विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनामा २० अर्ब १७ करोडभन्दा बढी बजेट खर्च गरेको छ । गत साउनयता जेठसम्म ११ महिनाको अवधिमा सरकारले चालु र पुँजीगततर्फ २० अर्ब १७ करोड ९ लाख रुपैयाँ खर्च गरेको हो ।
सरकारले चालुतर्फ ६ अर्ब ८७ करोड ३७ लाख र पुँजीगततर्फ १० अर्ब ६ करोड ८९ लाख रुपैयाँ खर्च गरेको छ । स्थानीय तह अनुदानतर्फ ३ अर्ब २२ करोड ८३ लाख रुपैयाँ खर्च भएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनामा गरेको खर्च गत आर्थिक वर्षको भन्दा कम हो । गत आर्थिक वर्षको ११ महिनामा प्रदेश सरकारले २२ अर्ब ५३ करोड ३५ लाख रुपैयाँ खर्च गरेको थियो ।
चालु आर्थिक वर्षको ११ महिनामा सरकारले सबैभन्दा बढी जेठ महिनामा ४ अर्ब २९ करोड ६ लाख रुपैयाँ खर्च गरेको छ । जेठमा सरकारले गरेको खर्च ११ महिनामा गरेको खर्चको २१ प्रतिशत हो । ११ महिनामा सरकारले राजस्व र अनुदानवापत २५ अर्ब ४८ करोड २ लाख रुपैयाँ आम्दानी गरेको छ । यो वार्षिक आम्दानीको ७८ प्रतिशत हो ।
सरकारले चालु आर्थिक वर्षमा ४ अर्ब ५७ करोड ७८ लाख रुपैयाँ आन्तरिक राजस्व संकलनको लक्ष्य राखेको थियो । तर आर्थिक वर्ष सकिन एक महिना बाँकी हुँदा ३ अर्ब ४० करोड १९ लाख रुपैयाँमात्रै आम्दानी गरेको छ । जेठ महिनासम्म राजस्व बाँडफाँड र आन्तरिक आम्दानी गरी प्रदेशको सञ्चित कोषमा १२ अर्ब १६ करोड ७३ लाख रुपैयाँ जम्मा रहेको मन्त्रालयले जनाएको छ ।
चालु आर्थिक वर्षका लागि सरकारले ३६ अर्ब ७४ करोड ३५ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । वैशाखमा ७ करोड ५५ लाख संघीय सशर्त अनुदान थपिएपछि प्रदेशको बजेट ३६ अर्ब ८१ करोड ९० लाख रुपैयाँ कायम भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: