सिमकोट । किसानले उत्पादन गरेको नयाँ आलु बजारमा आएसँगै त्यसको मूल्य तेब्बरले वृद्धि भएको छ । पुरानो आलु सकिएको र नयाँ आलु बजारको मागभन्दा कम आउन थालेपछि आलुको मूल्य वृद्धि भएको हो ।
सिमकोट बजारमा उपभोक्ता उत्सव लामाले नयाँ आलु बजारमा आउन सुरु भएसँगै त्यसको मूल्यवृद्धि भएको बताए । हाल नयाँ आलुको मूल्य प्रतिकेजी एकसय ५० रुपियाँ पर्नेगरेको उनले बताए । जबकि पुरानो आलुको मूल्य प्रतिकेजी ४० रुपैयाँ पर्ने गर्थ्यो ।
उनले पुरानो सकिने र नयाँ उत्पादन हुने समयको मौका छोपेर आलुको मूल्य वृद्धि भएको बताए । यस वर्ष नयाँ आलुको उत्पादन पनि राम्रो नभएका कारण मागभन्दा कम आलु बजारमा आइरहेका कारण मूल्यवृद्धि भएको उनले बताए । ब्यावसायिक आलुखेती गर्दै आएका किसान जानपुरी भण्डारीले गाउँबाट तीन घण्टा पैदलै बोकेर ल्याएका कारण पनि आलुको मूल्य वृद्धि भएको बताए ।
उनले हालसम्म १० क्विन्टल आलु प्रतिकेजी एकसय ५० रुपियाँमा बिक्री गरेको र यो क्रम जारी रहेको बताए । उनले हालसम्म सबैभन्दा बढी मूल्यमा आलु बिक्री भएको बताउँदै खडेरीका कारण आलु उत्पादन पनि कम भएको बताए । उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामबहादुर भण्डारीले नयाँ आलु भर्खर आउन सुरु भएका कारण पनि मूल्य बढी भएको बताए ।
आलुको मूल्य वृद्धि भएका कारण किसान र तरकारी व्यापारीसँग छलफल गरिने उहाँले बताए । त्यसैगरी स्थानीय टमाटर पनि बजारमा आउन सुरु भएको छ । स्थानीय टमाटर प्रतिकेजी २५० रुपियाँ मूल्य निर्धारण गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: