बाँके । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले आर्थिक वर्ष २०८०/०८१ को साउन महिनादेखि असार मसान्तसम्म दुई हजार ७०९ लगतमध्ये एक हजार ९३४ वटा मुद्दा फछ्र्याैट गरेर वार्षिक लक्ष्यको १०५ प्रतिशत प्रगति हासिल गरेको छ ।
उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका रजिष्ट्रार सरोज निधि वाग्लेका अनुसार सो अवधिमा जिम्मेवारीतर्फ एक हजार ५४ र नयाँ दर्तातर्फ ८८० गरेर एक हजार ९३४ मुद्दा फछ्र्यौट गरिएको छ भने ७७५ मुद्दा बाँकी रहेका छन् । उनले उच्च अदालतले वार्षिक लक्ष्य अनुसार १०५ प्रतिशत मुद्दा फछ्र्यौट गरिएको बताए ।
उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका मुख्य न्यायाधीश चन्द्रबहादुर सारुले अदालतले सन्तोषजनक रूपमा मुद्दा फछ्र्यौट गरेको जनाउँदै जनशक्ति, बजेट, प्रविधिको अभावका बाबजुद पनि न्याय दिने प्रयासमा धेरै सुधार गरिएको बताए ।
उनले यो उपलब्धि सामूहिक हातेमालोको नतिजा भएको जनाउँदै भविष्यमा पनि यसरी नै काम गर्नु पर्नेमा जोड दिए । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका न्यायाधीश एवं योजना तर्जुमा तथा कार्यान्वयन समितिका अध्यक्ष न्यायाधीश टङ्कप्रसाद गुरुङले लक्ष्य भन्दा बढी मुद्दा फछ्र्यौट गर्नु उपलब्धि भएको बताए ।
उच्च अदालत बार एसोसिएसन नेपालगन्जका अध्यक्ष चित्रबहादुर शाहीले आर्थिक वर्ष २०८०/०८१ मा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले राम्रो प्रगति गरेकोले धेरैले समयमै न्याय पाएको बताए । यसैगरी आर्थिक वर्ष २०८०/०८१ मा बाँके जिल्ला अदालतले ८२ प्रतिशत र बर्दिया जिल्ला अदालतले ९५ प्रतिशत मुद्दा फछ्र्यौट गरेको हो ।
सार्वजनिक गरिएको सो तथ्याङ्क अनुसार बाँके जिल्ला अदालतमा दर्ता भएका लगत सात हजार ६४७ मध्ये चार हजार २१५ मुद्दा फछ्र्यौट गरिएको छ भने तीन हजार ४३२ मुद्दा अझै बाँकी रहेका छन् । यस्तै बर्दिया जिल्ला अदालतमा दुई हजार ११३ मध्ये एक हजार ३१० मुद्दा फछ्र्याैट गरिएको र बाँकी मुद्दा ८०३ रहेको जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - २०:२३
काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...
पौष ६ गते, २०८२ - २०:२१
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...
पौष ६ गते, २०८२ - १९:५१
विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...
पौष ६ गते, २०८२ - १९:४३
काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...
पौष ६ गते, २०८२ - १९:३९
धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...
पौष ६ गते, २०८२ - १९:२८
काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...
पौष ६ गते, २०८२ - १९:२३
काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...
पौष ६ गते, २०८२ - १९:१७
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...
पौष ६ गते, २०८२ - १९:०९
काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...
पौष ६ गते, २०८२ - १८:१२
सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...




प्रतिकृया लेख्नुहोस्: