ताप्लेजुङ । ताप्लेजुङबाट गत आर्थिक वर्षमा ४९ करोड रुपियाँ बढी रकम फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका अनुसार समयमा खर्च नभएकाले उक्त रकम केन्द्रीय खातामै फिर्ता भएको अर्थात् फ्रिज भएको हो ।
कोष तथा लेखा नियन्त्रक कार्यालयका कोष नियन्त्रक गणेशकुमार पोखरेलका अनुसार गएको आर्थिक वर्ष २०८०/८१ मा कुल ४९ करोड ९६ हजार ३२८ रुपियाँ रकम फ्रिज भएको छ । ताप्लेजुङका लागि प्रदेश तथा सङ्घीय सरकारले विनियोजन गरेको बजेटबाट उक्त बजेट फ्रिज भएको वा खर्च हुन नसकेको कोष नियन्त्रक पोखरेलले जानकारी दिए ।
गत आवको चालु बजेटतर्फ ३१ करोड ८८ लाख छ हजार १७३ रुपियाँ फ्रिज भएको प्रारम्भिक तथ्याङ्क रहेको पोखरेलले बताए । यस्तै पुँजीगत बजेटतर्फ १७ करोड २२ लाख ९० हजार १५५ रुपियाँ रकम खर्च नभएको अर्थात् फ्रिज भएको कोष नियन्त्रक पोखरेलले जानकारी दिए ।
कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार सङ्घ र प्रदेश दुवैतर्फ आव २०८०/८१ मा जिल्लाका लागि कूल पाँच अर्ब ६३ करोड ५० लाख ७५ हजार ४३८ रुपियाँ बजेट विनियोजन भएको थियो । उक्त बजेटमध्ये सङ्घतर्फ चार अर्ब ३९ करोड ५१ लाख ९१ हजार ८२६ रुपियाँ चालु र ६० करोड ११ लाख ३० हजार ५०४ रुपियाँ पुँजीगत रहेको थियो ।
त्यस्तै गत आवका लागि प्रदेशतर्फ चालु बजेट ४२ करोड ९७ लाख ५१ हजार १०८ रुपियाँ र पुँजीगत बजेट २० करोड ९० लाख दुई हजार रुपियाँ बजेट यस जिल्लाका लागि विनियोजन भएको थियो । यता स्थानीय तहहरूको पूर्ण खर्च विवरण आइनसकेकाले हालको प्रारम्भिक तथ्याङ्कमा केही तलमाथि हुन सक्ने कोष तथा लेखा नियन्त्रक कार्यालयका सह–लेखापाल नवीन खनालले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: