Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

खाडाँचक्रका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतले दिए राजीनामा

खबरडबली संवाददाता

सुर्खेत । कालीकोटको खाँडाचक्र नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रवलजंग शाही र लेखा अधिकृत धिरबहादुर शाहीले आफ्नो जिम्मेवारीबाट राजीनामा दिएका छन् ।

काम गर्न सक्ने वातावरण नभएको भन्दै प्रवलजंग र लेधीरबहादुरले बुधबार राजीनामा दिएका हुन् । जनप्रतिनिधिको चर्को दबाबमा काम गर्न नसक्नेकोले राजीनामा दिएको उनीहरूको भनाइ छ ।

गैरकानुनी रूपमा भुक्तानी दिन बाध्य बनाउने, योजनामा काम गरेर खर्च गरिसक्ने समयमा योजना बाडफाँड गर्ने, बजेट र रकम बिनै आफ्ना कार्यकर्तालाई सिफारिस गर्न बाध्य पार्ने जस्ता कार्यहरू गर्न नसकिने बताउँदै राजीनामा दिएको धीरबहादुरले बताए ।

‘जनप्रतिनिधिले अन्तिममा आएर बजेटभन्दा बढि सिफारिसका लागि भुक्तानी दिन लगाउने काम भयो ।’ उनले भने, ‘हाम्रो पनि जागिरको सवाल छ । गैरकानुनी रूपमा भुक्तानी दिन सकिदैँन ।’

असार मसान्तको बेला लेखा अधिकृत र प्रमुख प्रशासकीय अधिकृतले जिम्मेवारीबाट बाहिरिएपछि उपभोक्तादेखि अन्य सेवाग्राही चर्को मर्कामा परेको वडा नं. ५ का वडाध्यक्ष प्रभानन्द आचार्यले बताए ।

‘उहाँहरूले किन राजीनामा दिनुभयो । हामीलाई थाहा भएन् ।’ उनले भने, ‘असार मसान्तमा लेखा अधिकृत र प्रमुख प्रशासकीय अधिकृतले राजीनामा दिएपछि योजनाको भुक्तानी काम र कार्यालयका अन्य नियमित काम प्रभावित बनेका छन् ।’

नगरपालिकासँगको केही असझदारीका कारणले उनीहरूले राजीनामा दिएको हुनसक्ने उपप्रमुख गणेशबहादुर शाहीले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनिता डङ्गोलदेखि अब्दुस मियाँसम्म एमाले केन्द्रीय सदस्य बन्दै

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...

मकवानपुरमा सिकार दुर्घटना: एकको मृत्यु, एक पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...

एमाले महाधिवेशनमा ओलीपक्षभित्रै तँछाडमछाडकाे अवस्था

महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी

एमाले पदाधिकारी भिडन्तको खाका तयार

ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...

सुन्तला खेतीले उज्यालिँदै भोजपुरका किसानको आर्थिक अवस्था

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...

जेनजी आन्दोलनको प्रभाव : अनुभवी नेताहरूको चुनावबाट स्वैच्छिक अवकाश

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending