बुटवल । पानी पर्ने क्रम दैनिक बढेसँगै सर्पको बिगबिगी बढ्दै गएको छ । सबै जमिन पानीले भरिएसँगै सर्पले ओभानो स्थान खोज्दै घरगोठमा पस्न थालेपछि सर्प उद्धारकर्तालाई अहिले भ्याइनभ्याई भएको छ ।
रूपन्देहीको सैनामैना नगरपालिका –१० पानबारीका सर्प उद्धारकर्ता चेतबहादुर सारु ‘कान्छा’ लाई अहिले उद्धारका लागि फुर्सदै छैन । जब वर्षा मौसम आउँछ, अनि सारु कान्छाको व्यस्तता सुरु हुन्छ । वर्षाको मौसममा विषालु सर्पको बिगबिगी बढेको छ ।
गाउँघरमा विषालु सर्प देख्नेबित्तिकै मानिसहरु डराउने अवस्था छ । सर्प देख्नेबित्तिकै उद्धारका लागि रुपन्देहीको सैनामैना –१० झिमझिमियाका सारु सहयोगी मात्र होइन, सबैका प्रिय बन्नुभएको छ ।
सारु कान्छाले यो वर्षको गर्मीयाम सुरु भएपछिको असार महिना सकिनै लाग्दा तीन महिनाको अवधिमा ४० भन्दा बढी विषालु गोमन, करेत लगायतका सर्पको उद्धार गरेर जङ्गलमा छोडेको बताए ।
सर्प उद्धार गर्दा कसैले खुसी भएर दिएको पैसा सारु कान्छा आफैंले खर्च गर्नुहुन्न बरू क्यान्सरपीडित, सुत्केरी र बालबालिकाका लागि सहयोग गर्दै आउनुभएको छ । सर्प उद्धारकै क्रममा उनलाई गोमन सर्पले डसेको थियो तर उनी बाँचे ।
कान्छाले भने, ‘मरे मर्छु, तर यो काम छोड्दिन ।’ सर्प उद्धारकर्ताको रुपमा आफ्नो परिचय बनाएका सारुलाई गाउँघरमा सारु कान्छा भनेर धेरैले चिन्छन् । अहिले दैनिक पानी परिरहेकाले सर्पको बिगबिगी बढेको बेला चेतबहादुर बुटवल पश्चिम क्षेत्रका जनताका लागि वरदान सावित भएका छन् ।
उनले भने, “सर्प समात्नु निश्चय नै जीवनमाथिको ठूलो खेलवाड हो, सर्पले टोकिहालेमा ज्यानै जानसक्छ तर मेरो सानो सहयोगले अरुको भलाइ हुन्छ भने म जोखिम लिन तयार छु ।”
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकृत डा. नेत्र रानाले गर्मीयाम सुरु भए यता अस्पतालमा सर्पले टोकेर उपचार गर्न आउने बिरामीको सङ्ख्या बढिरहेको बताए। डा. रानाले हरेक दिन सर्पदंशका बिरामी अस्पताल आउनेगरेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - २१:४४
काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...
चैत्र १६ गते, २०८२ - २१:२१
सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...
चैत्र १६ गते, २०८२ - २१:२०
झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...
चैत्र १६ गते, २०८२ - २१:१७
धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...
चैत्र १६ गते, २०८२ - २१:१४
काठमाडौं । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअ...
चैत्र १६ गते, २०८२ - २१:०४
काठमाडौँ । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प...
चैत्र १६ गते, २०८२ - २०:३३
काठमाडाेैं । सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...
चैत्र १६ गते, २०८२ - २०:३०
काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...
चैत्र १६ गते, २०८२ - २०:२८
काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...
चैत्र १६ गते, २०८२ - १८:५१
काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...


प्रतिकृया लेख्नुहोस्: