काठमाडौं । हेटौँडाको थाना भर्याङबाट ५८ कार्टुन करिब २ करोड ७० लाख रुपैयाँ बढीको अवैध भेपसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर–२ बस्ने वर्ष ३७ को सलाम मोक्तान, उदयपुर कटारी नगरपालिका वडा नम्बर– ११ बस्ने वर्ष २७ को प्रविन्द्र राना, नुवाकोट दुप्चेश्वर गाउँपालिका–७ बस्ने वर्ष ३० को इन्द्रबहादुर दर्जी, सोही स्थान बस्ने वर्ष ३० को सन्तोष भुसाल र रौतहट बेलारा नगरपालिका–१६ बस्ने बर्ष २० को राजकुमार हिमाङ रहेका छन् ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर–११ थानाभर्याङस्थित सडक खण्डबाट यात्रुबाहक बसमा लुकाई ल्याएको अवस्थामा २ करोड ७१ लाख २१ हजार रुपैयाँको ५८ काटुन अवैध भेप र भेपका फ्लेवरहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । विशेष सूचनाको आधारमा बिहीबार अपराह्न ४ बजेको समयमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले टोली अवैध भेप बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालको कमान्डमा खटिएको प्रहरी थाना भर्याङमा काठमाडौँबाट हेटौँडा हुँदै भारतको दिल्लीतर्फ जाँदै गरेको ना ६ ख ७१६३ नम्बरको यात्रुबाहक बसबाट अवैध भेप बरामद गरिएको हो । प्रहरी उपरीक्षक रिजालका अनुसार यात्रुवाहक बसलाई रोकी खानतलासी गर्दा सो बसको प्यासेन्जर बस्ने सिट माथि सिलिङको भागमा फल्स बटम बनाई भन्सार छली ल्याइएको भेप फेला परेको हो ।
पक्राउ परेकाहरूले यसअघि पनि विभिन्न समयमा उक्त रुट र बसको प्रयोग गरी भन्सार छली गरेर अवैध सामानहरू चीनबाट भारत पुर्याउने गरेको प्रहरी उपरीक्षक रिजालले बताए ।
उनका अनुसार भारतीय महावाणिज्य दूतावासबाट रुट पर्मिट बनाई विभिन्न ट्राभल एजेन्सीको भिजिटिङ कार्डको प्रयोग गरी नेपाल भारत यात्रुहरू ओसार प्रसार गर्ने र बसमा फल्स बटम बनाई भेप लाने तथा भारतबाट महँगा मदिराहरू ल्याएर विभिन्न सहरहरूमा बेच्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । एक महिनाको लागि नेपाल, भारत र अन्य देशका यात्रुहरुलाई भारत घुमाउने भनि नेपालस्थित भारतीय दूतावासबाट असार ५ मा रोड पर्मिट लिएको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरी उपरीक्षक रिजालले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १३ गते, २०८२ - २२:४२
काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीका रूपमा सीता वादीले शपथ लिँदै गर्दा सुर्खेतको झुप्रा खोलामा भने फरक दृश्य थियो। त्यहाँ उनकी आमा ...
चैत्र १३ गते, २०८२ - २२:३८
काठमाडौँ। बालेन्द्र साह ‘बालेन’ मुलुकको ४३औँ प्रधानमन्त्री नियुक्त भएसँगै विशेषगरी युवा पुस्तामा उत्साह देखिएको छ। शीतल निवासमा सम्पन्न शपथ समारोह, सि...
चैत्र १३ गते, २०८२ - २२:२६
काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेल ले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले “कार्की आयोगको पूर्वाग्रही ...
चैत्र १३ गते, २०८२ - २२:२२
काठमाडौँ। नागरिक शक्तिको प्रभावबारे सन् २०११ मा इजिप्टको आन्दोलनका अभियन्ता वायल गोनिमले दिएको भनाइ—“जनताको शक्ति सत्तामा रहेका व्यक्तिभन्दा बलियो हुन...
चैत्र १२ गते, २०८२ - २१:२९
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...
चैत्र १२ गते, २०८२ - २१:१६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...
चैत्र १२ गते, २०८२ - २१:१२
कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...
चैत्र १२ गते, २०८२ - २१:०९
निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...
चैत्र १२ गते, २०८२ - २०:०२
रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...
चैत्र १२ गते, २०८२ - २०:०१
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...



प्रतिकृया लेख्नुहोस्: