काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको न्यूरोडमा पुत्ला जलाइएको छ । न्यूरोड क्षेत्रको फुटपाथ विस्तारको विषयमा विवाद भएपछि स्थानीयले मेयर शाहको पुत्ला जलाएका हुन् ।
न्यूरोड क्षेत्रका स्थानीयबासी तथा व्यवसायीहरूले फुटपाथ विस्तारमा अवरोध गर्दै आइरहेका छन् । उच्च अदालत, पाटनले फुटपाथ विस्तार गर्न बाटो खोलिदिएपछि काठमाडौं महानगरपालिकाले बुधबारदेखि न्यूरोड क्षेत्रमा काम थालेको थियो । तर शुक्रबार बिहानैदेखि स्थानीय विरोधमा उभिए । स्थानीयको चाहना विपरीत बल प्रयोग गरेर फुटपाथ विस्तारको काम थालेको भन्दै उनीहरूले अवरोध गरेका छन् ।
स्थानीयबासी तथा व्यवसायीको विरोधमा महानगरपालिकाका–२२ नम्बरका वडाध्यक्ष चिनकाजी महर्जन समेत सहभागी थिए । मेयरविरुद्ध नाराबाजी गर्दै न्यूरोडमा प्रदर्शन गर्दा केहीबेर नगर प्रहरीसँग धकेलाधकेलको स्थिति भएको थियो ।
दिउँसोसम्म सडक नछाडेका उनीहरूले सडक खन्न ल्याएको डोजर चलाउनै दिएनन् । अपराह्न महानगरले डोजर चलाउने पुनः प्रयास गर्दा स्थानीयबासीसँगै २२ का वडाध्यक्ष महर्जन आफैं डोजरमाथि नै चढेर विरोध गरेका थिए ।
महानगरका अनुसार फुटपाथ विस्तार गर्न अघिल्लो आर्थिक वर्षमै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) गरेर आरोग्य साइटेक जेभीलाई ठेक्का लगाइएको थियो । तर सडक विभागले सहमति नदिएकाले लामो समय काम सुरु हुन सकेकाे थिएन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - २०:१४
पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...
पौष ५ गते, २०८२ - २०:०६
उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ। गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...
पौष ५ गते, २०८२ - २०:०४
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...
पौष ५ गते, २०८२ - १९:५७
काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...
पौष ५ गते, २०८२ - १९:४५
लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...
पौष ५ गते, २०८२ - १९:४२
बाँके । बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...
पौष ५ गते, २०८२ - १९:३८
अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...
पौष ५ गते, २०८२ - १९:३६
म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...
पौष ५ गते, २०८२ - १९:३३
कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...
पौष ५ गते, २०८२ - १९:३१
टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...




प्रतिकृया लेख्नुहोस्: