Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

स्वीट्जरल्याण्डका राजदूत र सभामुख घिमिरेबीच शिष्टाचार भेट

खबरडबली संवाददाता

काठमाडौं । सभामुख देवराज घिमिरेसँग बुधबार नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा. डेनियल म्यूली मोन्टेलियोनले शिष्टाचार भेट गरेका छन् । 

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा द्विपक्षीय हित, विकास सहयोग र संसदीय आदान प्रदानका विषयमा छलफल भएको छ । भेटमा सभामुख घिमिरेले सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भए पश्चात् नेपाल र स्वीट्जरल्याण्डबिचको सम्बन्ध मैत्रीपूर्ण तथा सौहार्दपूर्ण रहेको उल्लेख गरे । उनले नेपालले स्वीट्जरल्याण्डसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिँदै आएको बताए । 

नेपालको सङ्घीय संसदमा नेपाल–स्वीट्जरल्याण्ड संसदीय मैत्री समूह गठन भएको जानकारी दिँदै सभामुख घिमिरेले  मैत्री समूहको गठनबाट दुई देशबिचको संसदीय सम्बन्ध अझ मजबुत हुँदै दुई देशबिच संसदीय सहकार्यमा सहजता आउने विश्वास व्यक्त गरे । 

‘गत महिना नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले स्वीट्जरल्याण्डको भ्रमण गरेको गर्नुभएको छ, स्वीट्जरल्याण्डका राष्ट्रपति भियोला एमहर्डले पनि नेपाल आउने इच्छा राख्नुभएको सुनेको छु,’ सभामुख घिमिरेले भने, ‘उच्चस्तरीय भ्रमणले जनतासँगको सम्बन्धलाई बलियो बनाउन सहयोग पुग्नेछ ।’

सभामुख घिमिरेले कोभिड–१९ सङ्क्रमण र भूकम्पको समयमा मूल्यवान् सहयोग प्रदान गरेकोमा स्वीट्जरल्याण्ड सरकारको प्रशंसा गरे । नेपाल सन् २०२६ मा अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने क्रममा रहेकोले नेपाल सरकारले त्यसको तयारी गरिरहेको बताउँदै विकास साझेदारहरूबाट श्रोत–साधन, प्रविधि लगायत आर्थिक साझेदारीको अपेक्षा गरे । 

स्वीट्जरल्याण्डका राजदूत डा. डेनियलले विकास सहयोगको प्राथमिकतामा नेपाल रहेको बताउँदै दिगो शान्ति, स्थायित्व र विकासको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न आफ्नो मुलुक सहयोगी हुने बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ

रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् ।  मन्थलीस्थित उज...

सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने

कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...

महोत्तरीकाे एक सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...

बुटवल–गोरुसिङ्गे सडक आयोजना : नदीजन्य सामग्री अभावले काम प्रभावित

बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...

पर्यटकीय गन्तव्य बन्दै पूर्वी लमजुङको ‘राइनासकोट’

लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...

दुग्धजन्य उत्पादनमा शुल्कवृद्धि ‘अनुचित’

काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...

पाँच वर्ष बित्दा पनि व्यास–ऋषिङ जोड्ने सेती पुल अलपत्र

तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...

देउवा–ओली भेटघाटकाे रहस्य के हाेला ?

काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...

फागुन २१ मा निर्वाचन भएन भने देशमा गम्भीर माेडमा: पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...

ओली-लेखकलाई बयानकाे लागि पत्र पठाउने तयारीमा आयाेग

काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending