Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

पर्दामा फेरी देखिए भक्तराज आचार्य

खबरडबली संवाददाता

काठमाडौं । भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यलाई यसपटक हामीले गुमायौं । गत १४ फागुनमा उनको निधन भयो । यिनै श्रष्टाको जीवनीलाई ‘बायोपिक सिनेमा’को रुपमा चलचित्र आचार्यमार्फत आजबाट दर्शकले सिनेमा हलमा हेर्न पाउने भएका छन् ।

त्यसो त चलचित्र आचार्यलाई केही दर्शकले यसअघि पनि पक्कै हेरिसकेका छन् । यसपटक केही दृष्य थप गरेर आचार्यलाई फेरी पर्दामा ल्याउन लागिएको हो । यो चलचित्र शुक्रबारबाट देशव्यापी रिलिज हुने भएको छ ।

यो बायोपिक फिल्म ‘आचार्य’ को बुधवार साँझ प्रीमियर शो गरिएको छ । कमलपोखरीस्थित बिग मुभिजमा गरिएको प्रीमियरमा राजनीतिक दलका नेताहरु, चलचित्रकर्मीहरु उपस्थित भएका थिए । यो चलचित्र हेरेपछि धेरैले भक्तराजलाई फेरी सम्झिए । भक्तराजलाई पर्दामा हेर्दा धेरैजना भावुक भएका थिए । सो क्रममा उनीसँगको रुमानी यादहरु सुनाए ।

फिल्म हेरेर हलबाट निस्कँदै गर्दा अधिकांश कलाकारहरु स्वर्गीय भक्तराज आचार्यको जीवन कहानी सम्झेर भावुक भएका थिए । प्रीमियर शोमा चलचित्र ‘आचार्य’ हेरेपछि नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आफु बिगतमा पुगेको बताए । स्कुले जीवनमा भक्तराजका गीतहरु सुन्ने र गाउने गरेको स्मरण सुनाउँदै नेपाली संगीतको विकाशमो आचार्यको योगदान उच्च रहेको बताए ।

अग्रज संगीतकार शम्भुजित बासकोटाले भक्तराजको जीवनीलाई चलचित्र आचार्यमा यर्थाथरुपमा उतारिएको बताए । बुबाको भूमिकालाई गायक सत्यराज आचार्यले गजवैसँग निर्वाह गरेको पनि बासकोटाले बताए । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले पनि नेपाली गीत संगीतमा भक्तराजको आचार्यको योगदानको चर्चा गरिन् ।,

अग्रज अभिनेता सुनिल थापा, गायक गायिकाहरु मीरा राणा, ओम बिक्रम बिष्ट, यम बराल, नबिन के भट्टराई, आनी छोइङ डोल्मा, चेतन सापकोटा, निशा देशार, प्राश्ना शाक्यलगायतले भक्तराजसँगका यादहरु सञ्चारकर्मीलाई सुनाए ।

यो चलचित्र १३ वर्ष अघि नै निर्माण भएको हो । यसलाई भजन शिरोमणि भक्तराज आचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यले पुन रिलिज गर्न लागिएको गायक सत्यराज आचार्यले बताए । उनका अनुसार यसपटक प्रदर्शन हुने यो चलचित्रमा भक्तराजको निधन पश्चातका केही दृष्यहरु समेत समेटिएको छ । यसलाई सिल्क रोड पिक्चर्सले पुनःप्रर्दशन गर्न लागेको हो ।

यसपटक सिनेमा हलमा गतिला नेपाली चलचित्र छैनन् । सोही कारण पनि निर्माण पक्षले चलचित्र भक्तराजलाई पुन निर्माण गरेर रिलिज गरेको हो । नेपाली प्रेमी दर्शकहरुका लागि यो एउटा फरक चलचित्र लाग्ने निर्माण पक्षको विश्वास छ ।

यो चलचित्रमा गायक सत्यराज आचार्य, अरुणा कार्की, सुनील पोखरेल, सौगात मल्ल, दयाहाङ राई, विपिन कार्कीलगायतको अभिनय रहेको छ । चलचित्रलाई रोशन राईले निर्माण गरेका हुन् । यो चलचित्रलाई प्रशान्त रसाईलीले निर्देशन गरेका हुन् । यसमा देवजंग थापाको पुनः सम्पादन रहेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झुप्रा खोलाबाट सिंहदरबारसम्म: गिटी कुट्दै हुर्काएकी छोरी मन्त्री बन्दा आमाबुवाको आशा

काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीका रूपमा सीता वादीले शपथ लिँदै गर्दा सुर्खेतको झुप्रा खोलामा भने फरक दृश्य थियो। त्यहाँ उनकी आमा ...

युवाको उदय : सत्तामा पुस्तान्तरणको ऐतिहासिक क्षण

काठमाडौँ। बालेन्द्र साह ‘बालेन’ मुलुकको ४३औँ प्रधानमन्त्री नियुक्त भएसँगै विशेषगरी युवा पुस्तामा उत्साह देखिएको छ। शीतल निवासमा सम्पन्न शपथ समारोह, सि...

कार्की आयोगको प्रतिवेदन खारेज गर्न एमालेको माग, ‘प्रतिशोधपूर्ण निर्णय फिर्ता गर’

काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेल ले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले “कार्की आयोगको पूर्वाग्रही ...

सबै होइन, सक्ने काममा केन्द्रित होस् बालेन सरकार

काठमाडौँ। नागरिक शक्तिको प्रभावबारे सन् २०११ मा इजिप्टको आन्दोलनका अभियन्ता वायल गोनिमले दिएको भनाइ—“जनताको शक्ति सत्तामा रहेका व्यक्तिभन्दा बलियो हुन...

प्रतिवेदन पढेपछि हर्क सामपाङले भनेः 'सिंहदरबार कसले जलाएको रैछ ? जलाउनेलाई कारबाही हुनुपर्छ'

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भनिन्- जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गरोस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...

कपिलवस्तु घटनामा थप चार जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...

यो युग तिम्रै आर्जन हो !

निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...

रौतहटमा ट्याक्टरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending