Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

आधुनिक प्रविधिको प्रयोग गरी धान उत्पादन गरिँदै

खबरडबली संवाददाता

कञ्चनपुर । आधुनिक प्रविधिको प्रयोगरी धान उत्पादन बढाउन प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाअन्तर्गत कञ्चनपुरमा अनुदानका कार्यक्रम सञ्चालन गरिएका छन् । परियोजना कार्यान्वयन इकाइको समन्वयमा चक्लाबन्दीमा मेसिनको प्रयोग गरी आधुनिक प्रविधिमार्फत धानखेतीका साथै धानको बीउ उत्पादन गर्न थालिएको हो । 

इकाइका कार्यालयका प्रमुख सन्जु रिमालका अनुसार ध्रुवतारा सामुदायिक विकास कृषि सहकारी संस्थाले शुक्लाफाँटा नगरपालिका–१० मा र माता भगवती कृषि सहकारी संस्थाले भीमदत्त नगरपालिका–१२, १४ र १६ मा कार्यक्रम सञ्चालन गरेका छन् । दुवै सहकारीले १५/१५ हेक्टर क्षेत्रफलमा मेसिनको प्रयोग गरी आधुनिक प्रविधिबाट धानखेती गर्न सहजीकरण गरिरहेका उनको भनाइ छ । 

प्लास्टिको ट्रेमा धानको बेर्ना तयार गरी दुवै सहकारीमा आबद्ध किसानले पहिलो पटक धान रोप्ने मेसिनको प्रयोग गरी रोपाइँ गरिरहेका प्रमुख रिमालले बताइन् । “धान रोप्दा लाग्ने लागत खर्चमा कमी ल्याउन मेसिनको प्रयोगलाई प्राथमिकता दिएका छौँ”, उनले भनिन्, “सहकारीमा आबद्ध किसानलाई आवश्यक बीउ, विषादी, सुक्ष्म खाद्यतत्व, जाईम, धान रोप्ने मेसिन, पावर टिलर, मिनी टिलर, पावर टिलरमा लाग्ने रिपर, पावर टिलरको हिले चक्कालगायत सामग्रीमा अनुदानको व्यवस्था गरी उपलब्ध गराएका छौँ ।”

योसँगै कम्बाईन मिल, पेडल थ्रेसर, म्यानुअल, सिँचाइ बोरिङ, ईलेक्ट्रिक स्प्रेयर, माटो चाल्ने मेसिन, मेसिनबाट धान रोपाइँसम्बन्धी तालिम तथा बेर्ना तयारीका लागि आवश्यक फ्रेम, प्लाष्टिकलागायत सामग्रीमा अनुदान सहयोग उपलब्ध गराइएको रिमालले जानकारी दिइन् । उनका अनुसार धु्रवतारा सहकारीलाई परियोजनाका तर्फबाट रु ११ लाख ४३ हजार छ सय २५ अनुदान उपलब्ध गराइएको छ भने सहकारीले रु १० लाख ७७ हजार छ सय २५ रकममा सहकार्य गरेको छ । 

भगवती सहकारीलाई परियोजनाका तर्फबाट रु ११ लाख ९२ हजार छ सय ८८ र सहकारीले रु ११ लाख छ हजार नौ सय ३८ रकम लगानी गरेको छ । मेसिनबाट धान रोपाइँ प्रदर्शन कार्यक्रमअन्तर्गत भीमदत्त–६, ११, १५, १७ र वेदकोट नगरपालिका–९ मा एक/एक हेक्टर क्षेत्रफलका १० प्लटमा पाँच वटा चारपाङ्ग्रे मेसिनको सहताले धान रोपाइँ भइरहेको कार्यालय प्रमुख रिमालले जानकारी दिइन् । 

वेदकोट–३, ४, १० को एक/एक र कृष्णपुर नगरपालिका–१ को दुई स्थानमा गरी पाँच स्थानमा छरुवा प्रविधिमार्फत धानखेती भइरहेको छ । स्वदेशी हाईब्रिड धान जातीय प्रदर्शन कार्यक्रमअन्तर्गत भीमदत्त–१०, १७, १८, १९, वेदकोट–३, कृष्णपुर–१, बेलडाँडी गाउँपालिकामा–२, बेलौरी नगरपालिका–८, पुनर्वास नगरपालिका–३ र ८ मा  १/१ हेक्टर क्षेत्रफलको कूल १० वटा प्लटमा हर्दिनाथ हाईब्रिड–एक धान रोपिएको छ ।

“मसिनो तथा बास्नादार धानको बजारमा अत्यधिक माग छ । स्थानीयस्तरमा उत्पादन नहुँदा बाह्य क्षेत्रबाट आयात गर्नुपर्ने बाध्यता छ”, कार्यालय प्रमुख रिमालले भनिन्, “भीमदत्त–६, ९ र ११ मा एक/एक, वडा नं १० मा चार र वेदकोट–१, बेलौरी नगरपालिका–६ र शुक्लाफाँटा नगरपालिका–४ मा एक/एक वटागरी कूल १० स्थानमा एक/एक हेक्टर क्षेत्रफलको प्लटमा हर्दिनाथ हाईब्रिड–१, हर्दिनाथ–६, युएस–३०५, एमपि–३०३० जातका खेती गर्न किसानलाई अनुदान उपलब्ध गराइएको छ ।” 

कार्यक्रमअन्तर्गत किसानलाई ८५ प्रतिशत अनुदानमा धानको बीउ, विषादी, सुक्ष्म खाद्यतत्व, जाईम, स्प्रेयर, सुपरग्रेन ब्याग, मेसिनबाट रोपाइँका लागि मेसिन अपरेटर, छरुवा धानखेतीअन्तर्गत डिएपी मललगायत कृषि सामग्री उपलब्ध गराइएको उनको भनाइ छ । 

भीमदत्त–१६ स्थित रत्न कृषि बहुउद्देश्यीय सहकारी संस्थाले करिब १५ हेक्टर क्षेत्रफलमा मेसिनबाट धान रोपाइँका लागि करिब तीन हजार चार सय ट्रेमा धानको बेर्ना तयारी गरिएको छ । शुक्लाफाँटा–१० को कञ्चन कृषि वस्तु उत्पादन सङ्कलन तथा प्रशोधन केन्द्रसँग करिब १५ हेक्टर क्षेत्रफलमा धानको सामुदायिक नर्सरी स्थापनाका लागि सम्झौता गरिएको प्रमुख रिमालले जानकारी दिइन् । “यसका लागि बेर्ना तयार गरी धान रोपाइँ अगाडि बढाइएको छ”, उनले भनिन् । 

धान बीउ उत्पादन सहयोग कार्यक्रमअन्तर्गत एक सय हेक्टर क्षेत्रफलमा उत्पादन गर्न बीउ उत्पादन प्रशोधन तथा बजारीकरण कार्यमा संलग्न तीन सहकारी संस्था र दुई बीउ कम्पनीसँग सम्झौता गरी बीउ उत्पादन थालिएको कार्यालय प्रमुख रिमालले बताइन् । उनका अनुसार सोका लागि सम्झौता अनुसार रु ८ लाख बजेट उपलब्ध गराइएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE