Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

बागलुङमा पहिरोले छ परिवार विस्थापित, प्रहरी चौकी पुरियो

खबरडबली संवाददाता

बागलुङ । निरन्तर वर्षासँगै आएको पहिरोका कारण जिल्लामा छ परिवार विस्थापित भएका छन् । काठेखोला गाउँपालिका-६ को सुल्डाँडाबाट वडा नम्बर ८ लेखानी जाने सडक चक्ल्याउने क्रममा लगाइएको पर्खाल पहिरोले बगाउँदा वरपरका तीन परिवार विस्थापित भएका हुन् । 

उक्त स्थानमा नौ घर पहिरोको जोखिममा परेका छन् । सुल्डाँडा-खानी खण्डका विभिन्न ठाउँमा पहिरो खसेको छ । पहिरोका कारण स्थानीय रघुनाथ कँडेल, कृष्ण कँडेल र लक्ष्मी विकको परिवार विस्थापित भएका वडाध्यक्ष बृहस्पति कँडेलले जानकारी दिए । अहिले विस्थापित भीमसेन क्याम्पसमा बसिरहेका छन् । पहिरोमा परेका पशुचौपायालाई पनि सुरक्षित स्थानमा सारिएको उनले बताए । 

उनका अनुसार सोही ठाउँको टापुका ११ घर पनि पहिरोको उच्च जोखिममा रहेका छन् । “पहिरोले सिङ्गो बस्ती नै जोखिममा परेको छ, अहिलेसम्म विस्थापित भएका परिवारलाई भीमसेन क्याम्पससहित अन्य सुरक्षित स्थानमा सारेका छौँ, अझै धेरै घर पहिरोको उच्च जोखिममा परेका छन्”, वडाध्यक्ष कँडेलले भने, “मानवीय क्षति हुन नदिन तयारी अवस्थामा उद्धारका लागि खटिएका छौँ ।”

पहिरोले वडा नम्बर ८ को सिरिमपाटाकी गौमती सुनार, मीनप्रसाद पुन र लालबहादुर रोकाको परिवार पनि विस्थापित भएका वडाध्यक्ष कँडेलले जानकारी दिए । यस क्षेत्रका एक दर्जन घर पहिरोको जोखिममा छन् । दुई सातादेखि निरन्तर पहिरो खस्दा भुँदीखोलाको पक्की पुल जोखिममा परेको उनले बताए । काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले बस्ती जोगाउन मेसिनको प्रयोग गरेर पहिरो हटाउन पहल गरिएको बताए । 

निरन्तर वर्षाका कारण पहिरो नरोकिएको भन्दै जोखिममा परेका बस्तीबाट स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम गरिरहेको उनले जानकारी दिए । उनका अनुसार विस्थापित परिवारलाई गाउँपालिकाले तत्काल बासको व्यवस्थापन गरेको छ । “वर्षा रोकिएको छैन, पहिरो पनि निरन्तर खसिरहेकाले धेरै घर जोखिममा छन्, अहिले हामी उद्धार र स्थानान्तरणमा जुटेका छौँ । पहिरो पन्छाएर बस्ती जोगाउने प्रयास गरिरहेका छौँ, वर्षा नरोकिँदा अझै जोखिम बढ्ने सम्भावना छ”, अध्यक्ष थापाले भने, “घरमा बस्न जोखिम भएपछि केहीले छिमेकीको घरमा आश्रय लिनुभएको छ भने केहीलाई सुरक्षित स्थान खोजेर राख्न थालेका छौँ ।”

प्रहरी चौकी पुरियो 

अविरल वर्षाका कारण पहिराले जिल्लामा प्रहरी चौकी पुरिएको छ । दुई दिनदेखि निरन्तर परेको वर्षाले चौकी माथिदेखि पहिरो खस्दा पञ्चकोट प्रहरी चौकीको भवन पुरिएको हो । पहिरोले बागलुङ-६ सर्वसिद्धिधाम पञ्चकोट जाने बाटोमा बनाइएको सिढी र पर्खाल पनि भत्किएको छ ।

मानवीय क्षति नभए पनि चार कोठे भवनको तीन वटा कोठा पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । पञ्चकोट क्षेत्रको सुरक्षाका लागि मन्दिर व्यवस्थापनले चौकी निर्माण गरेको भन्दै उक्त भवन पहिराले भत्किएपछि अन्यत्र सार्ने तयारी भइरहेको छ ।

अहिले जिल्ला प्रहरी कार्यालयबाट १० जना र गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट १४ जनाको टोली घटनास्थल पुगेर उद्धार थालिएको प्रउ कँडेलले बताए । उक्त चौकीमा पाँच जना प्रहरी जवान बस्दै आएका थिए । प्रहरी उपरीक्षक कँडेलले भने, “अहिले पनि ठुलो पानी परिरहेको छ, पहिराले प्रहरी चौकी बगाएपछि यहाँ बस्दै आएका जवानलाई गण्डकी सभा हलमा व्यवस्थापन गरिएको छ । मानवीय क्षति नभए पनि भौतिक क्षति भएको छ ।” पहिराले पञ्चकोटमा निर्मित मन्दिरसहित अन्य संरचनामा क्षति पुर्‍याएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE