Khabar Dabali १५ श्रावण २०८३ शुक्रबार | 31st July, 2026 Fri
Investment bank

सिजन लागे सँगै आँपको मूल्य घट्दा गाेलभेँडाकाे मूल्या उकालाे लाग्दै

खबरडबली संवाददाता

काठमाडौं । आँपको मूल्य एक महिनामै किलोमा १३८ रुपैयाँले घटेको छ । वाणिज्य विभागको जेठ २०८१ को मूल्य विश्लेषण प्रतिवेदन अनुसार आँपको मूल्य किलोमा २३३.३३ रुपैयाँबाट ९५ रुपैयाँमा झरेको छ ।

आँपको सिजन सुरु नहुँदै बजारमा आउने उत्पादनले चर्को मूल्य लिने गरेको पाइएको छ ।

प्रतिवेदन अनुसार आँप (मालदह) को ६ जेठको मूल्य प्रतिकिलो २३३.३३ रुपैयाँ रहेको रेकर्ड छ । यो कालिमाटी फलफूल तथा तकारी बजार व्यवस्थापन समितिले पठाएको मूल्यका आधारमा विभागले विश्लेषण गरेको हो ।

जेठ १३  मा मालदह आँपको मूल्य प्रतिकिलो २१० रुपैयाँमा झरेको थियो । जेठ २०  मा मालदह आँपको मूल्य ११० रुपैयाँमा झरेको छ । २७ जेठमा आइपुग्दा मालदहको मूल्य ९५ रुपैयाँमा झरेको विभागको विश्लेषणमा देखिएको छ ।

एक महिनामा आँपको औसत मूल्य प्रतिकिलो १६२.०८ रुपैयाँ रहेको छ ।  दसहरी आँपको मूल्य  जेठ ६ गते प्रतिकिलो १७० रुपैयाँ थियो । जेठ १३  मा १७० नै कायम रहेको दसहरी आँपको मूल्य जेठ २० मा ११० मा झरेको थियो । २७ जेठमा आइपुग्दा ९५ रुपैयाँमा झरेको प्रतिवेदनमा छ ।

कलकत्ते आँप जेठ ६  मा १७० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको थियो । १३ जेठमा सोही मूल्य कायम थियो । जेठ २०  मा ११० रुपैयाँमा झरेको कलकत्ते आँपको मूल्य २७ जेठमा आउँदा ९५ रुपैयाँमा झरेको प्रतिवेदनमा छ ।

जेठ महिनामा मूल्यमा तीव्र परिवर्तन हुने वस्तुमा मालदह र दसहरी आँप अगाडि छन् । यी दुई वस्तुको मूल्यमा क्रमशः ५९.२९ र ५४।७६ प्रतिशतको परिवर्तन रहेको छ ।

जेठ महिनामा उच्च मूल्य परिवर्तन भएका वस्तुमा भने गोलभेँडा सानो (लोकल) सबैभन्दा अगाडि छ ।

जेठ ६  मा ५५ रुपैयाँ प्रतिकिलो रहेको गोलभेँडाको मूल्य जेठ २७ मा ३७.३३ रुपैयाँमा झरेको थियो । यो ६७.८७ प्रतिशतको परिवर्तन हो ।

हरियो धनिया ६ जेठमा ३२६ रुपैयाँमा कारोबार भएको थियो । जुन जेठ २७ मा पुग्दा २१६ रुपैयाँमा झरेको थियो । यो ६६.३३ प्रतिशतको उतारचढाव हो ।

स्थिर मूल्य भएका तरकारी र फलफुलमा आलु रातो प्रतिकिलो ४७, तने बोडी ९५ रुपैयाँ, मकै बोडी ९५ रुपैयाँ, मटरकोसा १७० र पाकेको फर्सी ४० रुपैयाँ रहेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फैसलापछि बाँकी रहेको सन्नाटा (काल्पनिक कथा)

रमेशको विवाह २०५९ सालको जेठ महिनामा भएको थियो। विवाहका सुरुवाती दिनहरू सामान्य थिए। नयाँ घर, नयाँ जिम्मेवारी र भविष्यका अनेक सपना लिएर उसले वैवाहिक जी...

राष्ट्रलाई सम्बोधनपछि राष्ट्रपति भेट्न पुगे प्रधानमन्त्री बालेन

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि बिहीबार शीतल निवास पुगेका छन्। प्रधानमन्त्री नियुक्त भएको करि...

हिंसा भड्काउनेमाथि कडा कारबाही हुने प्रधानमन्त्री बालेनको घोषणा

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत क्षेत्रमा भएका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, ...

दिनभर सडकमा प्रदर्शनपछि गणेश यादवको शव धरान लगियो

सिरहा । सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रत...

तीजमा नाच्न बाध्य बनाउने ‘अक्षरा’को गीत ‘नाचौँ बरिलै’ सार्वजनिक

काठमाडौँ । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’ को तीज विशेष गीत ‘नाचौँ बरिलै’ सार्वजनिक गरिएको छ। निर्माण टिमले काठमाडौंमा पत्...

कर्फ्युपछि सुनसान जनकपुर, सडकमा प्रहरीको कडा निगरानी

धनुषा । सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेस प्रदेशका विभिन्न जिल्लामा तनाव बढ्दै जाँदा जनकपुरधाममा पनि कर्फ्यु लागू गरिएको छ। कर्फ्यु...

ग्यास अभाव होइन, सिलिन्डर साट्ने चाप बढेको हो: ग्यास उद्योग संघ

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले बजारमा खाना पकाउने ग्यासको वास्तविक अभाव नरहेको दाबी गरेको छ। संघका अध्यक्ष दिवानबहादुर चन्दले ग्यासको आयात न...

ग्यास छैन कि वितरण बिग्रियो ? बजारमा हाहाकारबीच निगमको यस्तो दाबी

काठमाडौँ । राजधानीसहित देशका विभिन्न स्थानमा खाना पकाउने एलपीजी ग्यास पाउन उपभोक्ताले सास्ती व्यहोर्नुपरेको छ। ग्यास लिन हप्तौँसम्म कुर्नुपर्ने, खाली ...

चिठी बोक्ने हुलाक अब स्मार्ट बन्दै, राहदानीदेखि प्रमाणपत्रसम्म घरमै पुग्ने

काठमाडौँ । कुनै समय चिठीपत्र आदानप्रदानको माध्यमका रूपमा परिचित हुलाक सेवा अब नयाँ स्वरूपमा परिवर्तन हुँदैछ । मोबाइल र इन्टरनेटको व्यापक प्रयोगसँगै पर...

दूधको लाखौँ भुक्तानी रोकिँदा किसानको चुलोदेखि गोठसम्म समस्या

झापा । दूध बिक्री गरेको रकम लामो समयसम्म नपाएपछि दमकका करिब दुई सय दुग्ध किसान आर्थिक समस्यामा परेका छन् । दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending