काठमाडौं । नेकपा (एमाले) ले सुनसरीको देवानगञ्जमा भएको गोलीकाण्ड र त्यसपछि विकसित सुरक्षा अवस्थाप्रति सरकारको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकार शान्ति–सुरक्षा कायम गर्न र सम्भावित दंगा नियन्त्रण गर्न केन्द्रित हुनुपर्नेमा उल्टै त्रासको वातावरण सिर्जना गरिरहेको आरोप लगाइन्।
उनले सुनसरी घटनापछि सबै पक्ष, धार्मिक अभियन्ता तथा सरोकारवालालाई धैर्य, संयमता र शान्तिपूर्ण व्यवहार अपनाउन आग्रह गर्दै उत्तेजना, आवेग र प्रतिशोधबाट टाढा रहन आह्वान गरिन्।
प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको घटनालाई उल्लेख गर्दै अर्यालले सरकारको नैतिक जिम्मेवारीबारे प्रश्न उठाइन्। विगतमा यस्तै घटनामा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा तथा कानुनी कारबाहीको माग गर्नेहरू अहिले पनि त्यही मापदण्ड लागू गर्न तयार छन् कि छैनन् भन्ने प्रश्न उनले गरिन्।
देशका विभिन्न स्थानमा तनावपूर्ण अवस्था भइरहेका बेला प्रधानमन्त्री जनतामाझ नदेखिएको भन्दै उनले नेतृत्व संकटका बेला सक्रिय हुनुपर्ने धारणा राखिन्। प्रधानमन्त्रीको जिम्मेवारी सिंहदरबारमा सीमित नरही जनताको सुरक्षा र समस्यामा प्रत्यक्ष उपस्थित हुनुपर्ने उनको भनाइ थियो।
अर्यालले सरकारले शान्ति–सुरक्षा सुदृढ बनाउन प्रभावकारी कदम चाल्ने हो भने एमालेले आवश्यक सहयोग गर्न तयार रहेको पनि स्पष्ट पारिन्।
टीकापुर, गौर र नेपालगञ्जलगायत विगतका हिंसात्मक घटनाको स्मरण गर्दै उनले यस्ता घटनालाई समान दृष्टिकोणबाट हेरी कानुनको शासन र सामाजिक सद्भाव कायम गर्नुपर्नेमा जोड दिइन्।
साथै, जनतामा विश्वास र आशा जगाउने खालका योजना तथा प्रभावकारी कदम सरकारले अघि सारेमा विपक्षीका तर्फबाट पनि रचनात्मक सहयोग रहने उनको भनाइ थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १४ गते, २०८३ - १३:२२
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीको कप्तानगन्ज घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन्। बिह...
श्रावण १४ गते, २०८३ - १३:१८
काठमाडौँ। सरकारले स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेललाई नियुक्त गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले उनलाई निय...
श्रावण १४ गते, २०८३ - १२:५३
काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा एकैपटक सर्वोच्च शिखर सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई सम्मान गरिएको छ । सन् २०२६ को मे १४ म...
श्रावण १४ गते, २०८३ - १२:४३
काठमाडौं । स्मार्ट टेलिकम र एनसेलसँग सम्बन्धित अनुसन्धानका क्रममा व्यवसायी उपेन्द्र महतो प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) मा उपस्थित भएका ...
श्रावण १४ गते, २०८३ - १२:३४
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले सुनसरी घटनाको समाधान सुरक्षा बलको परिचालन मात्रबाट सम्भव नहुने बताउँदै ...
श्रावण १४ गते, २०८३ - १२:२६
काठमाडौं । सुनसरी घटनापछि उत्पन्न सुरक्षा अवस्थाको समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु भएको छ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बाल...
श्रावण १४ गते, २०८३ - १२:१६
काठमाडौं । आन्दोलनरत लघुवित्त पीडितसँग संवाद गरी समस्या समाधानको पहल गर्न अर्थ मन्त्रालयले वार्ता समिति गठन गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ल...
श्रावण १४ गते, २०८३ - १२:०९
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले मुलुकको वर्तमान परिस्थितिमा सरकार प्रभावकारी रूपमा प्रस्तुत हुन नसकेको आरोप लगाउँदै प्रधानमन्त्री र...
श्रावण १४ गते, २०८३ - १२:००
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले सुनसरीको कप्तानगन्जमा भएको घटनालाई लिएर सरकारको भूमिका र गृहमन्त्री सुधन गुरुङको अभिव्यक्तिमाथि प्रश्न उठाएको छ।...
श्रावण १४ गते, २०८३ - ११:४९
कास्की। पोखरा महानगरपालिकाले पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको अन्तिम नामावली यही साउन १८ गते सार्वज...



प्रतिकृया लेख्नुहोस्: