काठमाडौं । आँपको मूल्य एक महिनामै किलोमा १३८ रुपैयाँले घटेको छ । वाणिज्य विभागको जेठ २०८१ को मूल्य विश्लेषण प्रतिवेदन अनुसार आँपको मूल्य किलोमा २३३.३३ रुपैयाँबाट ९५ रुपैयाँमा झरेको छ ।
आँपको सिजन सुरु नहुँदै बजारमा आउने उत्पादनले चर्को मूल्य लिने गरेको पाइएको छ ।
प्रतिवेदन अनुसार आँप (मालदह) को ६ जेठको मूल्य प्रतिकिलो २३३.३३ रुपैयाँ रहेको रेकर्ड छ । यो कालिमाटी फलफूल तथा तकारी बजार व्यवस्थापन समितिले पठाएको मूल्यका आधारमा विभागले विश्लेषण गरेको हो ।
जेठ १३ मा मालदह आँपको मूल्य प्रतिकिलो २१० रुपैयाँमा झरेको थियो । जेठ २० मा मालदह आँपको मूल्य ११० रुपैयाँमा झरेको छ । २७ जेठमा आइपुग्दा मालदहको मूल्य ९५ रुपैयाँमा झरेको विभागको विश्लेषणमा देखिएको छ ।
एक महिनामा आँपको औसत मूल्य प्रतिकिलो १६२.०८ रुपैयाँ रहेको छ । दसहरी आँपको मूल्य जेठ ६ गते प्रतिकिलो १७० रुपैयाँ थियो । जेठ १३ मा १७० नै कायम रहेको दसहरी आँपको मूल्य जेठ २० मा ११० मा झरेको थियो । २७ जेठमा आइपुग्दा ९५ रुपैयाँमा झरेको प्रतिवेदनमा छ ।
कलकत्ते आँप जेठ ६ मा १७० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको थियो । १३ जेठमा सोही मूल्य कायम थियो । जेठ २० मा ११० रुपैयाँमा झरेको कलकत्ते आँपको मूल्य २७ जेठमा आउँदा ९५ रुपैयाँमा झरेको प्रतिवेदनमा छ ।
जेठ महिनामा मूल्यमा तीव्र परिवर्तन हुने वस्तुमा मालदह र दसहरी आँप अगाडि छन् । यी दुई वस्तुको मूल्यमा क्रमशः ५९.२९ र ५४।७६ प्रतिशतको परिवर्तन रहेको छ ।
जेठ महिनामा उच्च मूल्य परिवर्तन भएका वस्तुमा भने गोलभेँडा सानो (लोकल) सबैभन्दा अगाडि छ ।
जेठ ६ मा ५५ रुपैयाँ प्रतिकिलो रहेको गोलभेँडाको मूल्य जेठ २७ मा ३७.३३ रुपैयाँमा झरेको थियो । यो ६७.८७ प्रतिशतको परिवर्तन हो ।
हरियो धनिया ६ जेठमा ३२६ रुपैयाँमा कारोबार भएको थियो । जुन जेठ २७ मा पुग्दा २१६ रुपैयाँमा झरेको थियो । यो ६६.३३ प्रतिशतको उतारचढाव हो ।
स्थिर मूल्य भएका तरकारी र फलफुलमा आलु रातो प्रतिकिलो ४७, तने बोडी ९५ रुपैयाँ, मकै बोडी ९५ रुपैयाँ, मटरकोसा १७० र पाकेको फर्सी ४० रुपैयाँ रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: