काठमाडौँ ।गृहमन्त्री सुधन गुरुङले सोमबार प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन्।
निरीक्षणका क्रममा उनले नेपाल प्रहरी अन्तर्गतको डिजिटल फरेन्सिक ल्याब, अपराध अनुसन्धान विभाग लगायत विभिन्न इकाइहरूको अवलोकन गरेका थिए। त्यसपछि उनले प्रहरी उच्च अधिकृतहरूसँग छलफल गर्दै आवश्यक निर्देशन दिएका हुन्।
गृहमन्त्री गुरुङले प्रहरीलाई सर्वसाधारणसँग गर्ने बोली र व्यवहार सुधार्न विशेष जोड दिएका छन्। उनले प्रहरी संगठनलाई अनुकरणीय र ‘मोडेल संस्था’का रूपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन्।
‘प्रहरीको रासन सुधारदेखि अनुसन्धानका लागि अत्याधुनिक प्रविधि भित्र्याउने काम हाम्रो जिम्मेवारी हो,’ उनले भने, ‘तपाईंहरू आफ्नो काम प्रभावकारी रूपमा गरेर देखाउनुस्।’
उनले प्रहरीका लागि आवश्यक पोशाक उत्पादन गर्न स्वदेशमै उद्योग स्थापना गर्नुपर्ने धारणा पनि व्यक्त गरे। साथै, प्रहरीका अन्य स्रोत–साधनहरू पनि गुणस्तरीय र स्तरीय बनाउनुपर्नेमा उनले जोड दिएका छन्।
गृहमन्त्रीको यो निर्देशनले प्रहरी संगठनभित्र सेवा प्रवाह, प्रविधि प्रयोग र आन्तरिक व्यवस्थापन सुधार गर्ने संकेत गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १२ गते, २०८३ - १६:०४
काठमाडौं । अघिल्लो दिन २७ अंकले बढेको सेयर बजार मंगलबार ९.२४ अंकले घटेको छ। यससँगै नेप्से परिसूचक २७७७ अंकमा झरेको छ। कारोबार रकम पनि घटेको छ। अघिल...
जेष्ठ १२ गते, २०८३ - १५:५८
सियोल । दक्षिण कोरियाको “फ्लाइ ओभर”मा भएको दुर्घटनामा तीन जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको योन्हाप समाचार एजेन्सीले मङ्गलबार जनाएको छ ...
जेष्ठ १२ गते, २०८३ - १५:४६
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा “पर्यटन विधेयक, २०८१” माथि छलफल चलिरहँदा विवाद उत्पन्न भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। संस्कृति, पर्यट...
जेष्ठ १२ गते, २०८३ - १५:३६
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन्...
जेष्ठ १२ गते, २०८३ - १५:२६
काठमाडौँ । प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विपक्षी दलको अवरोधकाबीच बैठक अगाडि बढाएका सभामुख डोलप्रसाद अर्यालले होहल्ला चर्को सुन...
जेष्ठ १२ गते, २०८३ - १४:५९
काठमाडौं । प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन शाहको उपस्थितिको माग गर्दै विपक्षी दलहरूले उठाएको अडानमा सभामुख डोलप्रसाद अर्यालले समर्थन जनाएका छन् । ...
जेष्ठ १२ गते, २०८३ - १४:५४
काठमाडौँ । प्रधानमन्त्री बालेन शाह संसद्मा उपस्थित नभएसम्म प्रतिनिधि सभाको कार्यसूची अघि नबढाउन विपक्षी दलहरूले सभामुखलाई आग्रह गरेका छन् । मङ्गलबा...
जेष्ठ १२ गते, २०८३ - १४:४४
काठमाडौँ । प्रतिनिधि सभाको बैठक विपक्षी दलहरूले अवरोध गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, श्...
जेष्ठ १२ गते, २०८३ - १४:३३
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपेली संघ (इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखसँग भेटवार्ता गर...
जेष्ठ १२ गते, २०८३ - १३:४०
काठमाडौं । दुर्गा प्रसाईं रिहा भएका छन्। पर्सा जिल्ला अदालतको आदेशपछि उनलाई साधारण तारेखमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। जिल...



प्रतिकृया लेख्नुहोस्: