Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

देशभर बाढी, पहिरो र चट्याङबाट ११ जनाको मृत्यु

खबरडबली संवाददाता

काठमाडौं । गएरातिदेखिको भारी वर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी र पहिरोमा परी ७ जनाको मृत्यु भएको छ भने चट्याङका कारण थप ४ जनाको मृत्यु भएको छ । 

बाढी, पहिरो र चट्याङबाट ११ जनाको मृत्यु हुँदा केही घाइते भएको प्रहरीले जनाएको छ । कास्कीको मादी गाउँपालिका–५ चितेपानी घुम्ती बस्ने प्रकाश रानाभाटको घरको पछाडीपट्टीको माटोको ढिस्को खसेर घर पुरिँदा घरमा सुतिरहेकी १३ वर्षीया आयुस्मा रानाभाटको गएराति मृत्यु भएको छ । साथै घरमा सुतिरहेकी उनकी हजुरआमा ७० वर्षीया लालमाया बन्जारीको सकुसल उद्धार गरिएको छ । 

यसैगरी यसैगरी कास्कीको पोखरा महानगरपालिका–२७ आरूपाटा बस्ने ३१ वर्षीय हरि सुनारको घरमा अविरल वर्षाको कारण माटोको ढिस्को खसेर घरमा सुतिरहेका सुनारको छोरा ३ वर्षीय अनमोल सुनारको गएराति मृत्यु भएको छ । साथै घाइते भएकी सुनारकी श्रीमती २७ वर्षीया रितु सुनारलाई उपचारको लागि गण्डकी मेडिकल कलेज पठाइएको छ । यस्तै घर पूर्णरूपमा क्षति भएको छ । 

यसैगरी ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–५ थुम्की बस्ने ३९ वर्षीय बाबुराम खत्रीको घर र गोठ पहिरोले पुरिँदा उनकी श्रीमती ३५ वर्षीया देव कुमारी खत्रीको बुधबार बिहान मृत्यु भएको छ । यसैगरी लमजुङको क्ब्होलासोथार गाउँपालिकामा पहिरोमा परी बेपत्ता भएका चार जनाकै शव भेटिएको छ । जिल्लाको क्व्होलासोथार गाउँपालिका–३, बगुमस्थितमा मंगलबार राति पहिरो खसेर घर पुरिएकामा बुधबार बेपत्ता भएकाहरूको शव भेटिएको हो । 

पहिरोमा पुरिएका ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी चार वर्षीया नम्रता र आठ वर्षीया इच्छा गुरुङको शव भेटिएको स्थानीय चित्र घलेले जानकारी दिए । पहिरोले तीन वटा घर पुरिँदा उनीहरू बेपत्ता भएका थिए । प्रहरी र स्थानीयले भग्नावशेष खोतलेर उनीहरूको शव निकालेका हुन् । यसैगरी चितवनको माडीमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । 

बुधबार दिउँसो माडी नगरपालिका-५ छरछरे स्थित मगई खोलाले बगाउँदा स्थानीय ४५ वर्षका रणबहादुर कामी बेपत्ता भएको चितवन प्रहरीले जनाएको छ । यसैगरी कैलालीमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । यस्तै अन्य ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कवीन्द्र सिंह बोहराले जोशीपुर गाउँपालिका वडा नम्बर ३ भितरिया बस्ने वर्ष ३१ का जयराम डगौरा र धनगढी उपमहानगरपालिका १८ बस्ने वर्ष २७ का शालिम चौधरीको मृत्यु भएको जानकारी दिए । 

उनका अनुसार बुधवार बिहान साढे ७ बजे  डगौरालाई घर नजिकैको खेतमा आलि लगाउने क्रममा चट्याङ लागेको थियो । घाइते उनलाई उपचारका लागि स्थानीय महापार्वती क्लिनिकमा लगेपनि उपचार क्रममा मृत्यु भएको उनले जानकारी दिए । यस्तै बुधवार बिहान ८ बजेको समयमा शालिम चौधरीलाई पनि घर नजिक रहेको खेतमा रोपाई गर्ने क्रममा चट्याङ लागेको थियो । उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारकै क्रममा मृत्यु भएको बोहराले जानकारी दिए । 

यस्तै  कैलालीको जानकी गाउँपालिका वडा नम्बर ४ बेलपुर बस्ने वर्ष २९ की रिता कठरिया, वर्ष २३ की सुस्मा डगौरा, भजनी नगरपालिका वडा नम्बर ६ बस्ने वर्ष ५५ का राम बहादुर चौधरी, घोडाघोडी नगरपालिका–९ बुदेनी बस्ने वर्ष ९ की सरस्वती भुल, वर्ष ७ की पारु कठायत र वर्ष १० की खिमा कठायत समेत चट्याङ लागेर घाइते भएका छन् । 

यस्तै चटयाङ लागेर कपिलवस्तुमा पनि दुई जनाको मृत्यु भएको छ । यशोधरा गाउँपालिका वडा नम्बर ८ भैसहियाका २२ वर्षीय महेश कलवार र बुद्धभूमि नगरपालिका वडा नम्बर १० धनकौलीका अन्दाजी १८ वर्षीय राजु ठाकुरको चटयाङ लागेर मृत्यु भएको हो । 

बुधबार बिहान दुवै जनालाई घर नजिक खेतमा जाने क्रममा चटयाङ लागेको थियो । चटयाङ लागेका दुबैको घटनास्थलमै मृत्यु भएको कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए । यसैगरी गएराति परेको चट्याङले दैलेखको भैरवी गाउँपालिका–४ नाउलीखोलाका ५५ वर्षीय धीरबहादुर शाही र उनकी बुहारी २६ वर्षीय कुसुम शाही घाइते भएका छन् । घरमा सुतिरहेको बेला चट्याङ पर्दा उनीहरू घाइते भएको दैलेखका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक सुनिल न्यौपानेले जानकारी दिए । घाइते दुबैलाई उपचारका लागि जिल्ला अस्पताल दैलेख पुर्‍याइएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: भाेलि विहान ८ वजे मात्र मतदान हुने

काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...

एमाले महाधिवेशन: प्रतिनिधि लाइनमा, सुरु भएन मतदान

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...

समाजवादी क्रान्तिका लागि पार्टी एकता: नेता गजुरेल

खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।  ...

छद्मभेष

दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे  दिनमा नारा ...

५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

पोखरा विमानस्थल प्रमुखविरुद्ध २ करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending