Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

वर्तमान सत्तागठबन्धन फेरबदल हुँदैन: मन्त्री शर्मा

खबरडबली संवाददाता

धनगढी । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले वर्तमान सत्तागठबन्धन फेरबदल नहुने दाबी गरेकी छिन् । प्रेस सेन्टर कैलालीले शनिबार धनगढीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा शर्माले लामो सहकार्य गर्ने गरी वर्तमान गठबन्धन निर्माण भएको बताइन् । 

बजेटबारे केही नेताका असन्तुष्टि सार्वजनिक भए पनि त्यसले गठबन्धनलाई कुनै असर नगर्ने उनको दावी छ । ‘केही नेताका अभिव्यक्तिका आधारमा गठबन्धन फुट्ने संभावना छैन, लामो सहकार्य गर्ने र स्थायित्व दिने गरी नै यो सहकार्य गरेका हौँ,’ बजेटलाई लिएर सत्ता पक्षमै देखिएको असन्तुष्टिबारे सोधिएको प्रश्नमा मन्त्री शर्माले भनिन्, ‘बजेटमा आफ्नै पार्टीका सांसदको त विरोध आउँछ पाँच–सात पार्टी एक ठाउँमा बसेर काम गर्दा फरक मतहरु आउनु स्वाभाविक हो ।’

अहिले एउटै पार्टीले सरकार चलाएजस्तो अवस्था नरहेको उल्लेख गर्दै उनले आआफ्ना धारणाहरु आउनु अन्यथा नभएको बताइन् । बजेटका कारण सरकार अफ्ठेरामा नपर्ने मन्त्री शर्माले ठोकुवा गरिन् । बजेट सन्तुलित रहेको उनको दावी छ ।

‘बजेट सन्तुलित छ, जनतामुखी र समाजवादउन्मुख छ । यसले उत्पादनलाई ध्यान दिएको छ,’ उनले भनिन्, ‘बजेट सन्तुलित छ भनेर निजि क्षेत्र र नागरिकमा उत्साह देख्छु ।’ मन्त्री शर्माले सत्तारुढ दलहरुको ‘स्ट्रेन्थ’का आधारमा राजदुत नियुक्त गरिएको बताइन् । गठबन्धन बदलिने वित्तीय राजनीतिक नियुक्तिबाट भएका राजदुत फिर्ता बोलाउने परम्पराअनुसार सरकारले राजदुत फिर्ता बोलाएको उनले प्रष्टीकरण दिइन् । ‘ठीक–बेठीक बहसको कुरा होला, तर गठबन्धन बदलिनेवित्तिकै राजनीतिक नियुक्तिका राजदुत फिर्ता बोलाउने चलनअनुसार सरकारले फिर्ता बोलाएको हो’ शर्माले भनिन् ।

मन्त्री शर्माले नागरिक उन्मुक्ति र जनमतलाई सरकारमा सहभागी गराउने तयारी रहेको जानकारी दिइन् । सरकार पुनर्गठनको तयारी भने अहिले नरहेको उनको दाबी छ । मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित गर्न सके अर्बौँ रकम भित्र्याउन सकिने संभावनालाई मध्यनजर गर्दै सरकारले दशक मनाउन लागेको बताइन् । 

नेपाललाई आइटी हबको रुपमा विकास गर्न सकिने संभावना रहेको औँल्याउँदै उनले सूचना प्रविधि दशक मनाउने विषयलाई नीति कार्यक्रम, बजेट वक्तव्यमा पनि समावेश गरिएको बताइन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इन्डोनेसियाको राजधानीमा आगलागीमा परी २२ जनाको मृत्यु

काठमाडाैँ । इन्डोनेसियाको राजधानी जकार्तामा मङ्गलबार सात तल्ले कार्यालय भवनमा लागेको आगलागीमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आगो ...

मस्तिष्कघातका कारण बाराका अग्रज फोटो पत्रकार आलमको निधन

बारा । बाराका अग्रज फोटो पत्रकार फैजुल्लाह आलमको उपचारको क्रममा मंगलबार साँझ निधन भएको छ ।  बाराको परवानीपुर गाँउपालिका–३ लिपनीमाल निवासी ५५ बर्षीय...

उदयपुरमा दुई मोटरसाइकल आपसमा ठाेक्किँदा एकजनाको मृत्यु

उदयपुर । चौदण्डीगढी नगरपालिका–४ मा दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक व...

विराटनगरलाई ७७ रनले हराउँदै सुदूरपश्चिम फाइनलमा

काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मै...

बैतडीमा चियाखेतीका लागि सम्भाव्यता अध्ययन

बैतडी ।  बैतडीमा चियाखेतीका लागि सम्भाव्यता अध्ययन गरिएको छ । यहाँको सुर्नया गाउँपालिकाका तीन वडाका उच्च क्षेत्रमा चियाखेतीका लागि प्रारम्भिक सम्भाव्य...

मधेशमा महिला हिंसा बढ्दै, छ महिनामा १४१ घटना दर्ता

जनकपुरधाम । मधेश प्रदेशमा महिलामाथि हुने विभिन्न प्रकारका हिंसाका घटना बढ्दो क्रममा रहेको ताजा तथ्याङ्कले देखाएको छ ।  महिला पुनर्स्थापना केन्द्र, ...

ओखलढुङ्गामा पशुचौपायालाई खोरेत विरुद्धको खोप

ओखलढुङ्गा । ओखलढुङ्गामा खोरेत रोग नियन्त्रणका लागि सञ्चालन गरिएको खोप अभियानमार्फत एक महिनाको अवधिमा ३१ हजार ८१४ घरपालुवा पशुचौपायालाई खोप लगाइएको छ ।...

स्वास्थ्य मन्त्रालयको सेवा सिंहदरबारबाट सुरु

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सिंहदरबारबाट सेवा प्रवाह सुरु गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आजदेखि आंशिक रूपमा सिंह...

नेकपामा ‘एकता समायोजन’ किन सुस्त ?

काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पुसको पहिलो हप्तासम्म प्रदेश र जिल्लास्तरमा एकता समायोजन टुंग्याउने लक्ष्य राखे पनि प्रक्रिया अपे...

लमजुङका ३० मतदान स्थल अति संवेदनशील

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लमजुङमा १३० मतदान स्थल रहने भएको छ । उक्त मतदान स्थलमा १८६ मतदान केन्द्र रहने छन् । उक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending