Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

तपस्वी बम्जनविरुद्ध थप पाँचवटा मुद्दा अघि बढाउँदै प्रहरी

खबरडबली संवाददाता

काठमाडौं । आफूलाई तपस्वी दाबी गर्दै आएका रामबहादुर बम्जन बालयौन दुरुपयोगमा दोषी ठहर भएका छन् । उनीमाथि अझ अरु मुद्दामा पनि अनुसन्धान अघि बढाउने प्रहरीको तयारी छ ।

पीडितले २०७३ सालमा आश्रममा रहेको बेला आफूलाई बलात्कार गरेको भन्दै प्रहरीमा परेको जाहेरी र अनुसन्धानपछि दोषी ठहर भएका बम्जविरुद्ध सिन्धुली र बारालगायत जिल्लामा पनि अनुसन्धान हुने भएको हो ।

आफूलाई ‘लिटिल बुद्ध’ बताउने बम्जनमाथि उनका सिन्धुली, बारा र सिन्धुपाल्चोक आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौनहिंसा गरेको आरोप छ । बम्जनविरुद्ध थप पाँच परिवारको उजुरी छ । त्यसमाथि अनुसन्धान अघि बढ्ने भएको हो ।

आश्रममा बस्दै आएका तीन युवती र दुई युवालाई बेपत्ता पारेको आरोपमा उनीविरुद्ध विभिन्न प्रहरी कार्यालयमा दर्ता भएको उजुरीमाथि अनुसन्धान हुन लागेको हो ।

नुवाकोट गङ्गामाया तामाङले २०६८ सालमा बम्जनको बारा आश्रमबाट हराएको भन्दै आफ्नी साइँली बहिनी हराइरहेको भन्दै उजुरी दिएकी छिन् । सोही मुद्दामा बारा प्रहरीले अनुसन्धान गर्ने भएको हो ।

२०७५ पुस ९ मा पीडितहरूले काठमाडौंमा पत्रकार सम्मेलन गरेर बम्जनबाट बेपत्ता पारिएकाको खोजीमा सरकारले तत्परता देखाउनुपर्ने माग राखेका थिए । पत्रकार सम्मेलनमा नुवाकोट म्यागङ गाउँपालिका–३ देउरालीकी गङ्गामाया तामाङले २०६८ सालमा बम्जनको आश्रममा गएकी आफ्नी साइँली बहिनी हराइरहेको बताएकी थिइन् । बारामै बम्जनविरुद्ध अर्को पनि उजुरी परेको छ ।

हेटौंडाकै वीरबहादुर रुम्बाकी छोरी फूलमाया २०६८ मा बाराको हलखोरिया जङ्गलमा तपस्यारत भनिएका बम्जनबाट प्रभावित भएपछि उनकै पछि लागेकी थिइन् । तर, उनी पनि सम्पर्कमा नरहेको पीडित परिवारले उजुरी दिएका छन् ।

यस्तै सिन्धुली प्रहरीले पनि अनुसन्धान अघि बढाउने बताएको छ । मकवानपुरका सञ्चलाल वाइबा हराएको उजुरी छ । हेटौँडाका महेन्द्र वाइबाले २०७२ चैत १४ गते बम्जनको सिन्धुलीस्थित आश्रममा पुगेका आफ्ना बाबु सञ्चलाल त्यसपछि हराएको बताएका थिए ।

सीआइबीका एक अधिकारीले भने, “बारा, सिन्धुली र सिन्धुपाल्चोकमा पनि उजुरी छ । हत्या र बेपत्ता बनाएको आरोप छ । अब उनीविरुद्ध क्रमशः ती मुद्दामा अनुसन्धान अघि बढ्न छ ।”

०००

बम्जनको आश्रममा पुगेकाहरू धमाधम हराउन थालेपछि उनी अनुसन्धानको दायरामा तानिएका थिए । उनको तीनवटा आश्रम छन् ।

बम्जन लामो समय बाराको हलखोरियास्थित जङ्गलमा बसेका थिए । उनले त्यहाँ आफू तपस्यारत रहेको बताउँदै आएका थिए । पछिल्लो समय भने बम्जन सिन्धुलीको कमलामाई नगरपालिका–८, खैरेनीस्थित २० रोपनीभन्दा बढी जङ्गल अतिक्रमण गरेर आश्रम बनाई बस्दै आएका थिए ।

सीआइबीले उनलाई पक्राउ गर्न ४ असार २०७७ मा छापा मारेको थियो । तर भागेका थिए ।

त्यसअघि प्रहरीले २०७६ पुसमा पनि सिन्धुपाल्चोकस्थित इन्द्रावती–६, बाँडेगाउँस्थित तोड्के जङ्गलमा रहेको आश्रममा छापा हानेको थियो । त्यहाँ बेपत्तामध्येका एक हेटौँडाका सञ्चलाल रुम्बाको हत्या भएको हुन सक्ने आशङ्का थियो ।

आश्रमको एक स्थानमा कमलो माटो भेटेर उत्खनन गरिएको थियो । ९ वटा नुनको प्याकेट भेटिएको थियो । शव गलाउन नुनको प्रयोग गरिएको हुन सक्ने आशङ्का गरे पनि थप प्रमाण फेला परेका थिएनन् ।

बलात्कार, यौन दुरुपयोग र व्यत्ति बेपत्ताको उजुरी परेपछि पक्राउ पुर्जीका आधारमा बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत पुस २४ गते बुढानीलकण्ठस्थित गत एक घरबाट पक्राउ गरेको थियो ।

०००

बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर भएका बम्जनमाथि सजाय निर्धारणका लागि भने १७ असारमा पेसी तोकिएको छ । बालयौन दुरुपयोगमा नाम थर परिवर्तित २२ जिल्ला बस्ने (१) को छोरी वर्ष १८ की परिवर्तित (क) को जाहेरी परेको थियो । सोही मुद्दामा ‘यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण’ अभियोगमा दोषी भएका हुन् ।

जिल्ला अदालत सर्लाहीले सोमबार बम्जनलाई दोषी ठहर गरेको हो । सर्लाही अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले गत पुस २६ मा पुर्पक्षका लागि कारागार चलानको आदेश दिएपछि बम्जन हाल महोत्तरी कारागार जलेश्वरमा छन् । सोही मुद्दाका आरोपित जितबहादुर तामाङ र ज्ञानबहादुर बम्जनले भने सफाइ पाएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उत्तर कोरियाद्वारा अमेरिकासम्म पुग्ने मिसाइलको तयारी तीव्र

काठमाडौं। उत्तर कोरियाले आफ्नो रणनीतिक सैन्य क्षमता विस्तार गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम चाल्दै उच्च–थ्रस्ट ठोस इन्धनयुक्त क्षेप्यास्त्र इन्जिन...

रवि लामिछानेको मुद्दा पूर्ण इजलासमा पठाउन आदेश

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद...

महेश बस्नेतको मोबाइल स्वीच अफ, पक्राउको चर्चा अस्वीकार

काठमाडौं । महेश बस्नेतलाई सादा पोशाकका प्रहरीले पक्राउ गर्न खोजेको तथा उनी मोबाइल स्वीच अफ गरेर भूमिगत भएको चर्चा सामाजिक सञ्जालमा फैलिएको छ। तर, प्रह...

मन्त्रीहरू पुल्चोक क्वाटरमा सर्ने तयारीपछि न्यायाधीशहरू नैतिक संकटमा

काठमाडौं । सरकारले नवनियुक्त मन्त्रीहरूलाई ललितपुरको पुल्चोकस्थित सरकारी क्वाटरमा व्यवस्थापन गर्ने तयारी थालेपछि त्यहाँ बसोबास गरिरहेका केही न्यायाधीश...

संगठन हटाउने योजनाप्रति विद्यार्थी नेताहरूको आपत्ति

काठमाडौं । बालेन साह नेतृत्वको सरकारले विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने योजना सार्वजनिक गरेपछि विद्यार्थी नेताहरूले आपत्ति ज...

आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने सङ्केत

काठमाडौँ । नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाको प्रारम्भिक चरणअन्तर्गत विषयगत मन्त्रालयसँग छलफल सुरु गरिएको छ । अर्थ मन्त...

लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बझाङ...

भित्र छिर्न नदिएको आक्रोशमा एमाले कार्यकर्ताले कुटे गेटपाले

काठमाडौँ । बबरमहलस्थित सरकारी कार्यालय परिसरमा प्रहरीसँगको झडपका क्रममा भएको भागदौडपछि भित्र छिर्न खोज्ने एमाले कार्यकर्ताको आक्रमणबाट एक गेटपाले घाइत...

कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार बिहान सम्पत्ति शुद्धीकरण विभागको पत्रका ...

इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको छ । विद्यालय तहका विभिन्न कक्षा ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending