Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

२ करोड ७१ लाख बढीको भेपसहित मकवानपुरमा ५ जना पक्राउ

खबरडबली संवाददाता

काठमाडौं ।  हेटौँडाको थाना भर्याङबाट ५८ कार्टुन करिब २ करोड ७० लाख रुपैयाँ बढीको अवैध भेपसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर–२ बस्ने वर्ष ३७ को सलाम मोक्तान, उदयपुर कटारी नगरपालिका वडा नम्बर– ११ बस्ने वर्ष २७ को प्रविन्द्र राना, नुवाकोट दुप्चेश्वर गाउँपालिका–७ बस्ने वर्ष ३० को इन्द्रबहादुर दर्जी, सोही स्थान बस्ने वर्ष ३० को सन्तोष भुसाल र रौतहट बेलारा नगरपालिका–१६ बस्ने बर्ष २० को राजकुमार हिमाङ रहेका छन् ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर–११ थानाभ‍र्याङस्थित सडक खण्डबाट यात्रुबाहक बसमा लुकाई ल्याएको अवस्थामा २ करोड ७१ लाख २१ हजार रुपैयाँको ५८ काटुन अवैध भेप र भेपका फ्लेवरहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । विशेष सूचनाको आधारमा बिहीबार अपराह्न ४ बजेको समयमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले टोली अवैध भेप बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालको कमान्डमा  खटिएको प्रहरी थाना भ‍र्याङमा काठमाडौँबाट हेटौँडा हुँदै भारतको दिल्लीतर्फ जाँदै गरेको  ना ६ ख ७१६३ नम्बरको यात्रुबाहक बसबाट अवैध भेप बरामद गरिएको हो । प्रहरी उपरीक्षक रिजालका अनुसार यात्रुवाहक बसलाई रोकी खानतलासी गर्दा सो बसको प्यासेन्जर बस्ने सिट माथि सिलिङको भागमा फल्स बटम बनाई भन्सार छली ल्याइएको भेप फेला परेको हो ।

पक्राउ परेकाहरूले यसअघि पनि विभिन्न समयमा उक्त रुट र बसको प्रयोग गरी भन्सार छली गरेर अवैध सामानहरू चीनबाट भारत पुर्‍याउने गरेको प्रहरी उपरीक्षक रिजालले बताए ।

उनका अनुसार भारतीय महावाणिज्य दूतावासबाट रुट पर्मिट बनाई विभिन्न ट्राभल एजेन्सीको भिजिटिङ कार्डको प्रयोग गरी नेपाल भारत यात्रुहरू ओसार प्रसार गर्ने र बसमा फल्स बटम बनाई भेप लाने तथा भारतबाट महँगा मदिराहरू ल्याएर विभिन्न सहरहरूमा बेच्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । एक महिनाको लागि नेपाल, भारत र अन्य देशका यात्रुहरुलाई भारत घुमाउने भनि नेपालस्थित भारतीय दूतावासबाट असार ५ मा रोड पर्मिट लिएको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरी उपरीक्षक रिजालले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending