Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

हात्तीबाट जोगाउन साइरनको व्यवस्था

खबरडबली संवाददाता

बर्दिया । भारतको कर्तनियाघाट वनविहार र नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने अन्तर्राष्ट्रिय खाता जैविकमार्गको मध्वर्तीक्षेत्रका गाउँमा जङ्गली हात्तीबाट हुने धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले हात्ती आएको सूचना प्रवाह गर्न साइरन जडान गरिएको छ । 

हात्ती प्रवेश गर्ने मार्गमा जडान गरिएको विद्युतीय तारबार हात्तीले छुने बित्तिकै जोडसँग साइरन बज्ने प्रविधि निर्माण गरिएको छ । साइरन बज्ने भएका कारण स्थानीय हात्ती आएको जानकारीसँगै सुरक्षित हुने अवसर पाउँछन् । मधुवन नगरपालिका-३ स्थित सशस्त्र प्रहरी सीमा सुरक्षा बल भगरैया (विओपी) परिसरमा हात्ती लगायतका ठुला जनावरबाट हुने क्षति न्यूनीकरण गर्न विद्युतीय तारबारसहितको साइरन जडान गरिएको डिभिजन वन कार्यालयका प्रमुख प्रवीण विडारीले बताए । 

उनका अनुसार सम्झना सामुदायिक वन क्षेत्रमा जडान गरिएको विद्युतीय तारबारमा हात्तीको कुनै अङ्गले छोयो भने जोडसँग साइरन बज्ने भएकाले स्थानीयलाई सतर्क रहन मद्दत पुग्छ । साइरन बज्ने बित्तिकै सबै स्थानीय चनाखो हुने र सुरक्षित हुन ठुलो सहयोग पुग्दै आएको छ । खाता जैविकमार्ग क्षेत्रमा ३६ सामुदायिक र तीन धार्मिक गरी ३९ सामुदायिक वन छन् । त्यसअन्तर्गत पर्ने सम्झना र कमलपुर सामुदायिक वनमा एक हजार दुई सय ५० मिटर विद्युतीय तारबारमा साइरन फिट गरिएको खाता समन्वय समितिका अध्यक्ष हरि गुरुङ बताउँछन् । 

हात्ती आएको सूचना प्रवाह गर्न साइरन प्रभावकारी हुन्छ । यसै वर्षदेखि साइरन प्रविधि जडान भएकोले परीक्षणकै क्रममा रहने उनि बताउँछन । खाता जैविकमार्ग क्षेत्रमा हात्ती-मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि मधुवन-५ गाउँ नम्बर १० शक्तिपुरमा स्थानीयको बालीनाली हात्तीले क्षति पुर्‍याउने भएकाले त्यसलाई धपाउँदै क्षति न्यूनीकरण गर्न पक्की मचान निर्माण गरिएको छ । कोरिडोर भएका कारण सो क्षेत्रमा भारतबाट समेत बेलाबेलामाा हात्तीको झुन्ड आउने गरेका छन् ।

डिभिजन वन कार्यालयको छ लाख ५० हजार र स्थानीय जनश्रमदान ७२ हजार गरी कूल सात लाख २२ हजारको लागतमा तीन तले पक्की मचान निर्माण गरिएको कार्यालयले जनाएको छ । पछिल्लो समय राष्ट्रिय तथा सामुदायिक वनको हैसियत सप्रियपछि वन्यजन्तुको चहलपहल बढेको छ । जङ्गल क्षेत्रमा वन्यजन्तु बढेसँगै मानवीय द्वन्द पनि उत्कर्षमा पुगेको पाइन्छ । 

डिभिजन वन कार्यालयका सहायक वन अधिकृत द्रोणराज शर्माका अनुसार २०७० सालदेखि २०८१ असार अन्तिम सातासम्म वन क्षेत्रमा विभिन्न वन्यजन्तुको आक्रमणमा परी २१ व्यक्तिको मृत्यु भएको र ४९ जना घाइते भएका छन् भने दुई सय ८१ पशुधन क्षति भएको छ । त्यस्तै ४२ जनाको घरगोठ क्षति तथा तीन सय ५९ को अन्नबाली क्षति भएको डिभिजन वन कार्यालयको तथ्याङ्कमा छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE