Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

हतियार बोक्ने आन्दोलनकारीलाई गोली हान्न निर्देशन

\"terai\"काठमाडौं । गृह मन्त्रालयले संयमता अपनाउँदा आन्दोलन थप हिंसात्मक बन्दै गएको निष्कर्ष निकालेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ आपराधिक समूहको घुसपैठ बढ्दै गएको निष्कर्षसहित गृहले हतियारसहित आन्दोलनमा उत्रनेलाई गोली हान्न निर्देशन दिएको छ । आन्दोलनकारीमा घरेलु हतियार मात्र होइन, पेस्तोल र बन्दुक बोक्ने प्रवृत्ति बढ्दै गएको निष्कर्ष गृहको छ । शुक्रबार पनि बर्दियामा ड्युटीमा खटिएका प्रहरीको गोली हानेर हत्या भएको थियो । ‘लुकेर प्रहरीलाई गोली हान्नेहरू आन्दोलनकारी नभई अपराधीहरू हुन्,’ गृहका एक अधिकारीले भने, ‘यस्तो अवस्थामा प्रहरी संयम हुने अवस्था छैन, हतियार बोकेर आन्दोलनमा आउनेलाई अपराधीको रूपमा व्यवहार गर्न निर्देशन दिएका छौँ ।’ आन्दोलनमा आपराधिक गतिविधि बढ्दै गएको भन्दै गृहले कडा नीति लिन लागेको हो । ‘धेरै घटनामा आन्दोलनकारीले गोली हानेका छन्,’ प्रहरी प्रवक्ता डिआइजी कमलसिंह बमले भने, ‘त्यस्तो अवस्थामा प्रहरीले आपराधिक व्यक्तिहरूमाथि गर्ने रणनीति अपनाउनेछ ।’ गत मंगलबार वीरगन्जमा आन्दोलनकारीले ठाउँठाउँमा गोली चलाएको पर्सा प्रहरी प्रमुख एसपी दिवेश लोहनीले दाबी गरे । तराईका अन्य जिल्लामा पनि आन्दोलनकारीले प्रहरी बिट तथा सरकारी कार्यालय जलाउने गरेको प्रहरीले जनाएको छ । तराईको एक सशस्त्र समूहले विज्ञप्ति निकालेर प्रहरीविरुद्ध हतियारसहित आक्रमण गर्ने निर्देशन दिएको थियो । तराईका नेताहरूले सशस्त्र समूहसँग आन्दोलनमा सहकार्यका लागि वार्तासमेत गरेको प्रहरीले जनाएको छ । पश्चिम र मध्यतराईमा आन्दोलन थप हिंसात्मक बनाउने सूचनाका आधारमा सुरक्षा निकायले कडा नीति लिन लागेको हो । संघीयताको सीमांकनको विषयमा विगत २६ दिनदेखि भइरहेको आन्दोलनमा नौ प्रहरी, १५ आन्दोलनकारी, एक नाबालक र एक सर्वसाधारण गरी २६ जनाको मृत्यु भइसकेको छ । २१ दिनदेखि तराईका जिल्ला बन्द छन् । तराईका जिल्लामा थप प्रहरी प्रहरी प्रधान कार्यालयले तराईका जिल्लामा प्रहरी संख्या बढाउन थालेको छ । प्रहरी मुख्यालयमा कार्यरत करिब तीन सय प्रहरीलाई शुक्रबार तराईका जिल्लामा खटाइएको छ । थप पाँच सय प्रहरीलाई तराईमा पठाउन तयारी अवस्थामा राखिएको छ । प्रहरी प्रधान कार्यालय तथा उपत्यकाका गणमा कार्यरत तीन सय प्रहरीलाई मध्यक्षेत्रीय प्रहरी कार्यालयमा पठाइएको प्रहरी प्रवक्ता डिआइजी कमलसिंह बमले बताए । आवश्यकताअनुसार क्षेत्रले ती प्रहरीलाई विभिन्न जिल्लामा खटाउने मुख्यालयले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending