मनाङ । पदयात्राका लागि प्रसिद्ध गन्तव्य मनाङ हिजोआज सुनसान छ। जेठदेखि भदौसम्म पदयात्रा पर्यटनका लागि ‘अफसिजन’ मानिन्छ। अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने मनाङमा अहिले फाट्टफुट्ट मात्र विदेशी पर्यटक भित्रने गरेका छन्।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०, इलाका संरक्षण कार्यालय मनाङका कार्यालय प्रमुख ढकबहादुर भुजेलले केही दिनयता मनाङ मनसुन भएको बताए।
‘वर्षातको याममा मनाङमा आन्तरिक पर्यटक कम आउँछन्,’ उनले भने, ‘असोजदेखि मंसीर र फागुनदेखि वैशाख मुख्य पर्यटकीय याममा यहाँ पर्यटकको संख्या बाक्लो हुन्छ।’
चामेका पर्यटन व्यवसायी फुर्वा लामाले मनाङवासीको मुख्य आयआर्जनको स्रोत पर्यटन व्यवसाय रहेको बताए।
‘अहिले अफसिजन भएकाले पर्यटकीय गतिविधि कम छ, व्यवसायीहरू फुर्सदिला छन्,’ उनले भने, ‘जाडो याममा व्यवसायीहरू होटल बन्द गरेर काठमाडौँ, पोखरालगायतका ठाउँमा जाने गर्छन्।’
सडक विस्तारले पदमार्ग छोटिँदा अन्नपूर्ण चक्रीय पदमार्गको साख गुम्दै गएको लामाको अनुभव छ। ‘पहिले २८ दिनको पदयात्रा अहिले एक हप्तामै छोटिएको छ, यसले गर्दा विदेशी पदयात्रीको आकर्षण घट्दै गएको छ,’ उनले भने, ‘सडक आएपछि पदमार्गमा पर्ने होटल व्यवसायी विस्थापित भएका छन्।’
विकट भूगोल र जोखिमपूर्ण सडकका कारण मनसुनका बेला मनाङमा पर्यटकीय चहलपहल घट्ने गरेको हो। चट्टानी पहराको खोँच र मस्र्याङ्दी नदीको किनारैकिनार मनाङ पुग्ने सडक यात्रा गर्नुपर्छ। यहाँको पदमार्ग पनि उत्तिकै जोखिमपूर्ण छ।
‘एक्याप’ मनाङका प्रमुख भुजेलले गत वर्ष २१ हजार चार ९५ विदेशी पर्यटकले मनाङ घुमफिर गरेको जानकारी दिए। बढीजसो युरोपियन मुलुकका पर्यटकको रोजाइमा मनाङ पर्ने गरेको छ।
हमास–इजरायल युद्धका कारण इजरायलका पर्यटक पछिल्लो समय कम आएको उनको भनाइ छ। आन्तरिक पर्यटकको तथ्याङ्क ‘एक्याप’सँग छैन । भारतीय र नेपाली पर्यटक ‘बाइक राइडिङ’ गरेर पनि मनाङ आइपुग्छन्।
हिमालपारिको जिल्ला मनाङ हुँदै पाँच हजार चार सय मिटरको उचाइमा अवस्थित थोराङ्ला भञ्ज्याङ पार गरेर मुस्ताङको मुक्तिनाथ निस्कने पर्यटक अधिक हुने गरेको ‘एक्याप’ मनाङका प्रमुख भुजेलले बताए। कतिपय पर्यटक लार्के भञ्ज्याङ काटेर गोरखाको मनास्लु क्षेत्र पुग्ने गरेको उनको भनाइ छ।
आन्तरिक पर्यटक बढीजसो तिलिचो ताल घुम्न आउने गरेका छन् । ङिस्याङ गाउँपालिका–२ मा पर्ने तिलिचो ताल समुन्द्री सतहदेखि चार हजार ९१९ मिटरको उचाइमा अवस्थित छ।
चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले सडकको पहुँच विस्तारसँगै पदयात्रामा आधारित मनाङको पर्यटन सङ्कटमा परिरहेको बताए। ‘यहाँ आउने पदयात्री पर्यटक हुन्, सडकले पदमात्र छोटिएका र भत्किएका छन्, अब वैकल्पिक पदमार्ग बनाउनुपर्छ, सङ्घ र प्रदेश सरकारले यस विषयमा सोचोस्,’ उनले भने।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - ०७:५०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...
पौष १४ गते, २०८२ - ०७:४४
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...
पौष १४ गते, २०८२ - ०७:२३
काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...
पौष १४ गते, २०८२ - ०७:२०
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु त...
पौष १४ गते, २०८२ - ०७:१९
चन्द्रपु । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन् । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भए...
पौष १४ गते, २०८२ - ०७:०८
सर्लाही । नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिक्र...
पौष १४ गते, २०८२ - ०७:०२
महोत्तरी । लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ...
पौष १३ गते, २०८२ - ०९:२९
कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...
पौष १३ गते, २०८२ - ०९:२०
अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति
पौष १३ गते, २०८२ - ०९:१०
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...




प्रतिकृया लेख्नुहोस्: