गुल्मी । गुल्मीको कालिगण्डकी गाउँपालिका–१ सिरकोटमा वर्षौँदेखि वनमाराले ढाकेको जग्गामा किसानले किबी खेती थालेका छन् । बाँझो ५४० रोपनी जग्गाको सदुपयोग गर्दै २३ कृषक मिलेर अहिले सामूहिक किवी खेती गरेका हुन् ।
वर्षौँदेखि बाँझो रहेको जग्गाको सदुपयोग गर्न ६ हजार ७०० बिरुवा रोपेर व्यावसायिक किवी खेती गरेको उन्नतिशील कृषि फलफूल तथा पशुपक्षी कृषक समूहका अध्यक्ष पदमपाणि पाण्डेले बताए । ‘यसबाट राम्रो आम्दामी लिन सकिन्छ भन्ने उद्देश्यका साथ समूह नै बनाएर सामूहिक किवी खेती गरेको उनको भनाइ छ। वर्षौँदेखि बाँझो रहेको जग्गामा अहिले किवी खेतीले हराभरा भएको र जग्गाको पनि सदुपयोग भएको समूहकी सदस्य तथा कृषक मनकुमारी रानाले बताइन् ।
सिँचाइ समस्या
किवी खेतीका लागि पहाडी भूभाग भएकाले सिँचाइको समस्या रहेको सो समूहका सदस्या तथा कृषक तिलक राना बताउँछन्। अहिले पहिलो पटक केही बिरुवाहरुले उत्पादन दिन थालेको बताउँदै भविष्यमा आफूहरूको पेन्सन नै किवी हुने उनको भनाइ छ।
ज्ञान केन्द्रको २८ लाख सहयोग
अहिले उक्त स्थानमा किवी खेतीका लागि पोल निर्माणका साथै ताजा तरकारी र साना सिँचाइका लागि २८ लाख रुपैयाँको काम भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए । पछिल्लो समयमा किवी खेतीबाट राम्रो अम्दामी हुने भएपछि किसान यसतर्फ आर्कषित भएको कृषि भण्डारीले बताए ।
६५ हेक्टर क्षेत्रफलमा किवी खेती
जिल्लामा ६५ हेक्टर क्षेत्रफलमा किवीका बिरुवा लगाइएको छ भने २० हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा लगाइएका बिरुवाले उत्पादन दिएको ज्ञान केन्द्रले जनाएको छ । २०६४ सालमा भार्सेका कृषकले संखुवासभाबाट किवीका बिरुवा ल्याएर लगाएकाले जिल्लामै पहिलो पटक भार्सेबाट किवी खेतीको सुरवात भएको मानिन्छ।
समुद्री सतहदेखि एक हजार २०० मिटरभन्दा माथिको भूभागमा किवी खेती हुन्छ । जिल्लामा एक हजार दुई सय मिटर माथिका भूभाग धेरै रहेकाले किवी खेतीका लागि राम्रो सम्भावना रहेको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ ।
जिल्लाको कालीगण्डकी, चन्द्रकोट, सत्यवती, मुसिकोट, रेसुङ्गा नगरपालिकालगायत जिल्लाका १२ वटै स्थानीय तह खेती गर्न योग्य मानिएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १४ गते, २०८३ - १०:१०
काठमाडौँ । कुनै समय चिठीपत्र आदानप्रदानको माध्यमका रूपमा परिचित हुलाक सेवा अब नयाँ स्वरूपमा परिवर्तन हुँदैछ । मोबाइल र इन्टरनेटको व्यापक प्रयोगसँगै पर...
श्रावण १४ गते, २०८३ - ०९:२५
झापा । दूध बिक्री गरेको रकम लामो समयसम्म नपाएपछि दमकका करिब दुई सय दुग्ध किसान आर्थिक समस्यामा परेका छन् । दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु ...
श्रावण १४ गते, २०८३ - ०९:१५
काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। बैठकमा अर्थसम्बन्धी विधेयक र शोक प्रस्ताव मुख्य कार्यसूचीमा रहेका छन...
श्रावण १४ गते, २०८३ - ०९:१३
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा झण्डाको विषयबाट सुरु भएको विवादपछि उत्पन्न तनाव अझै पूर्ण रूपमा साम्य हुन सकेको छैन। सुरक्षाक...
श्रावण १४ गते, २०८३ - ०९:०१
काठमाडौं । भारतीय नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार लाजिम्प...
श्रावण १४ गते, २०८३ - ०८:५६
काठमाडौं । निरन्तर वर्षासँगै पहिरो र बाढीको जोखिम बढेपछि देशका विभिन्न मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीले यात्रा अघि सडकको ...
श्रावण १४ गते, २०८३ - ०८:५२
काठमाडौं । कपिलवस्तुमा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। शिवराज नगरपालिका–५, दक्षिण रहटकोलमा गएराति भएको दुर्घटनामा अन्दाजी ४५ वर्षीय पुर...
श्रावण १४ गते, २०८३ - ०८:५०
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले साउन १४ गतेका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार ठूलो नेपाल...
श्रावण १४ गते, २०८३ - ०८:४५
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने आक्रमणप्रति ‘शून्य सहनशीलता’ को नीति दोहोर्याउँदै स्वास्थ्य सेवा प्रणालीला...
श्रावण १४ गते, २०८३ - ०८:३७
काठमाडौं । बागमती प्रदेशमा नयाँ सरकार गठनको चाबी अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को हातमा पुगेको छ। एमाले–नेकपा गठबन्धनले सरकारको नेतृत्व ...



प्रतिकृया लेख्नुहोस्: