कञ्चनपुरमा । कञ्चनपुरमा बाढीबाट प्रभावित १ हजार ११२ परिवारका ४ हजार १६५ जनालाई सुरक्षित स्थानमा सारिएको छ । जिल्लाका २ तिहाई भुभाग बाढीबाट प्रभावित भएको र वेदकोट नगरपालिका –७ अन्तर्गत पर्ने पूर्व–पश्चिम सडकखण्डको महेन्द्र राजमार्गको कलभर्ट भाँसिएर बाटो अवरुद्ध भएपछि आवतजावतमा समस्या भएको जिल्ला प्रसासन कार्यालयले जनाएको छ ।
अहिले महाकाली नदीमा २ लाख २० हजार क्युसेक पानी बगिरहेको छ । पानी रोकिएपछि पानीको मात्रा घट्नेक्रम जारी रहेको प्रमुख जिल्ला अधिकारी नारायनप्रसाद सापकोटाले बताए । सुरक्षा समितिको आकस्मिक बैठक बसी जिल्लामा राहत र उद्धारका लागि स्थानीय निकाय, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाल आर्मीलगायत सबैलाई आवश्यकता अनुसार खटिन निर्देशन भएबमोजिम उद्धार र राहातको काम भइरहेको छ ।
अधिकांश ठाउँमा बस्न उचो ठाउँ, विद्यालय, सार्वजनिक ठाउँहरु प्रयोग गरिएको छ भने खाना खुवाउने व्यवस्था पनि गरिएको प्रमुख जिल्ला अधिकारी सापकोटाले बताए । उनका अनुसार पानी निकास र उद्धारका लागि जिल्लामा १० भन्दा बढी जेसिबि प्रयोग गरिएको छ । दोधारा चाँदनी वडा –८ र ९ बढी प्रभावित भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार जिल्लाको दक्षिणी क्षेत्रमा बेलडाँडी गाउँपालिका –५, र २, बेलौरी नगरपालिका –१० का बासिन्दा डुवानमा परेका छन् ।
यस्तै, कञ्चनपुरमा ३ दिनदेखि परेको अबिरल बर्षासँगै खोला तथा नदीको सतह बढेका कारण ४ जनाको मृत्यु भएको छ । आज पुनर्वास नगरपालिका –५ नयाँ कटानका १५ वर्षीया लक्ष्मी बोगटी, १५ बर्षीया सिर्जना बोगटी र आरती बोगटी स्थानीय खोला तर्नेक्रममा बेपत्ता भएका थिए । लक्ष्मी र सिर्जनाको शव भेटिएको तथा आरतीको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जोशीले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: