ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले आधारभूत तहमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । आधारभूत तहअन्तर्गत सामुदायिक विद्यालय, कक्षा ८ मा उत्कृष्ट नतिजा (जिपिए) ल्याउने विद्यार्थीलाई गाउँपालिकाले नगद पुरस्कारसहित सम्मान गरेको हो ।
पालिकाभरमा उत्कृष्ट नतिजा प्राप्त गर्ने तीनजना अर्थात प्रथम, द्वितीय र तृतीय हुनेलाई सम्मान गरिएको पाथीभरा याङ्वरक गाउँपालिका शिक्षा शाखाले जनाएको छ । शाखाका शिक्षा अधिकृत लासाङ तामाङका अनुसार पालिकाभरिबाट कक्षा ८ प्रथम हुने विद्यार्थीलाई १० हजार रुपियाँ नगदसहित सम्मान गरिएको छ । यस्तै द्वितीय र तृतीय हुनेलाई क्रमशः आठ हजार र छ हजार रुपियाँ नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरिएको तामाङले जानकारी दिए ।
पढाइप्रति प्रेरित साथै थप प्रोत्साहित गर्न आधारभूत तहमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाले बताए । अध्यक्ष सुब्बाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको योजनाअन्तर्गत विद्यार्थीलाई सम्मान गरिएको बताए ।
शैक्षिक गुणस्तर सुधारलगायतका विषयमा छलफल गर्न र यसवर्षको एसईईमा प्राप्त भएको नतिजाबारे समीक्षा गर्न पालिकाभित्रका माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुसहितको बैठक पनि सम्पन्न गरिएको शिक्षा शाखाले जनाएको छ । आगामी दिनमा एसईई नतिजा साथै पालिकाभित्रको शैक्षिक गुणस्तर सुधार गर्न खेल्नुपर्ने भूमिका र आवश्यक योजनाबारे बैठकमा छलफल भएको गाउँपालिकाले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - २०:०८
काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...
पौष १२ गते, २०८२ - १९:३४
कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...
पौष १२ गते, २०८२ - १९:२८
काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...
पौष १२ गते, २०८२ - १९:२३
काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...
पौष १२ गते, २०८२ - १९:१६
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...
पौष १२ गते, २०८२ - १९:०५
सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...
पौष १२ गते, २०८२ - १८:२३
काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...
पौष १२ गते, २०८२ - १८:२०
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...
पौष १२ गते, २०८२ - १८:१७
काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...
पौष १२ गते, २०८२ - १८:१४
टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...




प्रतिकृया लेख्नुहोस्: