बाँके । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले आर्थिक वर्ष २०८०/०८१ को साउन महिनादेखि असार मसान्तसम्म दुई हजार ७०९ लगतमध्ये एक हजार ९३४ वटा मुद्दा फछ्र्याैट गरेर वार्षिक लक्ष्यको १०५ प्रतिशत प्रगति हासिल गरेको छ ।
उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका रजिष्ट्रार सरोज निधि वाग्लेका अनुसार सो अवधिमा जिम्मेवारीतर्फ एक हजार ५४ र नयाँ दर्तातर्फ ८८० गरेर एक हजार ९३४ मुद्दा फछ्र्यौट गरिएको छ भने ७७५ मुद्दा बाँकी रहेका छन् । उनले उच्च अदालतले वार्षिक लक्ष्य अनुसार १०५ प्रतिशत मुद्दा फछ्र्यौट गरिएको बताए ।
उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका मुख्य न्यायाधीश चन्द्रबहादुर सारुले अदालतले सन्तोषजनक रूपमा मुद्दा फछ्र्यौट गरेको जनाउँदै जनशक्ति, बजेट, प्रविधिको अभावका बाबजुद पनि न्याय दिने प्रयासमा धेरै सुधार गरिएको बताए ।
उनले यो उपलब्धि सामूहिक हातेमालोको नतिजा भएको जनाउँदै भविष्यमा पनि यसरी नै काम गर्नु पर्नेमा जोड दिए । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका न्यायाधीश एवं योजना तर्जुमा तथा कार्यान्वयन समितिका अध्यक्ष न्यायाधीश टङ्कप्रसाद गुरुङले लक्ष्य भन्दा बढी मुद्दा फछ्र्यौट गर्नु उपलब्धि भएको बताए ।
उच्च अदालत बार एसोसिएसन नेपालगन्जका अध्यक्ष चित्रबहादुर शाहीले आर्थिक वर्ष २०८०/०८१ मा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले राम्रो प्रगति गरेकोले धेरैले समयमै न्याय पाएको बताए । यसैगरी आर्थिक वर्ष २०८०/०८१ मा बाँके जिल्ला अदालतले ८२ प्रतिशत र बर्दिया जिल्ला अदालतले ९५ प्रतिशत मुद्दा फछ्र्यौट गरेको हो ।
सार्वजनिक गरिएको सो तथ्याङ्क अनुसार बाँके जिल्ला अदालतमा दर्ता भएका लगत सात हजार ६४७ मध्ये चार हजार २१५ मुद्दा फछ्र्यौट गरिएको छ भने तीन हजार ४३२ मुद्दा अझै बाँकी रहेका छन् । यस्तै बर्दिया जिल्ला अदालतमा दुई हजार ११३ मध्ये एक हजार ३१० मुद्दा फछ्र्याैट गरिएको र बाँकी मुद्दा ८०३ रहेको जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: