काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानका विभिन्न विभागका प्राध्यापक र विद्यार्थीहरुसँग विज्ञान प्रविधि तथा नवप्रवर्तन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र व्यवहारिक विज्ञान प्रविधि तथा उद्योमोदय कोषसम्बन्धी विधेयकको मस्यौदामा छलफल गरेको छ ।
विपि कोइराला विज्ञान संग्रहालय कीर्तिपुरमा आज सम्पन्न कार्यक्रममा त्रिवि रसायनशास्त्र केन्द्रीय विभाग, कम्प्युटर विज्ञान केन्द्रीय विभाग, भौतिकशास्त्र केन्द्रीय विभाग, गणितशास्त्र केन्द्रीय विभाग, जैविक प्रविधि केन्द्रीय विभाग, तथ्याङ्कशास्त्र केन्द्रीय विभाग, वातावरण विज्ञान केन्द्रीय विभाग, वनस्पति विज्ञान केन्द्रीय विभाग, प्राणीशास्त्र केन्द्रीय विभाग, माइक्रोबायोलोजी केन्द्रीय विभागलगायतका विभागबाट प्रतिनिधित्व भएको थियो ।
सो अवसरमा दुवै ऐनबारे भएका सैद्धान्तिक व्यवस्थाका विषयमा केन्द्रित भइ मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीलगायतले प्रस्तुतीकरण गरेका थिए । छलफलमा भाग लिँदै सहभागीहरुले विश्वविद्यालयभित्र हुने अनुसन्धानलाई विधेयकले प्राथमिकीरण र लगानी बढाउनुपर्ने, अनुसन्धानकर्ताको मनोबल उच्च गराउन राज्यले भूमिका खेल्नुपर्ने, अनुसन्धानमा हुने प्रक्रियागत झन्झटलाई कम गर्नुपर्नेमा जोड दिए ।
सहभागीहरुले नेपालका विभिन्न मौलिक जैविक पदार्थ अनुगमनबिना बाहिर जाने गरेको उल्लेख गर्दै नियन्त्रण हुनुपर्ने धारणा राखे । कार्यक्रममा मन्त्रालयका सह–सचिव इन्दु विक्रम जोशीले हाल नेपालमा विज्ञान प्रविधिको प्रवद्र्धनका लागि एसटीआई गनर्भेन्स तथा लगानीका लागि एसटीआई फन्ड आवश्यक भएको विधेयकको आवश्यकता भएको धारणा व्यक्त गरे ।
मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीले विज्ञान प्रविधि र नवप्रवर्तनसँग सम्बन्धित विधेयक र प्रविधि उद्योमोदय कोषसँग सम्बन्धित विधेयकहरु दुवैले विश्वविद्यालयका अनुसन्धानकर्तालाई प्रमुख प्राथमिकतामा राखेको बताए । “अनुसन्धानहरुले देशको आर्थिक विकासमा टेवा पुर्याउने किसिमले देखिने गरी प्रभाव बढाउन आवश्यक रहेको र मन्त्रालयले विज्ञान प्रविधिको समग्रता समेट्ने किसिमको विधेयकको प्रारम्भिक मस्यौदा मात्र निर्माण गरी सरोकारवालाहरुको सुझाव समेट्छौँ”, उनले भने ।
सुझावका लागि दुवै विधेयकको मस्यौदा मन्त्रालयको वेवसाइटमा पनि सार्वजनिक गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले दुवै विधेयकका मस्यौदामा सरोकारवालाको सुझावअनुसार मस्यौदा संशोधन गरेर मन्त्रिपरिषदमा लैजाने तैयारी गरेकाे जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - २०:११
उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...
पौष १३ गते, २०८२ - २०:०७
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ । निर्वाचन आयोगका सहसचिव एवम...
पौष १३ गते, २०८२ - १९:५४
मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ । हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...
पौष १३ गते, २०८२ - १९:५०
बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...
पौष १३ गते, २०८२ - १९:४३
झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ । स्थानीय दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...
पौष १३ गते, २०८२ - १९:४०
काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् । सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...
पौष १३ गते, २०८२ - १९:३६
बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...
पौष १३ गते, २०८२ - १९:३४
उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...
पौष १३ गते, २०८२ - १९:३१
काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...
पौष १३ गते, २०८२ - १९:२२
काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...




प्रतिकृया लेख्नुहोस्: