बाँके । जिल्लाको जानकी गाउँपालिकाका महिला मानवबेचबिखन र लैङ्गिक हिंसाविरुद्ध गाउँबस्तीमा चेतना जागृतिमा क्रियाशील भएका छन् । जानकी–१ साइगाउँ, वडा नं ४ खजुराखुर्द र वडा नं ६ गनापुरका महिलाले सङ्गठित भएर मानव बेचबिखन र लैङ्गिक हिंसाविरुद्ध विविध गतिविधि सञ्चालन गर्दै आएका छन् ।
जानकी–४ नहरचोक निवासी देवीसरा ठकुरी भुजुवाले घरेलु हिंसाकै कारण महिला हिंसामा पर्दै आएकाले घरपरिवारमै चेतना जागृत गर्नुपर्ने बताइन । “गरिबी र अर्थाभावको फाइदा उठाएर महिलालाई ललाइफकाई गर्नेविरुद्ध सचेत हुन जरुरी छ”, देवीसारले भनिन्, “आर्थिक रूपमा कमजोर महिला, अभिभावकविहीन बालबालिकालाई दलालले आँखा लगाउन सक्छन् ।”
स्थानीय ज्ञानु स्वर्णकारले टोलबस्तीमा गठन भएका स्वावलम्बन समूहमा महिला दिदीबहिनीबीच मानव बेचबिखन र लैङ्गिक हिंसाका बारेमा छलफल र चेतना जगाउने गतिविधि हुँदै आएकाले अहिले सबै जागरुक हुँदै गएको बताइन । आइएनएफ बाँकेले सञ्चालन गरेको ‘मानव बेचबिखन र लैङ्गिक हिंसा अन्त्यका लागि समुदायमा हाम्रो प्रयास’ परियोजनामार्फत गठित स्वावलम्बन समूहमा महिला दिदीबहिनीले गाउँटोलका सामाजिक समस्या र मानवबेचबिखन, महिला हिंसालगायत विषयमा छलफल गर्दै आएका छन् ।
जानकी गाउँपालिका–६ कपासीकी गीता तिवारीले मानवबेचबिखन र लैङ्गिक हिंसाका बारेमा महिला दिदीबहिनी सचेत हुँदै गए पनि घटना कम गर्न नसकेको बताइन । मानव बेचबिखन तथा घरेलु हिंसाको प्रारम्भ आर्थिक कमजोरीका कारण हुने भएकाले आर्थिक रूपमा महिलालाई लाभ हुनेगरी स्थानीय सरकार र सामाजिक सङ्घसंस्थाले कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको माग छ ।
“पढेलेखेका, जानेबुझेका महिला दिदीबहिनी नै लैङ्गिक हिंसाको सिकार भइरहनुभएको छ”, उनले भनिन्, “लैङ्गिक हिंसालाई घरपरिवारको आन्तरिक मामिला ठान्ने परिपाटीले बाहिर आउन सकेको छैन ।”
जानकीको साईगाउँ, खजुराखुद्र्ध र गनापुरमा गठन भएका ३० स्वावलम्बन समूहमा आबद्ध करिब तीन सय महिलाले अहिले गाउँ समाजमा मानव बेचबिखन र लैङ्गिक हिंसाविरुद्ध आफू सचेत हुँदै समाजलाई सचेत बनाउन लागि परेका छन् । जानकी गाउँपालिका–६ गनापुर निवासी सञ्जु गडरियाले समूहमा आबद्ध भएपछि अहिले मानव बेचविखन हुने कारण, लैङ्गिक तथा घरेलु हिंसाका बारेमा जान्ने बुझ्ने अवसर पाएको बताइन ।
जानकी गाउँपालिका–४ का वडाध्यक्ष रमेशकुमार बर्माले समुदायस्तरमा आइएनएफले सञ्चालन गरेको परियोजनाले धेरै सकारात्मक काम गर्दै आएको बताउँदै स्थानीयवासीले सिकेका कुरालाई व्यवहारमा उतार्ने प्रयास गर्दै आएको बताए । उनले भने, “मधेसी समुदाय अझै पनि शिक्षा र चेतनाका हिसाबले पछाडि रहेकाले लैङ्गिक हिंसालगायत सामाजिक विकासमा पनि पछाडि परको छ ।”
आगामी आवका लागि मानव बेचबिखन र लैङ्गिक हिंसा अन्त्य गर्न स्थानीय सरकारको तर्फबाट पनि समन्वयमा कार्यक्रम प्रभावकारी बनाइने छ”, वडाध्यक्ष बर्माले भने । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: