Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

पढ्नेसँगै कमाउने कार्यक्रम चाहन्छन् विद्यार्थी

खबरडबली संवाददाता

कैलाली । कैलाश भट्ट सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत कृषि विषय अध्ययन गरिरहेका छन् । करिब पाँच वर्ष कृषि विज्ञान विषयको अध्ययन गरेका उनी यही साउन ७ गतेदेखि अन्तिम परीक्षाको तयारीमा छन् । पाँच वर्ष अध्ययनमा बिताएका उनी परीक्षा सकेपछि के गर्ने भन्ने अन्योलमा छन् । 

“कृषि तर्फबाट स्नातक तहसम्मको अध्ययन सकियो । नतिजा आउन समय लाग्ने हुँदा बिचको समय के गर्ने भन्ने योजना बन्न सकेको छैन ।” उनी भन्छन्, “विद्यार्थीलाई पढाइसँगै कमाउने वातावरण बनाउन सके कृषि प्राविधिक स्वदेशमै काम गर्ने वातावरण बन्न सके के गर्ने भन्ने सोच्नुपर्ने थिएन होला ।”

पढ्ने अनि सँगै कमाउने वातावरण विद्यार्थीका लागि भए कृषि क्षेत्रमा विद्यार्थीहरूको आकर्षण बढ्ने विद्यार्थी प्रमीला शर्मा बताउँछिन् । कृषिमा उत्पादन भएको जनशक्ति व्यवस्थापन हुन नसक्दा कृषिमा अवसर हुँदाहुँदै पनि त्यो अवसरका लागि हुन नसकेको उनको भनाइ छ । ‘झन्डै पाँच वर्ष हामी कृषि विषय अध्ययन गर्दछौँ, अध्ययन गर्दा समय र लगानी धेरै हुन्छ ।” उनले भनिन्, “सुदूरपश्चिम विश्वविद्यालयले आफ्ना विद्यार्थीहरूलाई पढ्दै कमाउने वातावरण बनाउनेतर्फ ध्यान दिनुपर्छ ।”

विद्यार्थी पार्वती ओली कृषि संकायका विद्यार्थीलाई सैद्धान्तिक ज्ञान पढाएर व्यवहारिक ज्ञान सिक्न यहाँका किसानसम्म जोड्नुपर्ने  बताउँछिन् । सैद्धान्तिक ज्ञानले विद्यार्थीको सिकाइ समयसापेक्ष नहुने जनाउँदै प्रयोगात्मक सिकाइको अभाव आफूहरूलाई महसुस भएको उनको भनाइ छ । “हामी चार वर्ष सैद्धान्तिक कुराहरू पढ्छौँ तर हामीलाई प्रयोगात्मक ज्ञान सिक्ने ठाउँ छैन,” उनले भनिन्,  “हामीले पढेको सिकाइ  र किसानको बारीमा गएर किसानबाट सिकेको कुरा  फरक हुने गरेको छ ।  त्यसैले हामीले प्रयोगात्मक सिकाइका लागि किसानकै बारीमा जाने वातावरण स्थानीय सरकार र सरोकारवालाले मिलाउन सक्नुपर्छ ।”

किसानलाई उद्यमशीलतातर्फ जोड्नुपर्नेमा जोड दिँदै अर्का विद्यार्थी दुर्गा बोगटीले वास्तविक किसानलाई सम्मानको खाँचो रहेको बताइन् । पाँच महिना प्रयोगात्मक सिकाइको लागि किसानसँग नजिक भएर अध्ययन गरेकी उनले वास्तविक किसान हरेक दृष्टिकोणले पछाडि रहेको बताइन् । “कृषि गर्नेलाई सम्मान छैन, अनुदान वास्तविक किसानले पाउँदैन, पाए पनि प्रक्रिया निकै झन्झटिलो छ, बजारको समस्या उस्तै छ,“ उनी भन्छिन्, “किसानले उत्पादन गरेको वस्तु बजारीकरणमा समस्या हुँदा उपभोक्ताले त्यसको मार खेप्नुपरेको देखिन्छ । स्थानीय सरकारले सहजीकरण गर्ने हो भने किसानहरूले उत्पादन गरेको वस्तुले राम्रो बजार पाउन सक्छ ।”

किसानहरूसँग जोडिएर आफूहरूले काम गर्न चाहेको विद्यार्थीहरूको भनाइ छ । उनीहरूले स्थानीय स्थानीय सरकारलाई निश्चित समयको लागी स्वयंसेवकको रूपमा रहेर काम गर्न तयार रहेको बताए । सैद्धान्तिक भन्दा शिक्षा पद्धति प्रयोगात्मक तिर केन्द्रित भए पढ्दै कमाउँदै गर्ने वातावरण सिर्जना हुनसक्ने विश्वास विद्यार्थीहरूको छ । “प्रयोगात्मक शिक्षाले सिकाइमा सहायताका साथै आफ्नो दैनिक खर्च व्यवस्थापन पनि हुनसक्छ, “विद्यार्थी नवीन भुसालले भने, “अध्ययनलाई उत्पादनसँग जोडन सकिएन भने आगामी दिनमा क्याम्पसहरूमा विद्यार्थी पाउन मुस्किल हुने स्थिति आउने देखिन्छ ।”

सुदूरपश्चिम विश्वविद्यालय  कृषि विज्ञापन संकायका प्रमुख सुशील न्यौपानेले कृषि क्षेत्रलाई व्यावसायिक बनाउन नसक्दा कृषिमा उत्पादन भएको जनशक्ति बाहिर जानुपर्ने बाध्यतामा रहेको बताए । उनले अवसरको खोजीमा भएकाहरूले सहजै अवसर नपाउँदा शिक्षाको औचित्य माथि प्रश्न उठेको जनाउँदै अहिले कृषिबाट उत्पादन भएको जनशक्ति पनि त्यहीँ स्थितिमा रहेको बताए । “देशभर वार्षिक दुई हजार दक्ष जनशक्ति कृषि क्षेत्रमा मात्रै उत्पादन हुने गरेको छ । त्यसमध्ये बढीमा एक सय जनाले स्वदेशमा कामको अवसर पाउँछन् होला,” उनले भने, “व्यावसायिक रूपमा सम्भावना नहुँदा आज विद्यार्थी उच्च शिक्षामा भन्दा विदेश जान बढी इच्छुक भइरहेका छन् ।”

टीकापुर बहुमुखी  क्याम्पस प्रमुख ढविन्द्रबहादुर रावलले कृषि क्षेत्रलाई  संस्कारको रूपमा विकास गर्न आवश्यक रहेको बताए । उनले बजारको आवश्यकता अनुसार कृषि उत्पादनले प्राथमिकता नपाएका कारण परनिर्भरता कायमै रहेको बताए । “सम्भावनासँग चुनौती जहाँ पनि हुन्छ । त्यो चुनौतीको सामना गर्न सक्यो भने त्यसबाट नतिजा पनि सकारात्मक आउँछ ।” क्याम्पस प्रमुख रावलले भने, “आत्मनिर्भर बन्नका लागि व्यावसायिक बन्न सक्नुपर्छ । अहिले पनि नेपालको कृषि क्षेत्र व्यावसायिक नबनेर परम्परागतमै सीमित छ ।”

सुदूरपश्चिम विश्वविद्यालय कृषि संकायले पुराना लोप हुन लागेका रैथाने जातका बालीको संरक्षणका लागि काम सुरु गरेको छ । संकायले केही रैथाने जातको खेतीको लागि अध्ययनको काम समेत सुरु गरेको बताएको छ । हाल कागुनु लगायत केही पुराना जातका बालीको परीक्षण कृषि संकाय गरिरहेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE