमा वार्ता जारी

काठमाडौं । सरकार र दुर्गा प्रसाईं समूहबीच गृह मन्त्रालयमा वार्ता जारी छ। वार्तामा प्रसाईं स्वयं सहभागी छैनन्, तर उनका प्रतिनिधि टोली सहभागी भएका छन...

मधेशमा एक्लियो एमाले, कांग्रेस–मधेशी दल नजिकिँदै

काठमाडौं । विवादास्पद ढंगले प्रदेश सरकारको नेतृत्व सम्हालेसँगै एमाले मधेश प्रदेशमा एक्लो भएको छ।  यसअघि सत्ता सहयात्री रहेको नेपाली कांग्रेस मधेशी दलह...

ललितपुरमा योजनाबद्ध ‘दुर्घटना’ गरेर ११ लाख बराबरको सिक्री लुटपाट, एकजना पक्राउ

ललितपुर । ललितपुरमा योजनाबद्ध रूपमा स्कुटर दुर्घटना गराई ११ लाख रुपैयाँ बराबरको सुनको सिक्री लुटिएको खुलेको छ।  घटना असोज ५ गते राति करिब १२ बजे, जावल...

चार दलीय समाजवादी मोर्चाको यात्रा २८ महिनामै समाप्त

काठमाडौं । करिब २८ महिनाअघि समाजवादी क्रान्तिको आधार तयार पार्ने, राष्ट्रिय एजेन्डामा समान धारणा बनाउने र भविष्यमा पार्टी एकता गर्ने उद्देश्यले बनेको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending