Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलसँग विश्वासको मत माग्ने

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलसँग विश्वासको मतका लागि अपिल गर्ने भएका छन् । साउन ६ गते आइतबार प्रधानमन्त्री ओलीले विश्वासको मत लिने तयारी गरेका छन् । 

त्यसका लागि संसद् सचिवालयमा बुधबार औपचारिक पत्र पठाएका ओलीले सबै दलसँग विश्वासको मत माग्ने तयारी भएको एमाले सांसद तथा सत्तारुढ दलका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । ‘हामी सबै दलसँग विश्वासको मत माग्छौँ’, बर्तौलाले भने, ‘प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दललाई मत दिनुस् भनेर आग्रह गर्छौं ।’

उनले पार्टी र नेताहरूलाई पत्र लेखेर मत माग्ने वा मौखिक रूपमा भेटेर भन्ने विषय छलफलकै क्रममा रहेपनि सार्वजनिक रूपमै अपिल गरिसकिएको बताए । ‘निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिएका दलहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत आग्रह गरेका छौँ’, बर्तौलाको भनाई छ । 

उनले माओवादी केन्द्रसहित प्रतिपक्ष दलहरूलाई पनि विश्वासको मतका लागि आग्रह गरिएको बताए । राष्ट्रिय सहमतिको सरकार गठन गर्ने भएकाले तेस्रो, चौथो र पाँचौँ दलले पनि सरकारलाई समर्थन गर्दा सकारात्मक सन्देश जाने भएकाले दलहरूले यसबारेमा सोच्नुपर्ने बताए । 

नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष समेत रहेका ओली असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएर ३१ गते शपथ ग्रहण गरेका थिए । प्रधानमन्त्रीमा दाबी गर्दा कांग्रेस र एमालेका १६६ सांसदको समर्थन देखाएका ओलीलाई जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्तिले विश्वासको मत दिने बताउँदै आएका छन् । त्यस्तै राप्रपा र उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल पनि विश्वासको मत दिन सकारात्मक देखिएका छन् । यद्यपि राप्रपाले कुनै निर्णय भने गरिसकेको छैन ।  कांग्रेस, एमाले, जसपा, जनमत, जसपा नेपाल र लोसपाका सांसदहरूको सङ्ख्या १८७ पुग्छ । २७५ सदस्यीय प्रतिनिधि सभामा दुई तिहाइका लागि १८४ सांसदको आवश्यकता पर्छ । 

माओवादी केन्द्र, रास्वपा र नेकपा एकीकृत समाजवादीले कांग्रेस एमालेको गठबन्धन मुलुकलाई प्रतिगमनतर्फ धकेल्ने योजनाअनुसार भएको भन्दै प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने बताउँदै आएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE