बर्दिया । भारतको कर्तनियाघाट वनविहार र नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने अन्तर्राष्ट्रिय खाता जैविकमार्गको मध्वर्तीक्षेत्रका गाउँमा जङ्गली हात्तीबाट हुने धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले हात्ती आएको सूचना प्रवाह गर्न साइरन जडान गरिएको छ ।
हात्ती प्रवेश गर्ने मार्गमा जडान गरिएको विद्युतीय तारबार हात्तीले छुने बित्तिकै जोडसँग साइरन बज्ने प्रविधि निर्माण गरिएको छ । साइरन बज्ने भएका कारण स्थानीय हात्ती आएको जानकारीसँगै सुरक्षित हुने अवसर पाउँछन् । मधुवन नगरपालिका-३ स्थित सशस्त्र प्रहरी सीमा सुरक्षा बल भगरैया (विओपी) परिसरमा हात्ती लगायतका ठुला जनावरबाट हुने क्षति न्यूनीकरण गर्न विद्युतीय तारबारसहितको साइरन जडान गरिएको डिभिजन वन कार्यालयका प्रमुख प्रवीण विडारीले बताए ।
उनका अनुसार सम्झना सामुदायिक वन क्षेत्रमा जडान गरिएको विद्युतीय तारबारमा हात्तीको कुनै अङ्गले छोयो भने जोडसँग साइरन बज्ने भएकाले स्थानीयलाई सतर्क रहन मद्दत पुग्छ । साइरन बज्ने बित्तिकै सबै स्थानीय चनाखो हुने र सुरक्षित हुन ठुलो सहयोग पुग्दै आएको छ । खाता जैविकमार्ग क्षेत्रमा ३६ सामुदायिक र तीन धार्मिक गरी ३९ सामुदायिक वन छन् । त्यसअन्तर्गत पर्ने सम्झना र कमलपुर सामुदायिक वनमा एक हजार दुई सय ५० मिटर विद्युतीय तारबारमा साइरन फिट गरिएको खाता समन्वय समितिका अध्यक्ष हरि गुरुङ बताउँछन् ।
हात्ती आएको सूचना प्रवाह गर्न साइरन प्रभावकारी हुन्छ । यसै वर्षदेखि साइरन प्रविधि जडान भएकोले परीक्षणकै क्रममा रहने उनि बताउँछन । खाता जैविकमार्ग क्षेत्रमा हात्ती-मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि मधुवन-५ गाउँ नम्बर १० शक्तिपुरमा स्थानीयको बालीनाली हात्तीले क्षति पुर्याउने भएकाले त्यसलाई धपाउँदै क्षति न्यूनीकरण गर्न पक्की मचान निर्माण गरिएको छ । कोरिडोर भएका कारण सो क्षेत्रमा भारतबाट समेत बेलाबेलामाा हात्तीको झुन्ड आउने गरेका छन् ।
डिभिजन वन कार्यालयको छ लाख ५० हजार र स्थानीय जनश्रमदान ७२ हजार गरी कूल सात लाख २२ हजारको लागतमा तीन तले पक्की मचान निर्माण गरिएको कार्यालयले जनाएको छ । पछिल्लो समय राष्ट्रिय तथा सामुदायिक वनको हैसियत सप्रियपछि वन्यजन्तुको चहलपहल बढेको छ । जङ्गल क्षेत्रमा वन्यजन्तु बढेसँगै मानवीय द्वन्द पनि उत्कर्षमा पुगेको पाइन्छ ।
डिभिजन वन कार्यालयका सहायक वन अधिकृत द्रोणराज शर्माका अनुसार २०७० सालदेखि २०८१ असार अन्तिम सातासम्म वन क्षेत्रमा विभिन्न वन्यजन्तुको आक्रमणमा परी २१ व्यक्तिको मृत्यु भएको र ४९ जना घाइते भएका छन् भने दुई सय ८१ पशुधन क्षति भएको छ । त्यस्तै ४२ जनाको घरगोठ क्षति तथा तीन सय ५९ को अन्नबाली क्षति भएको डिभिजन वन कार्यालयको तथ्याङ्कमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: