Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

कालीगण्डकी नदीमाथिको मोटरेबल पुलको काम अन्तिम चरणमा

खबरडबली संवाददाता

तनहुँ । तनहुँको घिरिङ गाउँपालिका-१ र पाल्पाको रामपुर नगरपालिका-१ स्थित कालीगण्डकी नदीमाथि मोटरेबल पुल निर्माण अन्तिम चरणमा पुगेको छ । नदीसँग जोडिएका कार्य पूर्ण रूपमा सकिएको छ भने माथिल्लो भागका निर्माण भइरहेको छ । 

कालीगण्डकी नदी मोटरेबल पुल पुट्टारघाट (तनहुँ-पाल्पा) उपभोक्ता समिति अध्यक्ष विष्णुभक्त सिग्देलले  नदीमा पानीको सतह बढेर आए पनि काम गर्न सकिने जानकारी दिए । हालसम्म ९० प्रतिशत काम सकिएको उनले जानकारी दिए । सडकसँग पुल जोड्ने, रेलिङ हाल्ने र अन्तिम चरणको काम बाँकी रहेको उनले बताए । नदीसँग जोडिएको संरचनाका काम सकिएको र बाँकी भएका काम तीव्र गतिमा भइरहेको उनले बताए । उनले भने, “आगामी मङ्सिर, पुसमा सहजरुपमा स्थानीयलाई यात्रा गर्ने वातावरण बनाउन प्रयासरत छौँ ।”

वि.सं.२०७३ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट बजेट प्राप्त भएपछि कालीगण्डकी नदीमाथि पुल निर्माण थालिएको हो । पुल निर्माणले अब स्याङ्जाको घुमाउरो बाटोबाट पाल्पा पुग्नुपर्ने बाध्यता हट्ने भएपछि यहाँका स्थानीय हर्षित भएका छन् । “देशकै नमुनाको रूपमा डबल ल्याण्डको युनिक पुल निर्माण भइरहेको छ, यहाँ पुल निर्माण हुन थालेसँगै आम नागरिकमा खुसी छाएको छ, यहाँ बनेको मोटरेबल पुलले तराई र पहाडतर्फ जान सहज हुनेछ”, अध्यक्ष सिग्देलले भने । 

पुल अभावले विगतमा भोग्दै आएको सास्तीको समाधान गर्ने र दुई प्रदेशका ग्रामीण क्षेत्रलाई जोड्ने उद्देश्यले यहाँका स्थानीयको पटक-पटकको प्रयासले मोटरेबल पुल निर्माण गरिएको छ । “नितान्त स्थानीयको प्रयासले कालीगण्डकी नदीमाथिको मोटरेबल पुल निर्माणले सफलता पाएको छ”, अध्यक्ष सिग्देलले भने, “यहाँ बनेको पुलले तनहुँका ग्रामीण क्षेत्रमा ठुलो विपद् आइपरेमा जिल्लाको सहयोगको मात्र नभई प्रदेश राजधानी पोखराबाट पनि सहजरुपमा सहयोग लिन सकिनेछ ।”

घिरिङमा बाढी, पहिरो, आगलागीजस्ता विपद् आइपरेको खण्डमा सदरमुकामबाट सहजरुपमा सहयोग पुग्न नसकेको अवस्थामा पनि प्रदेश राजधानी पोखरा, रामपुर, तराई क्षेत्रबाट सहजरुपमा सहयोग पाउन सक्नेछ । वर्षायाममा खहरे खोलामा बाढी आएको अवस्थामासमेत पुलमार्फत अन्यत्र आवतजावत गर्न सकिनेमा स्थानीय विश्वस्त छन् । डबल ल्याण्डको पुल दुई सय १० मिटर लम्बाइको बन्नेछ । वि.सं.२०७३ असार ३ मा शर्मा युनाइटेड विल्डर्स, रमन जेभीले २४ करोड ७९ लाख ७९ हजार एक सय २५ मा ठेक्का सम्झौता गरेको छ । हालसम्म उक्त पुल निर्माणका लागि दुई पटक म्याद थप गरिएको छ । 

वि.सं.२०८१ पुस मसान्तसम्ममा ठेकेदार कम्पनीले उक्त मोटरेबल पुल निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । हालसम्म पुलको ढलान, जडानलगायतका कार्य भइरहेको छ । वर्षायामसँगै आउने बाढीपहिराले स्याङ्जा हुँदै पाल्पा पुग्नुपर्ने बाध्यता हट्ने भएपछि खुसी लागेको दानबहादुर शाहीले बताए । उनले भने, “पुल बनेपछि सवारीबाट मात्र नभई हिँडेर भए पनि पाल्पा पुग्न र आउन भ्याइन्छ, बाटो घुमाउरो पनि पर्दैन, यो पुल बन्दै गर्दा हामीलाई खुसी दिलाएको छ ।” स्याङ्जाको बाटो भएर पाल्पा जाने क्रममा पनि खोलामा पुल नहुँदा यात्रामा समस्या आउने गरेको थियो ।

यहाँ मोटरेबल पुल निर्माणपछि भने चार जिल्लाका स्थानीय प्रत्यक्ष लाभान्वित हुने छन् । गण्डकी प्रदेशको ग्रामीण क्षेत्र मानिने तनहुँको घिरिङ र लुम्बिनी प्रदेशको पाल्पाको रामपुर जोड्ने उद्देश्यले पुल निर्माण गरिएको हो । यो पुल कालीगण्डकी कोरिडोरसँग सिधा जोडिन्छ । यहाँ पुल निर्माणपछि यात्राको दूरी कम हुँदा ग्रामीण क्षेत्रका स्थानीयलाई सेवा प्रवाहमा सहज हुनेछ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘सीमान्तकृत महिलाहरु यौन तथा प्रजनन स्वास्थ्य अधिकारबाट बञ्चित’

काठमाडौँ । एक अध्ययन प्रतिवेदनले सीमान्तकृत महिलाहरु यौन तथा प्रजनन स्वास्थ्य अधिकारबाट बञ्चित रहेको उजागर गरेको छ । नेपाली समाजको छायाँमा रहेर बाँ...

उदयपुरमा नालीमा डुबेर दुई वर्षे एक नाबलककाे मृत्यु

उदयपुर । उदयपुरकाे त्रियुगा नगरपालिका-३ मा घर छेउकाे नालीमा डुबेर दुई वर्षकाे एक नाबलककाे मृत्यु भएकाे छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका इन्पेक्ट...

जर्मनीको औद्योगिक उत्पादनमा अप्रत्याशित वृद्धि, अर्थतन्त्रमा सकारात्मक सङ्केत

जर्मनी । जर्मनीको औद्योगिक उत्पादन अक्टोबरमा अप्रत्याशित रूपमा बढेको छ । फेडरल तथ्याङ्क संस्था डेस्टाटिसका प्रारम्भिक तथ्याङ्कअनुसार, कारखाना उत्पा...

थाइल्यान्ड-क्याम्बोडियाबिच तिव्र सीमा विवादः थाइल्यान्डद्वारा हवाई आक्रमण

बैंकक । थाइल्यान्डले सोमबार आफ्नो छिमेकी क्याम्बोडियामा हवाई आक्रमण सुरु गरेको छ । दुबै पक्षले सीमा विवादका कारण एकअर्कामाथि आरोप-प्रत्यारोप जारी राखे...

राप्ती र नारायणी नदीमा घडियाल गणना तथा अनुगमन सुरु

चितवन । राप्ती र नारायणी नदीमा घडियाल गोही गणना तथा अनुमगन सुरु गरिएको छ । आइतबारदेखि गणनाको कार्य सुरु गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अध...

श्रीलङ्ककाको अवस्था सामान्य बन्दै

श्रीलंका । विनासकारी चक्रवातले नित्याएको भारी वर्षा पछि हाल देश भरका सबै जलाशयको जलस्तर निरन्तर सामान्य हुँदै गएको श्रीलङ्काको सिँचाइ विभागले सोमबार ज...

सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु

काठमाडाैँ । सुडानको दक्षिण कोर्डोफान राज्यको कालोगी क्षेत्रमा बिहीबार भएको आक्रमणमा मृत्यु हुनेकाे सङ्ख्या ११४ पुगेको राज्य सरकारले आइतबार जनाएको छ, ज...

नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा : स्वास्थ्यमन्त्री

पर्सा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको उच्च प्राथमिकतामा रहेको बताएकी छन् । मन्त्री ग...

एमालेको ११ औँ महाधिवेशनको तयारी तीव्र

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको सल्लाघारीमा अस्थायी संरचना निर्माण तीव्र पारिएको छ ।  महाधिवेशन ...

एमालेमा ओलीको नेतृत्व रह्यो भने कम्युनिस्ट आन्दोलन नै समाप्त हुन्छ: कर्ण थापा

काठमाडौं । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य कर्णबहादुर थापाले पार्टीको स्थापित सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) र मार्क्सवादविपरीत केपी शर्मा ओल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending