Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

तपस्वी बम्जनविरुद्ध थप पाँचवटा मुद्दा अघि बढाउँदै प्रहरी

खबरडबली संवाददाता

काठमाडौं । आफूलाई तपस्वी दाबी गर्दै आएका रामबहादुर बम्जन बालयौन दुरुपयोगमा दोषी ठहर भएका छन् । उनीमाथि अझ अरु मुद्दामा पनि अनुसन्धान अघि बढाउने प्रहरीको तयारी छ ।

पीडितले २०७३ सालमा आश्रममा रहेको बेला आफूलाई बलात्कार गरेको भन्दै प्रहरीमा परेको जाहेरी र अनुसन्धानपछि दोषी ठहर भएका बम्जविरुद्ध सिन्धुली र बारालगायत जिल्लामा पनि अनुसन्धान हुने भएको हो ।

आफूलाई ‘लिटिल बुद्ध’ बताउने बम्जनमाथि उनका सिन्धुली, बारा र सिन्धुपाल्चोक आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौनहिंसा गरेको आरोप छ । बम्जनविरुद्ध थप पाँच परिवारको उजुरी छ । त्यसमाथि अनुसन्धान अघि बढ्ने भएको हो ।

आश्रममा बस्दै आएका तीन युवती र दुई युवालाई बेपत्ता पारेको आरोपमा उनीविरुद्ध विभिन्न प्रहरी कार्यालयमा दर्ता भएको उजुरीमाथि अनुसन्धान हुन लागेको हो ।

नुवाकोट गङ्गामाया तामाङले २०६८ सालमा बम्जनको बारा आश्रमबाट हराएको भन्दै आफ्नी साइँली बहिनी हराइरहेको भन्दै उजुरी दिएकी छिन् । सोही मुद्दामा बारा प्रहरीले अनुसन्धान गर्ने भएको हो ।

२०७५ पुस ९ मा पीडितहरूले काठमाडौंमा पत्रकार सम्मेलन गरेर बम्जनबाट बेपत्ता पारिएकाको खोजीमा सरकारले तत्परता देखाउनुपर्ने माग राखेका थिए । पत्रकार सम्मेलनमा नुवाकोट म्यागङ गाउँपालिका–३ देउरालीकी गङ्गामाया तामाङले २०६८ सालमा बम्जनको आश्रममा गएकी आफ्नी साइँली बहिनी हराइरहेको बताएकी थिइन् । बारामै बम्जनविरुद्ध अर्को पनि उजुरी परेको छ ।

हेटौंडाकै वीरबहादुर रुम्बाकी छोरी फूलमाया २०६८ मा बाराको हलखोरिया जङ्गलमा तपस्यारत भनिएका बम्जनबाट प्रभावित भएपछि उनकै पछि लागेकी थिइन् । तर, उनी पनि सम्पर्कमा नरहेको पीडित परिवारले उजुरी दिएका छन् ।

यस्तै सिन्धुली प्रहरीले पनि अनुसन्धान अघि बढाउने बताएको छ । मकवानपुरका सञ्चलाल वाइबा हराएको उजुरी छ । हेटौँडाका महेन्द्र वाइबाले २०७२ चैत १४ गते बम्जनको सिन्धुलीस्थित आश्रममा पुगेका आफ्ना बाबु सञ्चलाल त्यसपछि हराएको बताएका थिए ।

सीआइबीका एक अधिकारीले भने, “बारा, सिन्धुली र सिन्धुपाल्चोकमा पनि उजुरी छ । हत्या र बेपत्ता बनाएको आरोप छ । अब उनीविरुद्ध क्रमशः ती मुद्दामा अनुसन्धान अघि बढ्न छ ।”

०००

बम्जनको आश्रममा पुगेकाहरू धमाधम हराउन थालेपछि उनी अनुसन्धानको दायरामा तानिएका थिए । उनको तीनवटा आश्रम छन् ।

बम्जन लामो समय बाराको हलखोरियास्थित जङ्गलमा बसेका थिए । उनले त्यहाँ आफू तपस्यारत रहेको बताउँदै आएका थिए । पछिल्लो समय भने बम्जन सिन्धुलीको कमलामाई नगरपालिका–८, खैरेनीस्थित २० रोपनीभन्दा बढी जङ्गल अतिक्रमण गरेर आश्रम बनाई बस्दै आएका थिए ।

सीआइबीले उनलाई पक्राउ गर्न ४ असार २०७७ मा छापा मारेको थियो । तर भागेका थिए ।

त्यसअघि प्रहरीले २०७६ पुसमा पनि सिन्धुपाल्चोकस्थित इन्द्रावती–६, बाँडेगाउँस्थित तोड्के जङ्गलमा रहेको आश्रममा छापा हानेको थियो । त्यहाँ बेपत्तामध्येका एक हेटौँडाका सञ्चलाल रुम्बाको हत्या भएको हुन सक्ने आशङ्का थियो ।

आश्रमको एक स्थानमा कमलो माटो भेटेर उत्खनन गरिएको थियो । ९ वटा नुनको प्याकेट भेटिएको थियो । शव गलाउन नुनको प्रयोग गरिएको हुन सक्ने आशङ्का गरे पनि थप प्रमाण फेला परेका थिएनन् ।

बलात्कार, यौन दुरुपयोग र व्यत्ति बेपत्ताको उजुरी परेपछि पक्राउ पुर्जीका आधारमा बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत पुस २४ गते बुढानीलकण्ठस्थित गत एक घरबाट पक्राउ गरेको थियो ।

०००

बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर भएका बम्जनमाथि सजाय निर्धारणका लागि भने १७ असारमा पेसी तोकिएको छ । बालयौन दुरुपयोगमा नाम थर परिवर्तित २२ जिल्ला बस्ने (१) को छोरी वर्ष १८ की परिवर्तित (क) को जाहेरी परेको थियो । सोही मुद्दामा ‘यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण’ अभियोगमा दोषी भएका हुन् ।

जिल्ला अदालत सर्लाहीले सोमबार बम्जनलाई दोषी ठहर गरेको हो । सर्लाही अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले गत पुस २६ मा पुर्पक्षका लागि कारागार चलानको आदेश दिएपछि बम्जन हाल महोत्तरी कारागार जलेश्वरमा छन् । सोही मुद्दाका आरोपित जितबहादुर तामाङ र ज्ञानबहादुर बम्जनले भने सफाइ पाएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending