काठमाडाैं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको आगामी नेतृत्व सहमतिमै टुंग्याउने प्रयास गरिने बताएका छन् । दसौँ राष्ट्रिय महाधिवेशनबारे जानकारी गराउन शनिबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले पार्टी नेतृत्व सहमतिमै टुंगियोस् भन्ने कार्यकर्ताको चाहना रहेकाले त्यसैको प्रयास गरिने बताएका हुन् ।
पार्टीका दस्ताबेजहरू पनि सहमतिमै टुंगिएकाले नेतृत्व पनि सहमतिमै टुंगिने नेपालको विश्वास छ । ‘केन्द्रीय कमिटीमा सबै दस्ताबेजमाथि व्यापक छलफल गर्यौँ । राजनीतिक प्रतिवेदन, समाजवादी क्रान्तिको कार्यक्रम, संगठनात्मक प्रस्ताव र विधान गरी सर्वसम्मत रूपमा चारवटै दस्ताबेज पारित पनि भएका छन्,’ उनले भने, ‘सहमतिका साथ दस्ताबेज पारित गरियो भन्ने सुनेपछि कार्यकर्ताको उत्साहको लहर चलेको छ । अब पार्टीको नेतृत्व पनि सहमतिका साथ टुंगो लगाइयोस् भन्ने चाहना हामीले सुनिरहेका छौँ ।’
दसौँ महाधिवशन कम्युनिस्ट आन्दोलनमा कोशेढुंगा बन्ने विश्वास व्यक्त गर्दै उनले महाधिवेशनबाट नेपाली विशेषतामा आधारित समाजवाद कस्तो हुने भन्ने टुंगो लगाइने बताए ।
‘सानो पार्टी हुन्छ, थोरै पदले काम चल्छ । पार्टी ठूलो हुँदै जान्छ, धेरै पदको आवश्यकता पर्छ । यसरी बुझे पनि भयो । त्यसो हुनाले पदको विषयलाई अन्य हिसाबले लिन जरुरी छैन’, उनले भने । एकीकृत समाजवादीले हालै सम्मानित नेता र वरिष्ठ उपाध्यक्ष पद थपेर पदाधिकारी संख्या थप गरेर २१ बनाएको छ । अध्यक्ष नेपालले महाधिवेशन नजिकिएपछि नेताहरुले गरेको भेटघाट र छलफललाई सामान्य रुपमा लिनुपर्ने बताए ।
‘कोही रेष्टुरामा जान्छन्, कोही होटलमा जान्छन् । छलफल गर्छन्, चिया खान्छन् । भेटघाट हुन्छ । यत्रा कार्यकर्ता छन् हामी कहाँ । देशभरिका कार्यकर्ता आउँदा त झन् ज्यादा होटलका होटलहरु पनि भरिएका होला’, उनले भने ।
भेटघाट र छलफल भए पनि गुटबन्दी हुन नहुने अध्यक्ष नेपालले बताए । गुटबन्दीकै कारण कम्युनिस्ट पार्टीले धेरै ठूलो धक्का खाएको भन्दै उनले भने, ‘हामी महाधिवेशनलाई एकतावद्ध भएर सम्पन्न गर्ने संकल्प गरेका छौं । नेता, कार्यकर्ताहरु त्यही दिशामा अघि बढिरहनुभएको छ ।’
महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको पनि उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: