ताप्लेजुङ । ताप्लेजुङबाट गत आर्थिक वर्षमा ४९ करोड रुपियाँ बढी रकम फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका अनुसार समयमा खर्च नभएकाले उक्त रकम केन्द्रीय खातामै फिर्ता भएको अर्थात् फ्रिज भएको हो ।
कोष तथा लेखा नियन्त्रक कार्यालयका कोष नियन्त्रक गणेशकुमार पोखरेलका अनुसार गएको आर्थिक वर्ष २०८०/८१ मा कुल ४९ करोड ९६ हजार ३२८ रुपियाँ रकम फ्रिज भएको छ । ताप्लेजुङका लागि प्रदेश तथा सङ्घीय सरकारले विनियोजन गरेको बजेटबाट उक्त बजेट फ्रिज भएको वा खर्च हुन नसकेको कोष नियन्त्रक पोखरेलले जानकारी दिए ।
गत आवको चालु बजेटतर्फ ३१ करोड ८८ लाख छ हजार १७३ रुपियाँ फ्रिज भएको प्रारम्भिक तथ्याङ्क रहेको पोखरेलले बताए । यस्तै पुँजीगत बजेटतर्फ १७ करोड २२ लाख ९० हजार १५५ रुपियाँ रकम खर्च नभएको अर्थात् फ्रिज भएको कोष नियन्त्रक पोखरेलले जानकारी दिए ।
कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार सङ्घ र प्रदेश दुवैतर्फ आव २०८०/८१ मा जिल्लाका लागि कूल पाँच अर्ब ६३ करोड ५० लाख ७५ हजार ४३८ रुपियाँ बजेट विनियोजन भएको थियो । उक्त बजेटमध्ये सङ्घतर्फ चार अर्ब ३९ करोड ५१ लाख ९१ हजार ८२६ रुपियाँ चालु र ६० करोड ११ लाख ३० हजार ५०४ रुपियाँ पुँजीगत रहेको थियो ।
त्यस्तै गत आवका लागि प्रदेशतर्फ चालु बजेट ४२ करोड ९७ लाख ५१ हजार १०८ रुपियाँ र पुँजीगत बजेट २० करोड ९० लाख दुई हजार रुपियाँ बजेट यस जिल्लाका लागि विनियोजन भएको थियो । यता स्थानीय तहहरूको पूर्ण खर्च विवरण आइनसकेकाले हालको प्रारम्भिक तथ्याङ्कमा केही तलमाथि हुन सक्ने कोष तथा लेखा नियन्त्रक कार्यालयका सह–लेखापाल नवीन खनालले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - २०:०८
काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...
पौष १२ गते, २०८२ - १९:३४
कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...
पौष १२ गते, २०८२ - १९:२८
काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...
पौष १२ गते, २०८२ - १९:२३
काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...
पौष १२ गते, २०८२ - १९:१६
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...
पौष १२ गते, २०८२ - १९:०५
सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...
पौष १२ गते, २०८२ - १८:२३
काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...
पौष १२ गते, २०८२ - १८:२०
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...
पौष १२ गते, २०८२ - १८:१७
काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...
पौष १२ गते, २०८२ - १८:१४
टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...




प्रतिकृया लेख्नुहोस्: