Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

काठमाडौं वल्ड स्कुलमा असारे मेला: रमाए कक्षा ११ मा पढ्ने विद्यार्थी

खबरडबली संवाददाता

भक्तपुर । काठमाडौं वल्र्ड स्कुल गुण्डु भक्तपुरले शनिबार स्कुलमा असारे मेला ओपन हाउस २०२४ गरेको छ । कार्यक्रममा कक्षा ११ मा भर्ना हुने विद्यार्थी रमाए । 

स्कुल रहेको जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुमा विद्यार्थी विहान ११ बजेदेखि दिनभर रमाएका थिए । साँंझ भएको सांगितिक कार्यक्रममा अत्याधिक विद्यार्थीको उपस्थिति थियो । त्यसमा विद्यार्थी झुमेका थिए ।  

स्कुलकोबारेमा अभिभाबक तथा विद्यार्थीलाई जानकारी दिने उद्देश्यले कार्यक्रम गरेको जनाइयो । अझ विशेष गरेर एसइई उतीर्ण विद्यार्थी र उनका अभिभावकहरुलाई स्कुलको शिक्षाबारे जानकारी दिने उद्देश्यका साथ कार्यक्रम गरेको जनाइयो । 

कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था थियो । कार्यक्रममा क्रममा विभिन्न स्टलहरु रहेका थिए । त्यहाँं स्कुलले दिने सवै प्रकारका सेवाबारे अवलोकनकर्ताहरुलाई जानकारी दिइएको थियो । आफूहरुले जीवनमा आइपर्ने अनेक समस्या समाधान गर्नसक्ने गरी जीवन बुझाउने शिक्षा दिइरहेको स्कुलको भनाई थियो । 

त्यहाँं खेल तथा मनोरञ्जनात्मक कार्यक्रम पनि थियो । विद्यार्थीहरु विभिन्न खेलहरुमा रमाएका थिए । स्कुलको कक्षाकोठादेखि अन्य सेवासुविधा तथा भौतिक संरचना देखाउन तथा मनारञ्जन दिलाउन कार्यक्रमको आयोजना गरिएको जनाइयो ।

कार्यक्रममा काठमाडौं, ललितपुर, भक्तपुरसहित उपत्यका बाहिरका विभिन्न जिल्लाका विद्यार्थीहरु सहभागी भएको बताइयो । कार्यक्रममा सहभागी हुन इच्छुक विद्यार्थीलाई स्कुलले निःशुल्क बसको व्यवस्था गरेको थियो । काठमाडौंको विभिन्न ठाउँंहरुबाट विद्यार्थीलाई ल्याउने लैजाने व्यवस्था स्कुलले मिलाएको थियो ।  

कार्यक्रममा सहभागी हुन आएकी एकजना विद्यार्थीले स्कुलको भौतिक संरचना राम्रो लागेको बताइन् । उनले यहाँंका भव्य भौतिक संरचनाले आफूलाई आकर्षित बनाएको बताइन् । ठूलो क्षेत्रफलमा फैलिएको स्कुल शान्त वातावरणमा छ । 

स्कुल भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुमा रहेको छ । यो ठाउँं अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक चोकबाट करिव दुई किलोमिटर दक्षिण गुण्डु चोक जाने बाटैमा रहेको छ । यहाँं पुग्न कालोपत्रेसहितको फराकिलो बाटो छ । ठूलो क्षेत्रफलमा फैलिएको यो ठाउँंमा स्कुलका दर्जनौ भव्य भबनहरु रहेका छन् । 

स्कुलमा विज्ञान र व्यवस्थापन संकायमा सिमिति सिटमा विद्यार्थी भर्ना लिइन्छ । यहाँं सुविधासम्पन्न स्विमिंग पुलसहितको होस्टेलको पनि व्यवस्था रहेको छ । स्कुल चौधरी ग्रुपको लगानीमा सञ्चालित छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE