बुटवल । पानी पर्ने क्रम दैनिक बढेसँगै सर्पको बिगबिगी बढ्दै गएको छ । सबै जमिन पानीले भरिएसँगै सर्पले ओभानो स्थान खोज्दै घरगोठमा पस्न थालेपछि सर्प उद्धारकर्तालाई अहिले भ्याइनभ्याई भएको छ ।
रूपन्देहीको सैनामैना नगरपालिका –१० पानबारीका सर्प उद्धारकर्ता चेतबहादुर सारु ‘कान्छा’ लाई अहिले उद्धारका लागि फुर्सदै छैन । जब वर्षा मौसम आउँछ, अनि सारु कान्छाको व्यस्तता सुरु हुन्छ । वर्षाको मौसममा विषालु सर्पको बिगबिगी बढेको छ ।
गाउँघरमा विषालु सर्प देख्नेबित्तिकै मानिसहरु डराउने अवस्था छ । सर्प देख्नेबित्तिकै उद्धारका लागि रुपन्देहीको सैनामैना –१० झिमझिमियाका सारु सहयोगी मात्र होइन, सबैका प्रिय बन्नुभएको छ ।
सारु कान्छाले यो वर्षको गर्मीयाम सुरु भएपछिको असार महिना सकिनै लाग्दा तीन महिनाको अवधिमा ४० भन्दा बढी विषालु गोमन, करेत लगायतका सर्पको उद्धार गरेर जङ्गलमा छोडेको बताए ।
सर्प उद्धार गर्दा कसैले खुसी भएर दिएको पैसा सारु कान्छा आफैंले खर्च गर्नुहुन्न बरू क्यान्सरपीडित, सुत्केरी र बालबालिकाका लागि सहयोग गर्दै आउनुभएको छ । सर्प उद्धारकै क्रममा उनलाई गोमन सर्पले डसेको थियो तर उनी बाँचे ।
कान्छाले भने, ‘मरे मर्छु, तर यो काम छोड्दिन ।’ सर्प उद्धारकर्ताको रुपमा आफ्नो परिचय बनाएका सारुलाई गाउँघरमा सारु कान्छा भनेर धेरैले चिन्छन् । अहिले दैनिक पानी परिरहेकाले सर्पको बिगबिगी बढेको बेला चेतबहादुर बुटवल पश्चिम क्षेत्रका जनताका लागि वरदान सावित भएका छन् ।
उनले भने, “सर्प समात्नु निश्चय नै जीवनमाथिको ठूलो खेलवाड हो, सर्पले टोकिहालेमा ज्यानै जानसक्छ तर मेरो सानो सहयोगले अरुको भलाइ हुन्छ भने म जोखिम लिन तयार छु ।”
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकृत डा. नेत्र रानाले गर्मीयाम सुरु भए यता अस्पतालमा सर्पले टोकेर उपचार गर्न आउने बिरामीको सङ्ख्या बढिरहेको बताए। डा. रानाले हरेक दिन सर्पदंशका बिरामी अस्पताल आउनेगरेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: