Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

मुगुको सोरु गाउँपालिको १४ औँ गाउँसभाले लगायो केन्द्रको टुङ्गो

खबरडबली संवाददाता

 मुगु । मुगु जिल्लास्थित सोरु गाउँपालिकाले आफ्नो १४ औँ गाउँसभाबाट ५३ करोड बढीको बजेट सार्वजनिक गरेसँगै अहिले सम्म सोरु गाउँको केन्द्र तोकिएको थिएन यो गाउँसभामा पालिकाको केन्द्र पनि तोकेको छ यो सोरु गाउँपालिकाले गरेको एकै पटकको दुई सफलता हो ।

गाउँपालिकाको १४ औँ गाउँसभामा उपाध्यक्ष केशरबहादुर शाहीले आर्थिक वर्ष २०८१र०८२ का लागि कुल ५३ करोड ६१ लाख २ हजार ९६ रुपैयाँ बजेट प्रस्तुत गर्दै सार्वजनिक गरे। पालिकाले अघिल्लो चालु आर्थिक वर्ष २०८०र०८१ मा ४६ करोड ४६ लाख ४७ हजार बजेट प्रस्तुत गरेको थियो । अघिल्लो वर्षको तुलनामा यो पटक पालिकाले झन्डै ८ करोड बजेट बढी ल्याएको छ ।

उक्त कुल प्रस्तावित बजेट मध्ये पुँजीगत तर्फ २२ करोड ८४ लाख ७० हजार रहेको छ भने चालु तर्फ ३० करोड ६६ लाख ३२ हजार ९६ रुपैयाँ रहेको उपाध्यक्ष शाहीले जानकारी दिनु भयो । पालिकाको आन्तरिक श्रोतमा ५० लाख बजेट प्रस्तुत गरिएको छ । अघिल्लो वर्ष ३३ लाख आन्तरिक श्रोत प्रस्ताव गरिएको थियो ।

आर्थिक वर्ष २०८१र०८२ को बजेटमा शिक्षा ,स्वास्थ्य, पूर्वाधार निर्माण रैथाने बाली प्रर्बधन सुचना प्रविधि लैगिंक हिसा न्यूनीकरण जस्ता कार्यक्रमलाई बजेटमा विशेष प्राथमिकता दिइएको छ । सोरु गाउँपालिकाको १४ औँ बजेट अधिवेशन सभामा अध्यक्ष धर्मबहादुर शाहीले आर्थिक वर्ष २०८१र०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरे ।

नीति तथा कार्यक्रममा ११ वटै वडा तहका बस्ती स्तरमा सडक निर्माण ५५ वटा बस्तीका स्थानीयलाई शुद्ध खानेपानी ,ग्रामीण बिद्युतीकरण, विद्यालय भवन निर्माण, सबै वडा तह बाटै स्थानीयको सेवाप्रबाह हुने गरि पूर्बाधार निर्माणको ब्याबस्था उल्लेख गरिएको अध्यक्ष शाहीले बताए ।

उनले भने ‘पालिका भित्र आवासीय विद्यालय सञ्चालन गर्न र तारा पानीमा निमार्णाधिन १५ शय्या अस्पताल सञ्चालन गर्न नीति तथा कार्यक्रममा योजना उल्लेख गरेका छौँ ।’ नीति तथा कार्यक्रममा ग्रामीण पर्यटन प्रर्बधनलाई जोड, यस गाउँपालिका भित्र पुरातात्त्विक महत्त्व बोकेका ऐतिहासिक धार्मिक मठमन्दिर भई गुरामन्दिर लगायत जीर्णोद्धार, जिमा कुलाहाँ तातोपानीलाई पर्यटकीय स्थलमा विकास गर्न विशेष जोडे दिइएको प्रमुख प्रशासकीय अधिकृत तीर्थराज शाहीले जानकारी गराए ।

पालिकाले खेलकुद क्षेत्रको प्रवर्द्धन र विकास गर्न नीति तथा कार्यक्रम उल्लेख गरेको छ । पालिका भित्रका धार्मिक पर्यटन पदमार्ग निर्माण, बिरामीका निम्ति एम्बुलेन्स सञ्चालन नीति तथा कार्यक्रम उल्लेख गरिएको छ । १४ औँ गाउँसभामा पालिका केन्द्र पनि निर्धारण गर्ने तयारी गरिएको छ ।

संघीय सांसद ऐनबहादुर शाहीले उदघाटन गरेको सोरु गाउँपालिकाको १४ औँ गाउँसभामा प्रदेश सभासद मंगलबहादुर शाही विशिष्ट अतिथिको रुपमा उपस्थित थिए । यो गाउँसभाले ५३ करोडको बजेट सार्वजनिक गरेसँगै करिब सात वर्ष सम्म विवादको कारण पालिकाको केन्द्र तोकिन सकेको थिएन अहिले सबै दलहरूको सहमतीमा सोरु गाउँपालिकाको केन्द्र सोरुकोटमा रहने गरि सर्वदलीय सहमतीमा तोकिएको सोरु गाउँपालिका उपाध्यक्ष केशर जङ्ग शाहीले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले निकट राष्ट्रिय युवा संघका ललितपुर जिल्ला अध्यक्ष पक्राउ

सडकपेटीमा हिँडिरहेका वृद्धमाथि अभद्र व्यवहारकाे आराेप

भकुण्डे–नेपालथोक खण्डमा बिपी राजमार्ग अनिश्चितकालीन बन्द

काभ्रेपलाञ्चोक । भारी वर्षा र रोशी खोलामा पानीको बहाव बढेको कारण बिपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड आज साँझदेखि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ। ...

मलेसियाका पूर्वप्रधानमन्त्री रजाकलाई सरकारी कम्पनीलाई १.३ अर्ब डलर तिर्न अदालतको आदेश

काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाक लाई सरकारी कोष दुरुपयोग र पददुरुपयोग गरेको ठहर गर्दै एसआरसी इन्टरनेसनललाई १ अर्ब ३० करो...

इनिसा विक हत्या प्रकरण: चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृह पठाउन आदेश

सुर्खेत । बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन मंगलबार सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ। ...

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी: “मार्ग प्रशस्त गर्नु, अर्को कर्मचारी आउँछ”

  काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सरुवा वा खटाइएको कार्यालयमा जान आनाकानी गर्ने कर्मचारीलाई चेतावनी दिएको छ। मन्त्रालयका अनुसार जुनसुकै चुनौ...

बागमती प्रदेशमा मन्त्रालय संख्या १३ बाट ७ मा बनाउनेे कांग्रेसको निर्णय

कर्मचारी कटौतीकाे प्रस्ताव

६ सहसचिवको सरुवा, प्रदीप परियार प्रधानमन्त्रीको निजी सचिव नियुक्त

काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर...

हिरासत चुनौती दिँदै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट, पूर्वमन्त्री खड्का र सांसद शर्मा न्यायिक प्रक्रियामा

काठमाडौं ।   सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस...

सिँचाइ अभावले घट्दै चैते धान रोपाइँ

लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...

सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending