Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

अशोक राई नेतृत्वको जसपाले बोलायो पहिलाे केन्द्रीय समितिको बैठक

खबरडबली संवाददाता

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले केन्द्रीय समितिको बैठक डाकेकाे छ । जनता समाजवादी पार्टी नेपालबाट अलग भएर राई नेतृत्वमा बनेको जनता समाजवादी पार्टीको केन्द्रीय समितिको पहिलो बैठक बाेलाएकाे हाे ।

उक्त जसपाले आगामी असार १२ र १३ गते काठमाडौंमा बस्ने केन्द्रीय समिति बैठकमा एकसय भन्दा बढी केन्द्रीय सदस्यको उपस्थिति रहने सो पार्टीका उपाध्यक्ष रेणु यादवले बताइन् । 

पार्टी दर्ता गराउँदा नै ३१ सदस्यीय केन्द्रीय सदस्यको नाम निर्वाचन आयोगमा बुझाएको छ । त्यो समेत गरी एक सयभन्दा बढी केन्द्रीय सदस्य उपस्थित रहने उपाध्यक्ष यादवले बताइन् । 

निर्वाचन आयोगले सनाखतका लागि समय सीमा तोकेपछि विभिन्न जिल्लाबाट जसपा नेपालका केन्द्रीय सदस्यहरू जसपामा आएको दाबी गरिएको छ । जसपाका महासचिव इस्तियाक राईले ५० वटाभन्दा बढी जिल्लामा तदर्थ समिति गठन भइसकेको र अन्य जिल्लामा पनि गठन हुने क्रम जारी रहेको जानकारी दिए । 

‘सर्वोच्च अदालतले सनाखतको कार्यक्रम नरोकेको भए अहिलेसम्म सबै जिल्लामा कमिटी बनिसकेको हुन्थ्यो,’ उनले भने, ‘यद्यपि यो अवस्थामा पनि कतिपय जिल्लामा तदर्थ समिति बनाउने काम भइरहेको छ ।’ कोशी र लुम्बिनी प्रदेशको लगभग सबै जिल्लामा समिति बनाइसकेको छ भने बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका पनि केही जिल्लामा समिति बनेको जसपाले जनाएको छ । 

सनाखत रोकिएपछि त्यसको असर जसपालाई सबभन्दा बढी मधेस प्रदेशमा परेको छ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल पनि मधेस प्रदेशमै बलियो रहेको कारण नेता कार्यकर्ताहरू जसपातिर गइरहेको छैन् । 

जसपा नेपालले पार्टीको महाधिवेशन पनि सम्पन्न गरिसकेको छ । महाधिवेशनबाट केन्द्रीय समिति बनाउन सकेको छैन । केन्द्रीय समिति बनाउने जिम्मेवारी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पाएका छन् । केन्द्रीय समिति बनिसकेपछि त्यसबाट असन्तुष्ट भएकाहरूलाई पार्टीमा ल्याउने दाउमा जसपा देखिएको छ । 

जसपाले मधेस प्रदेशको पर्साबाहेक अन्य जिल्लामा संगठन बनाउन सकेको छैन । सनाखत रोकिएका कारण जसपा नेपालबाट कोही  पनि जसपामा आउन चाहेका छैनन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: