काठमाडौं । सभामुख देवराज घिमिरेसँग बुधबार नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा. डेनियल म्यूली मोन्टेलियोनले शिष्टाचार भेट गरेका छन् ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा द्विपक्षीय हित, विकास सहयोग र संसदीय आदान प्रदानका विषयमा छलफल भएको छ । भेटमा सभामुख घिमिरेले सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भए पश्चात् नेपाल र स्वीट्जरल्याण्डबिचको सम्बन्ध मैत्रीपूर्ण तथा सौहार्दपूर्ण रहेको उल्लेख गरे । उनले नेपालले स्वीट्जरल्याण्डसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिँदै आएको बताए ।
नेपालको सङ्घीय संसदमा नेपाल–स्वीट्जरल्याण्ड संसदीय मैत्री समूह गठन भएको जानकारी दिँदै सभामुख घिमिरेले मैत्री समूहको गठनबाट दुई देशबिचको संसदीय सम्बन्ध अझ मजबुत हुँदै दुई देशबिच संसदीय सहकार्यमा सहजता आउने विश्वास व्यक्त गरे ।
‘गत महिना नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले स्वीट्जरल्याण्डको भ्रमण गरेको गर्नुभएको छ, स्वीट्जरल्याण्डका राष्ट्रपति भियोला एमहर्डले पनि नेपाल आउने इच्छा राख्नुभएको सुनेको छु,’ सभामुख घिमिरेले भने, ‘उच्चस्तरीय भ्रमणले जनतासँगको सम्बन्धलाई बलियो बनाउन सहयोग पुग्नेछ ।’
सभामुख घिमिरेले कोभिड–१९ सङ्क्रमण र भूकम्पको समयमा मूल्यवान् सहयोग प्रदान गरेकोमा स्वीट्जरल्याण्ड सरकारको प्रशंसा गरे । नेपाल सन् २०२६ मा अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने क्रममा रहेकोले नेपाल सरकारले त्यसको तयारी गरिरहेको बताउँदै विकास साझेदारहरूबाट श्रोत–साधन, प्रविधि लगायत आर्थिक साझेदारीको अपेक्षा गरे ।
स्वीट्जरल्याण्डका राजदूत डा. डेनियलले विकास सहयोगको प्राथमिकतामा नेपाल रहेको बताउँदै दिगो शान्ति, स्थायित्व र विकासको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न आफ्नो मुलुक सहयोगी हुने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: