एजेन्सी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रसङ्घको महत्त्वपूर्ण साझेदारका रूपमा साङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को भूमिकालाई जोड दिँदै कठिन विश्वव्यापी परिस्थितिका बीच विश्वव्यापी एकताका लागि आग्रह गरेका छन् ।
राजधानी अस्तानामा आयोजित एससीओ शिखर सम्मेलनलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले विश्वव्यापी चुनौतिको समाधानका लागि व्यक्तिगत प्रयास भन्दा सामुहिक ऐक्यबद्धताको आवश्यकतामा जोड दिए । “यी विश्वव्यापी चुनौतिलाई कुनै पनि राष्ट्रको एकल पहलमा समाधान गर्न सकिँदैन,” उनले उग्र युद्ध, भूराजनीतिक विभाजन र दण्डहीनताको समस्यातिर औंल्याउँदै भने ।
महासचिवले विश्वव्यापी रूपमा दिगो विकास र मानव अधिकारको उपभोगका लागि शान्तिको वकालत गर्दै संयुक्त राष्ट्रसङ्घको बहुपक्षवादको केन्द्रीय भूमिकालाई उल्लेख गरे ।
उनले गाजा, युक्रेन र अफगानिस्तानजस्ता द्वन्द्व क्षेत्रमा तत्काल मानवीय युद्धविराम र समावेशी शासनका लागि आग्रह गरे ।
जलवायु सङ्कटलाई सम्बोधन गर्दै गुटेर्रेसले महत्त्वाकाङ्क्षी उत्सर्जन कटौती र जलवायु न्यायको आवश्यकतामा जोड दिँदै भने, “जलवायु परिस्थिति बिग्रिँदैछ, यसले पानी र खाद्य सुरक्षालाई खतरा पुर्याइरहेको छ र राजनीतिक अस्थिरतालाई बढावा दिइरहेको छ ।”
उनले विकसित देशहरूलाई जलवायु कार्यलाई समर्थन गर्न नवीन वित्तीय संयन्त्रहरू अवलम्बन गर्न आग्रह गरेका छन् । प्राविधिक क्षेत्रको अनियमित प्रयोगविरुद्ध चेतावनी दिँदै गुटेर्रेसले दिगो विकासका लागि आर्टिफसियल इन्टेलिजेन्स (एआई) को सम्भावनालाई प्रकाश पारे । उनले एआईसम्बन्धी नीतिहरूलाई आकार दिन समावेशी विश्वव्यापी सहभागिताको आवश्यकतामा जोड दिएका हुन् ।
विश्वव्यापी शासन संस्थाहरू पुरानो र समकालीन चुनौतिहरूलाई सम्बोधन गर्न अपर्याप्त भएको भन्दै महासचिव गुटेर्रेसले यसको सुधार आवश्यक रहेको बताए । उनले संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई सुधारको प्रस्ताव राख्दै आजको विश्वको वास्तविकतालाई प्रतिबिम्बित गर्ने नयाँ विश्वव्यापी एजेन्डा तयार गर्न वकालत गरेका छन् ।
गुटेरेसले आशावादी हुँदै आगामी सेप्टेम्बरमा हुने ‘फ्युचर’ शिखर सम्मेलनमा विश्व एकताको आह्वान गरेका छन् । “विश्व एकसाथ अगाडि बढ्नका लागि यो एउटा महत्त्वपूर्ण क्षण हो, उनले अन्तर्राष्ट्रिय सुधार र सहयोगको सन्दर्भमा महत्त्वपूर्ण छलफलका लागि विश्व नेताहरूलाई न्युयोर्कमा आमन्त्रित गर्दै बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - २०:१३
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ । मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...
पौष २ गते, २०८२ - २०:०७
बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...
पौष २ गते, २०८२ - २०:०४
काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...
पौष २ गते, २०८२ - १९:५६
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...
पौष २ गते, २०८२ - १९:१८
सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...
पौष २ गते, २०८२ - १९:१६
भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...
पौष २ गते, २०८२ - १९:१३
काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...
पौष २ गते, २०८२ - १९:१०
गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...
पौष २ गते, २०८२ - १८:१७
भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...
पौष २ गते, २०८२ - १८:१२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...




प्रतिकृया लेख्नुहोस्: